हेडलाईन

डोजर मालिकको प्रश्न– कोदालोले खनेर समृद्धि आउँछ ?         आज ऋद्धिप्रातिहार्य महोत्सव (छयोठुल दुछेन)         पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न        

नेपालमा किन लुकाइए यौन दुर्व्यवहार ?

-निर्मला ढकाल

अहिले यौन दुर्व्यवहारमा परेका महिलाहरुको आवाज मुखरित गर्ने उद्देश्यले विश्वव्यापी रुपमा ‘मि टू’ अभियान चलिरहेको छ । मैले व्यक्तिगत रुपमा यो अभियानलाई सकारात्मक रुपमा लिएको छु । यो एक खालको विद्रोह हो । यो सामाजिक सञ्जालमा ‘तिमी मात्रै पीडित होइनौ, म पनि छु’ भनेर पीडितलाई निराश हुन नदिने प्रयास हो ।

यौन दुर्व्यवहार र ज्यादतीको बारेमा यसमार्फत ध्यानाकर्षण गराउने काम भइरहेको छ । कार्यक्षेत्रमा अधिकांश यस्ता दुर्व्यवहारका घटना भएका पाइएका छन् । यो अभियान अमेरिकी नागरिक तारना बुर्केले सन् २००६ मा सुरु गरेकी भएपनि सन् २०१७ बाट यो विश्वव्यापी चर्चाको विषय हुन पुगेको छ । यो अभियान समाज परिवर्तनका लागि पनि आवश्यक थियो । यसले अब पुरुषहरुलाई सचेत हुनुपर्ने अवस्था बनाएको छ भने महिला पनि यस्ता घटना पनि हुन सक्दा रहेछन् भनेर सचेत हुनेछन् ।

नेपालमा किन थोरै ?

विश्वमा झण्डै दुई सय मानिसको यही अभियानका कारण जागिर नै गइसकेको तथ्यांक सार्वजनिक भएको छ । तर, नेपालमा भने कम मात्रै सार्वजनिक भएका छन् । नेपालको सामाजिक अवस्थाका कारणले पनि महिलाहरु आफ्ना कुराहरु बाहिर ल्याउन सकिरहेका छैनन् । तर, नेपालमा यस्ता घटना थोरै होलान् भन्ने मलाई लाग्दैन । तर, सार्वजनिक हुन सकेनन् । किनकि नेपाली महिला यस्ता कुरामा मुख खोल्न सक्दैनन् । कसरी कहाँ सुनाउने भन्ने थाहा पनि हुन्न । मध्यमवर्गका कामकाजी महिलाहरुले यसबारेमा केही कुरा बुझेका छन् ।

तर, घरमा बस्ने महिला र गाउँका महिलालाई यस्तो विश्वव्यापी अभियानको बारेमा जानकारी हुँदैन । उनीहरु यस्ता दुर्व्यवहार भइहालेपनि कता भन्ने थाहा नपाएर त्यसै गुम्सेर बसेका छन् । फेरि, यस्ता कुरा उठाउन परिवारमा पुरुषहरुले पनि समर्थन गर्नुपर्ने हुन्छ । यस्ता कुरा उठाउँदै हिंड्यो भने आफ्नै बदनाम हुन्छ भन्ने खालको मान्यता पनि पाइन्छ । श्रीमानले समर्थन नगरी यस्ता कुरा बाहिर ल्याउन महिलालाई गाह्रो हुन्छ । श्रीमानले नै अन्यथा सोचिदिए भने झन् अप्ठेरो हुन्छ । नेपालमा कामकाजी महिलाहरु मध्ये करिब ८० प्रतिशत कुनै न कुनै हिसाबले यौनजन्य दुर्व्यवहारको शिकार हुने गरेका छन् । तर, उनीहरु बोलिरहेका हुन्नन् । सामाजिक रुपमा बदनाम हुनुपर्ने वा जागिर जोगाउनुपर्ने वाध्यताले गर्दा उनीहरु गुपचुप बसिरहेका छन् । अनि ठोस प्रमाण जुटाउनपनि अप्ठेरो पर्ने हुनाले चुप लागेर बस्नुपर्ने वाध्यतामा उनीहरु छन् । त्यसैले नेपालमा दुर्व्यवहार कम भएका होइनन्, सार्वजनिक नभएका मात्र हुन् ।

पुराना कुरालाई लिएर आरोप लगाउनु कति ठीक ?

यो अभियानमा जति पुराना कुरामा पनि आरोप लाग्न सक्ने अवस्था देखिएकोले हदम्यादको कुरा पनि कतिपयले उठाएको पाइन्छ । तर, लामो समय अघिकै घटना भएपनि अहिले सार्वजनिक गर्दा त्यसले समाजलाई सकारात्मक दिशामा नै लिएर जान्छ । किनकी हिजो त्यस खालकोे दुर्व्यवहारमा संलग्न मान्छे फेरि पनि त्यस्ता गतिविधिमा कुनै न कुनै हिसाबले सलग्न भइरहेको हुन सक्छ । हिजो केही भएन भनेर उसले त्यस्ता कदम दोहो¥याउन सक्छ । त्यसैले त्यस्ता गतिविधि जति पुराना भएपनि सार्वजनिक गर्दा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यसो गर्दा नै पछि गएरपनि यस्तो हुन सक्दो रहेछ है भनेर मानिस यस्ता कमजोरी देखाउनबाट जोगिन सक्छ । यस्ता खालका गतिविधिमा संलग्नता हुनु भनेको पनि एक खालको रोग हो । त्यसैले यस्ता घटना सार्वजनिक हुँदा नै त्यो रोगको उपचार हुन सक्छ ।

यसको दुरुपयोग त हुँदैन भन्ने प्रश्न पनि बेलाबेलामा उठेको पाइन्छ । तर, मलाई त्यस्तो लाग्दैन । किनकि नेपालमा नभएको कुरालाई लिएर हिंड्ने महिला होलान् जस्तो लाग्दैन । भएका कुरा नै लुकाइएको अवस्थामा नभएका कुरा भन्दै कोही नहिंड्ला । तर, अति नै भएर यस्ता कुरा सार्वजनिक पनि भएका छन् । जस्तो केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयर भएको समयमा दुर्व्यवहार गरेको भनेर दुई जना महिलाले आरोप लगाएको कुरा सार्वजनिक भयो । उनी प्रदेश ३को मन्त्रीबाट पनि हटेका छन् । तर, महिलाहरुले लगाएको आरोपको कारणले भन्दा पनि उनी मुख्यमन्त्रीसँगको झगडाका कारण पदबाट हट्नुप¥यो । जे भएपनि सञ्चार माध्यममा कुरा आएर उनलाई अप्ठ्यारो त पक्कै परेको छ । त्यसैले जति पुरानो भएपनि अप्ठेरो पर्ने रहेछ यस्ता गतिविधिमा संलग्न हुन नहुने रहेछ भनेर धेरैलाई यस्ता घटनाले सचेत बन्न शिक्षापनि दिएको छ ।

त्यसैले नेपालको सन्दर्भमा कपोलकल्पित रुपमा कसैले पनि अर्को व्यक्तिलाई आरोप लगाउला जस्तो मलाई लाग्दैन । सामाजिक सञ्जालहरुमा मन मिलुन्जेल ‘वि टु’ मन नमिलेपछि ‘मि टू’ भनेर महिलालाई व्यङ्ग गर्ने खालका सामग्री पनि मैले देखिरहेकी छु । तर, यो बेकारको कुरा हो । आरोपको नाममा आरोप मात्रै हो । कोही पनि केही समस्यामा नपरिकन यसरी सार्वजनिक रुपमा बोल्दै हिंड्दैन । कुनै न कुनै दुर्व्यवहारमा परेर नै उनीहरुले यसरी सार्वजनिक रुपमा भन्दै हिंडेका हुन् । त्यसैले ‘वि टु ’र ‘मि टू ’भन्दै जिस्क्याउनु गलत कुरा हो ।

नेपालको सामाजिक परिस्थितिका कारण पनि धेरै कुरा बाहिर नआएको हुन सक्छ । तर, हामीले यस्ता कुरा बाहिर ल्याउन सबैलाई सिकाउनु पर्छ । त्यसो नगरे दुर्व्यवहारका घटना भित्रभित्रै झन् बढ्न सक्छन् । हामीले सबैलाई सचेत गरायौं भने मात्रै यस्ता घटनाहरु दोहोरिँदैनन् ।

राज्यले के गर्ने ?

यस्ता गतिविधिलाई समाजको तल्लो तहबाट नै सम्बोधन गर्नु जरुरी रहेको छ । जस्तो कि स्थानीय तहमा अहिले महिला जनप्रतिनिधिहरुको बाहुल्यता रहेको छ । उहाँहरुले स्थानीय तहमा सचेतना बढाउन सक्नुहुन्छ । के गर्दा दुर्व्यवहार हुन्छ त्यसबारेमा जानकारी गराउनुपर्दछ । पुरुषलाई पनि यस्ता गतिविधिमा संलग्न हुनुहुँदैन भनेर सचेत गर्नु जरुरी रहेको छ । यसो गरिएमा तल्लो तहदेखि नै यसका बारेमा जानकारी हुन्छ । र कसैले गल्ती गरेमा त्यो सार्वजनिक गर्नुपर्छ भन्ने ज्ञान सबैमा बृद्धि हुन्छ ।

कोही पुरुष नै जोगिएनन् भने …

जिवनमा कुनै पनि पुरुषले कोही न कोही महिलालाई कुनै कालखण्डमा नजिस्काएको भेट्टाउन नै गाह्रो हुने र पुराना कुरालाई लिएर उजुरी गर्ने वा सार्वजनिक गर्ने भयो भने कोही पनि पुरुष नजोगिने हुन् कि भन्ने चर्चा पनि सुनिन्छ । तर, यसरी सबै पुरुषलाई आरोप लाग्छ भन्ने कुरा गलत हो । किनकि सामान्य रुपमा जिस्क्याउने वा प्रस्ताव राख्ने भन्ने कुरा ठूलो कुरा होइन । त्यस्तो, प्रस्ताव महिलाले अस्वीकार गरिन् भने त्यो प्रसंग नै सकियो । तर, महिलाले अस्वीकार गर्दागर्दै पनि हतोत्साहित गर्ने, सोही प्रस्ताव बारम्बार राख्ने, ब्ल्याकमेलिङ्ग गर्ने, मानसिक रुपमा तनाव दिने काम भयो भने त्यो चाहिं दुर्व्यवहार हुन्छ । त्यसैले त्यस्ता दुर्व्यवहार सार्वजनिक गर्नु जरुरी हुन्छ । कुनै जमानामा कुनै महिलालाई एक पटक जिस्क्याएको वा प्रस्ताव राखेको भनेर अहिले पुरुषहरु डराउनुपर्छ जस्तो लाग्दैन । तर, साँच्चै दुर्व्यवहार गर्ने भने अब डराउनुपर्ने भएको छ । विश्वव्यापी रुपमा नै यो अवस्था सिर्जना भएको छ । जुन निश्चयपनि सकारात्मक पक्ष हो ।

(समाजशास्त्री ढकालसँगको कुराकानीमा आधारित । तस्बिरः फेसबुकबाट )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution