नेपाली कांग्रेसको उपसभापतिमा गच्छदार मनोनित
२० कात्तिक, काठमाडौं ।नेपाली कांग्रेसले महासमिति बैठकको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।
बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।
जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।