हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तिहार पछि मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्छु : केशव स्थापित

काठमाडौं : प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्ने चेतावनीसमेत दिए।

‘हिजो काग तिहार थियो, वर्षभरी हेला गर्ने कागको पूजा गरियो। आज कुकुर तिहार। वर्षभरी लात हान्ने कुकुरको पूजा गरियो। अब मान्छेलाई त सम्मान गर्नुपरो नि,’ उनले भने, ‘तिहार आउँदै छ। उहाँलाई पनि तिहार मनाउन दिउँ। अब बूढो मान्छेको तिहार खल्लो बनाइदिन त भएन नि।’

उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद सुरु भएको भन्दै आफूले हैन आफ्ना समर्थकले प्रतिवाद गर्ने बताए।

मुख्यमन्त्री पौडेलले आफूलाई अनुचित ढंगले हटाएको समेत उनले दाबी गरे। ‘मेरो प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो। अस्पतालमा भर्ना। अब त्यति नै बेला उहाँलाई जसरी पनि भेट्नै पर्ने भयो,’ स्थापितले भने, ‘अस्पतालमा संक्रमण सर्छ भन्ने ख्याल भएन। जसरी पनि भेट्नुपर्ने, आफ्ना कुरा राख्नुपर्ने। केही समय कुर्न नसक्ने।’

उनले मुख्यमन्त्री पौडेलमा महाराजाको अनुहार देखेको टिप्पणी गरे, ‘अब राजासँग त नडराउने मान्छे म। म मेयर थिएँ। राजाले भेट्न बोलाए। राजा सिंहासनमा बसेका, मलाई कुनामा काठको टुल। मैले भनेँ, महाराज म कम्फर्ट भइनँ। योर हाइनेस आइ एम नट फिलिङ कम्फर्टेबल। म सोफामा खेलेर हुर्केको मान्छे। मेरो घाँटीमा समस्या छ। कि तपाईँ नजिक आउनुस कि म तपाईँ नजिक आउँछु भन्ने मान्छे म,’ उनले अगाडि भने, ‘महाराज तपाईँको अनुहार टिभीमा आउना साथ मेरी मुमाले टिभी बन्द गर्नुहुन्छ। तपाईँ नै म्यासाकार (हत्या) गरेको भन्नुहुन्छ भन्ने मान्छे। डोरमणिमा महाराजको ताल देखेँ।’

मुख्यमन्त्रीसँग झगडा गरेको प्रसंगमा उनले भने, ‘भनि हालेँ नि, राजासँग नडराउने मान्छे म, उहाँसँग डराउँछु? कराएँ नि।’

उनले प्रदेश मन्त्रीबाट बर्खास्त भए पनि आफ्नो लागि अर्को ठाउँ बन्ने बताए। हिजो मेयर बन्छु भन्दै हिँडे, मेयर बनिनँ। मलाई प्रदेश मन्त्री बन्नु रहेछ, मेयरभन्दा ठूलो। अब मन्त्रीबाट हटेँ, त्योभन्दा ठूलो पदमा जाने बाटो खुल्यो।‘

‘भाइलाई दिदीले जेलभित्र टिका लगाइदिँदा नरमाइलो होला’

यसैबीच स्थापितले आफूलाई मिटु अभियान अन्तर्गत आरोप लगाउने माथि कानुनी कारवाहीमा जाने बताए। उनले त्यसका लागि आफ्ना कानुनी सल्लाहकारहरु लागेको समेत बताए।

‘म त्यसै कहाँ बस्छु? कानुनी सहयोगीलाई बुझ्न लगाएको छु। उहाँहरुले बुझ्दै हुनुहुन्छ। मेरो मानहानी मात्र होइन, धेरै गुमेको छ। अब बिगो दाबी गर्दा तिर्नै नसक्ने गरी दाबी त गर्नु भएन नि,’ उनले भने, ‘म विरुद्ध गलत प्रचार गर्नेलाई त्यसै छाड्दिनँ।’

मिटु अभियान अन्तर्गत पत्रकार रस्मिला प्रजापतिले स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले आरोपलाई झुट बताउँदै तिहार मनाउन दिएको टिप्पणी गरे। ‘अब तिहार आउँदै छ, तिहार मनाउन दिउँ। म पनि अलि व्यस्त छु। अब भाइलाई दिदीले जेलभित्र टीका लगाइदिँदा नरमाइलो लाग्ला।’

उनले आरोप लगाउने रस्मिलालाई आफूले नहटाएको समेत दाबी गरे। ‘शहरका कुचीकारहरुले कुचोले लखेटेका हुन्,’ उनले रस्मिला बर्खास्त भएको घटनालाई स्मरण गर्दै भने, ‘४–५ दिनसम्म शहरमा फोहोर जम्मा भयो। किन भयो कसैलाई थाहा छैन। मन्त्रालयका सचिवसहितको बैठक बस्यो। बैठकमा एउटा सहमति भयो। रस्मिलालाई अन्त सरुवा गर्ने, उसका गल्ती छानबिन गर्न चार सदस्यीय समिति गठन गर्ने, समितिले सात दिनभित्र प्रतिवेदन दिने, उसको गल्ती अनुसारको कारबाही गर्ने। अब त्यो सहमतिमा मैले हस्ताक्षर गरेको होइन। सोही अनुसार कारवाही भएको हो।’

काठमाडौँ महानगरपालिकाले पनि उनले गरेको जस्तै दावी गरेर रस्मिलालाई प्रक्रिया अनुसार कारबाही गरी हटाइएको विज्ञप्ति निकालिसकेको छ।

उनले आफूले सबैलाई चिया, कफी खाउँ भन्ने गरेको भन्दै आरोप लगाउने माथि प्रश्न गरे, ‘के लञ्च खाउँ भन्दैमा बलात्कार भयो? म सबैप्रति राम्रो व्यवहार गर्ने मान्छे। मैले चियाकफी राम्रो बनाउँछु। चिया कफी खाउँ भने हुँला।’

उनले मिटू अभियान भन्दै नेपाली संस्कारमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरे। ‘लोक दोहोरीमा वनमा घुम्न जाउँ, रमाइलो गरौँ भन्दै गाउन हुने। अब त्यसैलाई बलात्कार भयो भन्ने। विदेशी अभियानको नाममा नेपाली संस्कृतिमाथि प्रहार गर्न लागियो,’ उनले भने।

उनले आफूविरुद्ध अफवाह फैलाउने अनलाइनहरुलाई पनि नछाड्ने बताए। ‘केही दर्ता नभएका अनलाइनहरु छन्। उनीहरुलाई पनि छाड्दिनँ। केही ठूला पत्रिका पनि यसमा पर्छन्, यहीँबाट खबर लगिदिनुहोला,’ उनले भने।

‘बाख्रीको प्रयोग’

उनले यस्तै यस्तै बेलामा ‘बाख्री’हरु प्रयोग गरेर आफूलाई अप्ठेरो बनाउने प्रयास हुने बताए। उनले चुनावताका आफूले गगन थापालाई बाख्रा कहाँ गयो भनी सोधेको त्यति नै बेला बाख्रीहरु देखिएको बताए। ‘काठमाडौँको मेयर बन्छु बन्छु भनेर अगाडि हिँड्दै गर्दा देखिए। अनि मेयर बनिनँ भनेको दिनदेखि सेलाए’, उनले भने, ‘यस्तै यस्तै बेला उनीहरु प्रयोग हुन्छन्।‘






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution