हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आफन्तको भर्तीकेन्द्र बन्दै प्रसूतिगृह अस्पताल

सरकारी निकायमा जागिर खान के गर्नुपर्ला ? सबैको जवाफ आउँछ ‘लोकेसवाको परीक्षा पास गर्नुपर्छ ।’ लोकसेवा पास नगरेपनि अर्को कुनै विकल्पबाट जागिर खान पाइन्छ कि ? त्यसमा पनि जवाफ आउँछ ‘विज्ञापनमा भाग लिएर अरुभन्दा उत्कृष्ठ बन्नुपर्छ ।’

तर तपाईँलाई सरकारी जागिर खान मन छ भने अब थापाथलीस्थिल प्रसुतीगृह अस्पतालमा जानुस् । एउटा निवेदन लेखेर प्रसूतिगृहका निर्देशक डाक्टर जागेश्वर गौतमलाई दिनुस् । निर्देशकले जागिर दिनु भन्ने तोक लगाइदिन्छन् । अनि तपाइँको जागिर पक्का ।

तर प्रसूतिगृहमा जागिर पाउन त्यति सजिलो भने छैन । त्यसका लागि प्रसूतिगृहका निर्देशक, सञ्चालक, प्रशासन प्रमुख वा कोही ठूलै पदका व्यक्तिको आफन्त भने हुनैपर्छ । त्यसबाहेक नेता वा मन्त्रीको आफन्त हुनैपर्ने न्युनत योग्यता हो ।

केही दिनअघि रातोपाटीको कार्यालय खोज्दै एक व्यक्ति कुपण्डोलमा आइपुगे । देशको एकमात्रै सरकारी अस्पतालमा चरम लापरवाही र भ्रष्टाचार भइरहेको भन्दै रातोपाटीले समाचार प्रकाशन गरिदेओस् भन्ने उनको चाहना थियो । ती व्यक्तिले प्रसूतिगृहमा आफन्तलाई जागिर खुवाउने होडबाजी नै चलेको र राम्रा भन्दा पनि हाम्राले मोजमस्ती गरिरहेको गुनासो गरे ।

ती व्यक्तिको गुनासो लगत्तै हामीले प्रसूतिगृहभित्र कुन पदाधिकारीका आफन्तले जागिर खाएका रहेछन् र कुन विधि प्रयोग गरेका रहेछन् भनेर खोज्न थाल्यौँ ।

सूचना जस्तै देशको एकमात्रै केन्द्रीय प्रसूतिगृह थापाथली अस्पताल त आफन्तलाई जागिर खुवाउने भर्तीकेन्द्र नै बनेको रहेछ । थापाथली  अस्पतालमा सामान्य नियम ममर नैतिकता नै बिर्सिएर विज्ञापन वा

मागसमेत नगरी आफन्तहरुलाई जागिर खुवाने होडबाजी नै चलेको रहेछ काम लगाउने होडबाजी चलेको तथ्य रातोपाटीले फेला पारेको छ ।

अस्पतालमा आफन्तलाई जागिर खुवाउने सवालमा निर्देशक जागेश्वर गौतमले एकलौटी निर्णय गर्दै आफ्ना मान्छेहरु भर्ना गरेको पाइएको छ ।

अस्पतालमा कर्मचारी नियुक्तिको कुरा गर्ने हो भने यसका निर्देशक जागेश्वर गौतमको सबैभन्दा बढी हालीमुहाली छ । त्यसबाहेक अन्य पदाधिकारी र कर्मचारीको पनि उत्तिकै मोजमस्ती रहेको छ ।

रातोपाटीले खोजी गर्दै गर्दा जागेश्वरले सामान्य निवेदनमै तोक लगाएर आफ्ना ६ जना आफन्तलाई जागिर खुवाएको पाइएको छ ।

सरकारी कार्यालयमा कर्मचारी नियुक्ति गर्ने कुरामा सार्वजनिक सुचना जारी गर्नुपर्छ र प्रतिस्पर्धाको मार्फत कर्मचारी नियुक्त गर्नुपर्ने हुन्छ । तर प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले भने सामान्य निवेदन

लेख्न लगाएर त्यही निवेदनमा तोक आदेश दिँदै जागिर दिएको प्रमाण रातोपाटीले भेटेको छ । गौतमले आफ्नी छोरी, भान्जी, भाञ्जा र भान्जी बुहारीलाई अस्पतालमा जागिर दिएका छन् ।

हेर्नुहोस् निर्देशक गौत्मलमे जागिर खुवाएका आफन्तको केही लिष्ट

डाक्टर जागेश्वार गौतमले आफू निर्देशक पदमा रहेको बेलामा क–कसलाई नियुक्ति दिए भन्ने कुराको बारेमा अब हामी तपाईलाई जानकारी गराउने छौँ ।

डाक्टर जेनी गौतम : छोरी

डाक्टर जेनी गौतम हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा आठौँ तहको मेडिकल अधिकृत पदमा कार्यरत छिन् । उनलाई अस्पतालले २०७५/०४/०१ मा नियुक्ती गरेको छ ।

डाक्टर जेनी गौतम जागेश्वर गौतमकी छोरी हुन् । डाक्टर जेनीको करार अवधि २०७५ पौष मसान्त सम्म रहेको छ |

सुप्रिया पोखरेल (भान्जी बुहारी)

सुप्रिया पोखरेल प्रसूतिगृह थापाथलीमा ल्याब टेक्निसियनको रुपमा कार्यरत छिन् । सुप्रिया प्रसूतिगृहमा काम गर्न थालेको ३ वर्ष भयो । उनी सेवा करारमा काम गर्दै आईरहेकी छिन् । साईनोले अस्पतालका निर्देशक डाक्टर जागेश्वार गौतमको भान्जी बुहारी पर्ने सुप्रिया अस्पतालकै सरकारी क्वाटरमा समेत बस्दै आएकी छिन् ।

इनोशा पौडेल (भान्जी)

इनोशा पौडेले विगत ३ वर्षदेखि थापाथली अस्पतालमा कार्यरत छिन् । आकस्मिक कक्षमा कार्यरत उनले डाक्टर जागेश्वर गौतम आफन्त रहेको स्वीकार गरेपनि नाता भने खुलाउन चाहिनन् । इनोशा नाताले जागेश्वरको भान्जी रहेको बताइएको छ । इनोशा पनि अस्पतालकै सरकारी क्वाटरमा बस्दै आईरहेकी छिन् ।

गोविन्द पौडेल (भाञ्जा)

अर्काे पनि हेरौँ । उनका अर्का आफन्त हुन् गोविन्द पौडेल । हाल उनी ल्याब टेक्निसियन पदमा कार्यरत छन् । उनी प्रा.डा. जागेश्वर गौतमका भान्जा हुन । उनी विगत ३ वर्षदेखि प्रसूतिगृह थापाथालीको ब्लड बैँकमा कार्यरत रहेका छन् । उनको पछिल्लो करार नियुक्ति २०७५ साउन १ गतेको छ । उनको करार अवधि पौष मसान्त सम्म रहेको छ ।

सुजन सुवेदी (भान्जा)

अर्का भान्जा हुन् सुजन सुवेदी । उनी पनि प्रसूतिगृहमा लिफ्ट म्यानको जिम्मेवारीमा कार्यरत छन् । सुजन २०७५ जेठ १ गतेबाट प्रसूतिगृहमा काम सुरु गरेका हुन् । उनी पनि अस्पतालकै आवास गृहमा बस्छन् ।

डा. गौतमका छोरी जेनी गौतम, भान्जा गोविन्द पौडेल र भान्जी इनोसा पौडेललाई एउटै मितिमा नियुक्ती दिईएको छ । तीनै जनाको करार अवधि आउदो पौष मसान्तमा सकिंदै छ ।

कुनै पनि संघसंस्थामा कर्मचारी नियुक्ती गर्दा सार्वजनिक सूचना जारी गरेर प्रतिस्पर्धाबाट कर्मचारी छान्नु पर्ने भनेर नियममा भनिएको छ । तर पुरानो र सरकारी संस्थामा भने न कुनै सार्वजनिक सूचना जारी गरिएको भेटियो न कुनै प्रतिस्पर्धा । विनेदन दिने र निवेदनमा अस्पतालको तोक लगाएर कर्मचारी भर्ना गर्ने काम भईरहेको छ ।

अस्पताका उपप्रशासक रानु थापासँग हामीले करारमा कर्मचारी नियुक्ती गर्ने प्रकृया के हो भनेर प्रश्न गर्दा करार कर्मचारीको हकमा भने निवेदन दिईराखेको व्यक्तिलाई अस्पतालका निर्देशकले नियुक्ती गर्न सक्ने बताईन । उनले भनिन् ‘दरबन्दी भएको तर खाली छ भने स्टाफनर्स,मेडिकल नर्सको सवालमा भ्याकेन्सी खोल्नु भन्दा पनि अस्पताल प्रशासनमा छोडेको बायोडाटाको आधारमा छनोट गरेर करारमा राख्ने हो । ,काम चलाउँको लागि भ्याकेन्सी खोल्नु पर्दैन् । ,यो कुराको बारेमा नियमावलीमानै लेखिएको छ । भ्याकेसन्सी खुलाउँने सवालमा स्थायीको लागि पर्छ करारको लागि पर्देन् । प्रशासननीक पदहरुमा लोक सेवाले स्थायी पदमा भ्याकेसन्सी खुलाएर लिने हो । तर टेक्निकल पोष्टहरुमा भने अस्पताल निर्देशकले लिनसक्ने बताए ।

यस्तो रहेको छ अस्पताल कर्मचारी विवरण ।

प्रसूतिगृहमा नेपाल सरकारको ६० र अस्पताल समितिको ५ सय ८१ गरेर ६ सय ४९ वटा दरबन्दी रहेको छ । तर अस्पताल प्रशासन शाखा अधिकृत अनिल कृष्ण श्रेष्ठले दिएको जानकारीलाई आधार मान्ने हो भने ५ सय ७ जना यो अस्पताल समितिले नियुक्ति गरेको कर्मचारी विवरण हो ।

यसरी कर्मचारी नियुक्तिमा हेर्ने हो भने सार्वजनिक सुचनानै जारी नगरी भित्रभित्रै निवेदन दिदै आफ्ना मान्छेहरु राखेको बुझिएको छ ।

के भन्छन् अस्पताल निर्देशक गौतम  ?

अस्पताल विकास समितिमार्फत सञ्चालन भएको हुँदा समितिको निर्णय अनुसारनै कर्मचारी राखिएको गौतमले बताए । उनले रातोपाटीसँग सार्वजनिक सूचना जारी गर्दा धेरै थरीका मान्छे आउने हुँदा प्रसूतिगृहमानै तालिम लिने चिकित्सक र स्टार्फ नर्सलाई काममा लिने गरेको बताए । सार्वजनिक सूचना जारी गरेर कर्मचारी लिनुपर्छ कि पर्देन भन्ने हाम्रो प्रश्नमा निर्देशक डा. गौतमले सूचना जारी गर्दा धेरै थरीको मान्छेको निवेदन आउने तर प्रसूतिगृहले भने अस्पतालमै ओजेटी सकेका चिकित्सक तथा नर्सहरुलाई प्राथमिकता दिने भएको हुँदा अस्पताल भित्रनै तालिम प्राप्त व्यक्तिलाई करारमा लिने गरेको र सार्वजनिक सूचना जारी नगरिएको बताए ।

आफन्तमैत्री भयो भन्ने प्रश्नमा डा. गौतमले यो सामान्य कुरा भएको जवाफ दिए । अस्पतालले सबै तालिम प्राप्त र योग्य कर्मचारीलाई करारमा लिएको उनले बताए |

-अन्जु तामाङ,रातोपाटि

२० कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution