हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

छोरी हेर्दै ड्यूटी गरिरहेकी एक महिला प्रहरीको फोटो भाइरल भएपछि….

एजेन्सी– तीन महिनादेखि अर्चनाले गर्न नसकेको काम उनको एक तस्विरले एकैपटकमा गरिदिएको छ । कथा भारतको झाँसीमा बस्ने अर्चनाको हो । अर्चना त्यहाँ प्रहरी हवल्दारको रुपमा तैनाथ छिन् ।


अर्चनाले पछिल्लो तीन महिनादेखि आग्रामा सरुवाको माग गरिरहेकी थिइन् तर लखनउ गएर सिनियर्ससँग भेटेपछि पनि उनको विदा स्वीकृत भएन ।

एकदिन अर्चना आफ्नो ६ महिनाको छोरीलाई साथमा लिएर थानामा ड्यूटीमा थिइन् । छोरी निदाइरहेकीले उनले त्यी शुशीलाई आफू अघिको मेचमा सुताएकी थिइन् । विस्ताराको व्यवस्था भएको भित्रककोठामा एसी चलिरहेको थियो, चिसोले छोरीलाई असर गर्ने डरले उनले छोरीलाई बााहिर आफू भएसँगै राखिन् ।’

अर्चना आफ्नो काममा एकाग्र भएको बेला त्यहाँ पुगेको कुनै पत्रकारले उनको र छोरीको एक तस्विर खिचेछ । यो घटना अक्टोबर २६ को हो । तस्विर इन्टरनेटमा अपलोड गरिएको केही घण्टामा भाइरल भयो ।
काममा एक सुरमा रहेकी अर्चनालाई भने उक्त फोटो कुन बेला खिचियो, कसले खिच्यो थाहा भएन । बीबीसी हिन्दीसँगको कुराकानीमा अर्चनाले भनिन्, ‘मैले पहिलोपटक फोटो भाइरल भएको तब थाहा पाएँ, जब प्रहरीहरुको लागि बनाइएको ‘ह्वाट्–एप’ ग्रुपमा छोरी र म रहेको उक्त तस्विर देखें ।

पहिले त अर्चनालाई आफ्नो तस्विर प्रहरी ग्रुपमा मात्र आएको होला भन्ने भयो । तर अर्को दिन अक्टोबर २७ मा उनले तस्विरसहित पत्रिकामा समाचारनै पढिन् । तब उनलाई उनलाई तस्विर भाइरल भइसकेको थियो ।

मिडियामा तस्विर आएपछि तनाव ?

यो प्रश्नको जवाफमा अर्चना भन्छिन्, ‘मैले न कुनै चोरी गरेकी थिएँ न ड्यूटीमा लापरबाही । अनि मलाई किन डर लाग्नु र ? तर यति चाहीँ निश्चित रुपमा होकि तस्विर छापिनासाथ डीजीपी सरको फोन आयो, उनले के गरेर तपाई सहुलियत हुन्छ ? भनेर सोधे । मैले आग्रा सरुवाको कुरा राखें । उनले तुरुन्त मेरो माग स्वीकार गरे ।’

अर्चनाको सरकारी जागिर मोह

अर्चनाको विवाह सन् २००६ मा भएको थियो । अर्चनाका पति गुरुग्राममा नीति नोकरी गर्छन् । सन् २००८ मा उनको ठूली छोरी जन्मिइन् । नाम राखियो कनक । अर्चनालाई विवाह अघिदेखि नै सरकारी जागिर गर्ने सोख थियो । उनले डिग्री गरिसकेकी थिइन् र साथमा बी.एड. पनि गरिन् । उनी पहिले शिक्षिका बन्न चाहन्थिन् । तर जब शिक्षिकाको जागरि पाइनन् तब प्रहरीको सईको पोस्टमा आवेदन भरिन् ।

त्यहाँ लिखितमा पनि पास भइन् तर अगाडि भने नामा निस्किएन । फेरि सन् २०१६ मा कन्स्टेबलको भर्ति खुल्यो । अर्चनाले घरका मान्छेले परीक्षाको फर्म भरिदिए र परीक्षामा उनी पास पनि भइन् । डेढ वर्षको जागिरपछि अर्चना पुनः गर्भवती भइन् । तर यो पटकको कुरा अलग थियो । ठूली छोरी कनक गर्भमा रहँदा अर्चनाको जागिर थिएन । तर सानी छोरीको पालामा अवस्था बदलिएको थियो ।

यही वर्ष अप्रिलमा उनकी कान्छी छोरी जन्मिइन् । गर्भवती भएको नौ महिनामा अर्चना छुट्टीमा गएकी थिइन् । छोरी पाँच महिना भएपछि अर्चनलाई पुन ड्यूटी जोइन हुनुपर्यो ।
तर अर्चनाअघि एक ठूलो समस्या थियो ।

पाँच महिनाको सानी छोरीलाई कसले हेर्छ ?

अर्चना सन् २०१६ मा नै प्रहरीको जागिरमा जोडिएकी थिइन् । जागिर जोइन गर्नासाथ अर्चनाको पहिलो पोस्टिङ् झाँसीमा भयो । सरकारी जागिर गर्नु अर्चनाको वर्षौंको पुरानो सपना थियो । जागिरको लागि अर्चनाले आफ्नो ८ वर्षको ठूली छोरीलाई हजुरआमाको घर कानपुर छोडेर, पतिलाई गुरुग्राममा एक्लै छाडेर आफै झाँसी गइन् ।

तर अब बाँकी रहिन् सानी छोरी । सानी छोरीलाई भने उनले घरमा एक्लै छाड्न सकेनन् । यही कारण अर्चना बच्चीलाई साथ लिएर ड्युटीमा जान थालिन् । यही दौरान उनको तस्विर खिचेर कसैले समाजिक सञ्जालमा हालिदियो र हेर्दाहेर्दै उनको तस्विर भाइरल भयो । तर यो सबै त्यति सजिलो थिएन ।

आफ्नो बिहानदेखि बेलुकासम्मको रुटिनको बारेमा अर्चना भन्छिन्, ‘हुन त नौ घण्टाको ड्यूटी हुन्छ । तर काम पर्यो भने रातदिन जतिखेरै बोलाइन सक्छ । हप्तामा एकदिन नाइट ड्युटी पनि गर्नुपर्छ । त्यही दिन म कार्यालयमा छोरीसँगनै बसिरहेको थिएँ । तर बाँकी समय म ड्यूटी अर्कोको साथ बदल्थे । जसको दिनको ड्यूटी हुन्थ्यो उसको ठाँउमा म गर्थे र मेरो स्थानमा उनी गर्थिन् ।’

जागिर र परिवार–एक साथ लैजान चुनौती

अर्चनाले सानी छोरीको नाम अनिका राखेकी छिन् । यो नाम पछाडि पनि एककथा छ । अनिका नाममा उनको परिवारका तीनै सदस्यको अंश छ । अ बाट अर्चना, न बाट नीलेश (अर्चनाको पति) र कबाट कनक (अर्चनाकी कि ठूली छोरी) ।

के अनिकाको नाम उसको जन्म अघिनै सोचिएको थियो ? यो प्रश्नको उत्तरमा अर्चना मुस्कुराइन् । र भन्न थाल्छिन्, ‘मेरो पुरै छरिएको परिवारलाई अनिकाले एकै पटकमा जोडिदिइन् । मेरो सासुससुरा कानपुरमा बस्छन् । मेरो आमा बुवा आग्रामा र पति गुरुग्राममा । मलाई डीजीपी सरले मेरो सरुवा आग्रामा हुने बताएका छन् । त्यहाँ मेरो आमा बुबा पनि हुनेछन् । मेरो पति पनि आउजाउ गरिरहन्छन् । त्यसपछि म आफ्नी ठूली छोरीसँग बस्न पाउँछु ।’

६ महिनाकी अनिकाले अर्चनाको जिन्दगी सजिलो गरिदिएकी मात्र होइन प्रहरीमा काम गर्ने बाँकी आमाहरुको लागि पनि बाटो खोलिदिएकी छिन् । अर्चनाको कथा पत्रपत्रिकाहरुमा पढेर उत्तर प्रदेशको डीजीपीले ट्वीटरमा लेखे, ‘कामकाजी आमाहरुलाई प्रहरी सेवामा एक क्रेन्च(शिशु सेवा केन्द्र)को व्यवस्था हुनेछ, यो बारेमा हामी विचार गर्नेछौं ।’

सन् २०१७ मा नै भारतको केन्द्र सरकारले नयाँ मातृत्व कल्याण विधेयक पास गरेको हो । यो विधेयकमा मातृत्व अवकाश १२ हप्ताको सट्टा २६ हप्ता गरियो, त्यो पनि ज्याला सहितको ।

यही नयाँ कानूनले ५० भन्दा बढी महिलाहरु काम गर्ने कुनैपनि संस्थाले क्रेन्चको व्यवस्था अनिवार्य गरेको थियो । तर अर्चनालाई यो नयाँ प्रावधानले फाइदा पुर्याएको थिएन, किनकि उनको थानामा त्यति महिलाहरु थिएनन् । तर अनिका र अर्चनाको भाइरल फोटोले यसको शुरुवात गरिदिएको छ ।

फेरि पनि अर्चनालाई आग्रामा भएको सरुवाको सूचना फोनमा मात्र मिलेको छ । उनलाई कागजी कार्वाहीको पखाई छ । –बीबीसी हिन्दीबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution