हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

चौथो अन्तराष्ट्रीय तामाङ सम्मेलन, तामाङ समुदायका लागि मेरुदण्ड हुनेछ – लक्यान लामा

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसअघि भएका गल्तीहरुलाई सच्याएर अघि बढ्न सके मिरिक सम्मेलन तामाङ समुदायका लागि कोसेढुंगा सावित हुने बताएका छन् ।

रेडियो हिमालयसँग कुराकानी गर्दै लामाले भारतको मिरिकमा आयोजना हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन विश्वभरका तामाङहरुको संगठनलाई एकताबद्ध बनाउनका लागि हुन लागेको उल्लेख गर्दै यही सम्मेलनबाट यसअघिका गल्तीहरु सच्याएर अघि बढ्नुपर्ने धारणा राखे ।

डिसेम्बर १४, १५ र १६ मा भारतको मिरिकमा हुने सम्मेलनबारे अध्यक्ष लामाले भने, ‘मिरिकमा विश्वभर संगठित बनेका तामाङहरुको संघसंस्थाका प्रतिनिधिहरुले यो सम्मेलनमा भाग लिँदैछन् यसर्थ मिरिक तामाङमय हुदैछ यसैले तामाङ जाति र संघसंस्थाले आगामी दिनमा अपनाउनु पर्ने हरेक पाटाको व्यापक छलफल गर्दै सम्मेलन सफल बनाउनुपर्छ। सबैलाई आह्यवान गर्छु।

लामाले २००५ मा दार्जिलिङमा आयोजित दोस्रो सम्मेलनमा भाग लिएको स्मरण गराउँदै थपे, ‘दोस्रो सम्मेलनमा म नेपालको प्रतिनिधि भएर भाग लिएको थिएँ। विधान कमिटिमा पनि म थिएँ। चौथो सम्मेलन हुँदै गर्दा सम्म पनि यसले अपेक्षा गरे मुताविक खासै उपलब्धि हासिल गर्न नसकेका कारण धेरैमा निराशापन देखिएको छ । यो संगठन नेपाल र भारतको मात्र संगठन हो कि भन्ने खालको भान विश्वभरी परेको छ।’

यो भ्रम चिर्नका लागि सबै ठाउँका तामाङलाई नेतृत्वमा अटाउनुपर्ने सुझाव समेत लामाले पेश गरे।

‘हाम्रो निचोड भनेको विश्वभरीका तामाङ र तामाङको संगठनलाई एकताबद्ध गर्ने संगठन चाहिएको छ। जस्तै तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले नर्थ अमेरिकाभरका तामाङहरुलाई एकतावद्ध गरी अगाडि बढाउने कन्सेप्टका साथ आएको छ त्यसैगरी विश्वभरका तामाङ स‌ंगठनहरुरुलाई एकताबद्ध गरी अघि बढ्ने संस्था चाहिएको हो,’ अध्यक्ष लामाले भने।

उनले हिजोका दिनमा कसले के गर्‍यो, किन गरेन, भनेर जान थाल्यो भने तामाङका मिसनहरु र परिकल्पना गरेका सपनाहरु कहिल्यै पुरा नहुने दाबीसमेत गरे । भने, ‘म सबैलाई आह्वान गर्छु, यो समयमा हाम्रा पहिचानहरु, मुद्दाहरु संग हामी धेरै नजिक छौ। यसको समाधानका उपायहरु कस्ता छन्, समस्या कस्ता होलान र ती समस्या कसरी समाधान गर्ने भनेर हामी जागरुक  छौ यति बेला। हामी अब हिजोको गल्तीलाई सच्याएर अघि बढ्नुपर्छ। पछाडि फर्कनु भनेको गन्तव्य विर्सनु हो त्यसो त अग्रजहरुले युवा पुस्ताका लागि प्लेटफर्म बनाइदिनुभएको छ। यो प्लेटफर्म प्रयोग गर्दै नयाँ पिढीले नयाँ कन्सेप्ट र मिसन अनुसार संस्थालाई डोर्याउदै सबल नेतृत्व दिने छन्। सबै तामाङहरुको भावनालाई अटाउनुपर्छ। हामीले आफ्नो जातिको उत्थानको लागि जुन कन्सेप्ट लिएर अगाडि बढेका छौ। त्यो अभियान यहीबाट हामीले थालेको खण्डमा हामी पुरा हुन्छौ।
संस्था माथि संस्था थुपार्नु र नेतृत्वको होडबाजीले सिथिल्ता पैदा गरेका कारण आम तामाङ जातिको भावनामा ठेस पुगेका छन् अब हामी यस्ता कम्जोरी प्रति सजग भैसकेका छौ ।

यो चोटि तामाङ सोसाईटी अफ नर्थ अमेरिकाले विशेष रुपमा भाग लिने जानकारी दिँदै लामाले भने, ‘हामी कन्सेप्ट सहित भाग लिँदैछौ । तामाङको अधिकारका लागि ठोस योजना सहित हाम्रो उपस्थिति रहनेछ । सबैलाई हाम्रो आह्वान मिरिकमा भेटौ, व्यापक छलफल गरौ । हरेक देशको अध्यक्षहरुसँग कोअर्डिनेसन भइरहेको छ । उहाँहरुले समय मिलाइरहनु भएको छ । हरेक देशको नेतृत्वसँग कुरा भइरहेको छ। यो हेर्दा मिरिक सम्मेलन भव्य हुनेछ भन्ने हामीले विश्वास गरेका छौ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution