हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

एप्पलले नयाँ आइप्याड र म्याक सार्वजनिक गर्ने

अमेरिकी कम्पनी एप्पलले आगामी मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ ।ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।

उक्त कार्यक्रमका लागि एप्पलले दुईवटा निम्तो पठाएको छ । त्यसमध्ये एउटा मानिस, भवन तथा अन्य वस्तुका स्केचहरु सम्मिलित रंगीन निम्तो छ, जसले सम्भवतः एप्पल पेन्सिल तथा अन्य कलात्मक फिचर्सलाई संकेत गरेको छ ।

त्यस्तै अर्को श्यामश्वेत निम्तोमा पानीका थोपाको आकृति छ, जसको अर्थ नयाँ आइप्याड पानी प्रतिरोधी रहेको भन्ने बुझिएको छ ।

एप्पलले ल्याउने नयाँ आइप्याड प्रोमा यसअघिको मोडेलमा भन्दा ठूलो डिस्प्ले हुने र टच आइडी फिंगरप्रिन्ट सेन्सिङ होम बटन नहुने बताइएको छ । यस आइप्याडमा पनि त्यसको साटो फेस आइडी नाम फेसियल रिकग्नीसन टेक्नोलोजी हुनेछ ।

नयाँ आइप्याण्डमा युएसबी सी कनेक्टिभिटीका साथै अपडेटेड एप्पल पेन्सिल फिचर रहनेछ ।आइप्याडसँगै एप्पलले यसको आउटडेटेड म्याकबुक एयरको नयाँ संस्करण पनि प्रस्तुत गर्ने बताइएको छ ।

गत सेप्टेम्बरमा मात्रै एप्पलले नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स, तथा एक्स आर सार्वजनिक गरेको थियो ।पछिल्ला वर्षहरुमा तिव्रतर प्रगति गरिरहेको एप्पल कम्पनी गत अगष्टमा अमेरिकाको पहिलो ट्रिलियन डलर कम्पनी बनेको थियो ।

एप्पल कम्पनीको कूल आम्दानीको दुई तिहाई हिस्सा यसका आइफाेन तथा आइप्याडलगायतका डिभाइसबाटै हुने गरेको छ ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution