हेडलाईन

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय         मिस वर्ल्डमा श्रृंखला खतिवडाको बलियो दाबेदारी,लाइभ कसरी हेर्ने ?         मिस नेपाल श्रृंखला खतिवडाको बलियो दाबेदारी         मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…         मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?        

नेवारीमा भाषामा पासी, संसारको पासिया

तीर्थबहादुर श्रेष्ठ

‘नाममा के छ र? जसलाई हामी गुलाब भन्छौं, त्यसलाई अरू जे नाम दिए पनि त्यसको बासनाको मिठासमा फरक पर्ने होइन क्यारे।’शेक्सपियरको ‘रोमियो एन्ड जुलियट’ नाटकको यो वाक्यांश निकै प्रख्यात छ।

हो, नामले वस्तु बदलिँदैन। वस्तुको पहिचान भने नामले नै खुल्छ। त्यसैले, हामी हरेक वस्तुलाई नाम दिन्छौं। त्यो मानवीय स्वभाव नै हो।

गुलाब भनेपछि सुवासिलो सुन्दर फूल हाम्रो मस्तिष्कमा फुल्न थाल्छ। अरबी भाषाबाट आयातीत यो पुष्पनामले ‘गुल’ अर्थात् फूल एवं ‘आव’ अर्थात् जल भन्ने बुझिन्छ। यसले फूल र जलको सुवासिलो सम्बन्ध ‘गुलाबजल’ र ‘अत्तर’ लाई उजागर गर्छ।

अर्थ खुल्यो भने सबैथोक नाममै हुनसक्छ। कागती भनेपछि यसै मुख रसाउँछ। चाट्नै पर्दैन। अंग्रेजीभाषीलाई ‘लाइम’ वा ‘लेमन’ भनेपछि मात्र मुखमा थुक पलाउँछ। यही काम हिन्दीभाषीलाई ‘निबु’ ले गर्छ। यो भाषाको शक्ति हो। नामको करामत हो।

मान्छेका आ–आफ्ना नाम त हुन्छन् नै। मान्छे आफ्ना वरपरका प्रायः सबै वस्तुलाई पनि नाम दिन चाहन्छन्। संसारका हरेक मान्छे आ–आफ्ना भाषा, संस्कृति र संस्कारअनुरुप वस्तुको नाम दिन्छन्। त्यसैले, एउटै वस्तुका अनेक नाम हुन्छन्। धानलाई नेवारहरू ‘वा’ भन्छन् भने लिम्बूहरू ‘या’ भन्छन्।

हाम्रो देशभित्र बोलिने १ सय २३ भाषामध्ये धान जनाउने कयौं शब्द होलान्। अंग्रेजहरू धान–चामललाई ‘राइस’ भन्छन् भने फ्रान्सेलीहरू ‘रि’ भन्छन्। धान, चामल र भात एउटै वनस्पतिका अवयव हुन्। यसको वैज्ञानिक नाम ‘ओराइजा साटिभा’ भनी निर्धारित छ। विश्वभरिका वैज्ञानिकको निम्ति सर्वमान्य नाम यही हो। यो ल्याटिन भाषामा आधारित छ।

विश्वका जीव र वनस्पतिलाई वैज्ञानिकहरू आफ्नै इच्छाअनुसार नाम राखिदिन्छन्। कतिपय नाम स्थाननामका आधारमा कायम भएका हुन्छन्।गजसमेत बन्ने यो वनस्पतिको नेवारी नाम ‘भोँलु स्वाँ’ हो, जसलाई वैज्ञानिकहरू ‘डाफ्ने भोलुवा’ भन्छन्।

उत्तीसलाई विज्ञान जगतमा ‘अल्नस नेपालेन्सिस’ भनिन्छ। यसले उत्तीससँग नेपालको सम्बन्ध जोड्छ। चियालाई ‘थिया साइनेन्सिस’ भनेर चीनलाई चिनाउँछ। दालचिनीलाई श्रीलंका (सिलोन) सँग जोडेर ‘सिन्नामोमम जिलानिका’ भनिन्छ। ‘विही’ नामक एक जडिबुटीलाई ‘सोलानम इन्डिका’ भनेर भारतसँग सम्बन्ध जोडिन्छ।

कतिपय जीव वा वनस्पतिका नाम स्थानीय नामका आधारमा स्थापित छन्। यस सन्दर्भमा एक अंग्रेज अन्वेषक फ्रान्सिस ह्यामिल्टनले काठमाडौं उपत्यकाबाट संकलन भएका नवीन वनस्पति प्रजातिलाई नेवार नामसँग जोडेर वैज्ञानिक नाम दिएका छन्।

यो कुरा २१० वर्षअघिको हो। त्यो बेला प्रचलित थुप्रै नेवार नाम लोप भइसकेका छन्। बिरुवा भने लोप भएका छैनन्। र, नेवार भाषामा आधारित तिनको वैज्ञानिक नाम पनि जीवित छन्।

हाम्रो नेपाली हातेकागज बन्ने लोक्ताको वैज्ञानिक नाम ‘डाफ्ने भोलुवा’ हो। सन् १८०२–०३ ताका नेवारमा ‘भोँलु स्वाँ’ नामले प्रचलित यो बिरुवा अझै पनि काठमाडौं वरपरका वनजंगल लगायत हिमाली क्षेत्रमा २ हजारदेखि २ हजार ९ सय मिटरको उचाइमा र चीनका पश्चिमी प्रान्तमा समेत पाइन्छ।

नेवार भाषामा ‘भोँ’ भनेको कागज हो। कागजसमेत बन्ने वनस्पतिको नाम ‘भोँलु स्वाँ’ आजभोलि हाम्रो जनजिब्रोबाट हराइसकेको छ। नाम लोप भयो, भाषा लोप भयो, बिरुवा भने छँदै छ।

ह्यामिल्टनले यहाँ अर्को पनि नवीन प्रजातिको वनस्पति फेला पारे। असोज–कात्तिकको शारदीय वन सिँघार्ने गुलाबी रंगको पुष्पसज्जामा फुल्ने त्यो सानो झाडी वनस्पति जगतकै निम्ति नौलो थियो। उनले यसको स्थानीय नाम ‘लुकुली स्वाँ’ भनेर टिपोटमा लेखे। त्यस प्रजातिलाई ‘मुसेन्डा लुकुलिया’ भन्ने वैज्ञानिक नाम दिए।

नेवारीमा ‘बुँ स्वाँ’ भनिने वनस्पति, जसको वैज्ञानिक नाम ‘एनाफालिस बुसुवा’ हो। तस्बिर: लादोर्चे शेर्पा
कालान्तरमा विभिन्न वैज्ञानिकको अध्ययन, अनुसन्धानबाट यो बिरुवा सर्वथा नौलो ठहरिन गयो। एउटा पृथक जातिका रूपमा ‘लुकुलिया’ स्थापना भयो। लुकुली स्वाँको प्रजातीय नाम ‘लुकुलिया ग्राटिसिया’ भयो।

यो बिरुवा हाम्रा वनमा अझै पाइन्छन्, तर लुकुली स्वाँ नाम जनजिब्रोबाट हराइसक्यो।

काठमाडौंको घोडेजात्राताक नेवार समुदायले मनाउने ‘पासाचर्हे’ (पाँचरे) को रथयात्रामा पहेँलो फूलका झुप्पा छेलोखेलो चढाइन्छ। नागार्जुन, शिवपुरी वा फूल्चोकी क्षेत्रका वनपाखामा लगभग एक मिटर अग्लो झाडीमा यो फूल लटरम्म फुल्छ। ह्यामिल्टनले यस फूलको नाम ‘उराल स्वाँ’ भनेर टिपेका छन्। र, वैज्ञानिक नाम चढाउँदा यसलाई ‘हाइपेरिकम उरालम’ भनेका छन्।

उराल स्वाँ सँगसँगै पाइने अर्को बिरुवालाई ‘लुँगजु स्वाँ’ अर्थात्, सुनको गजुर फूल भनिन्छ। यो पनि हाइपेरिकम प्रजातिकै फूल हो।

उराल स्वाँ र लुँगजु स्वाँ पनि आजभोलि हाम्रो जनजिब्रोबाट लोप भइसके। वैज्ञानिक जगतमा भने जीवित छ। र, त्यो मर्दैन पनि।

नेवारीमा ‘बुँ स्वाँ’ भनिने अर्को वनस्पति छ। बारी बाँझो भएपछि त्यहाँ एक प्रकारको झार उम्रन थाल्छ। त्यही झाडीमा सेता फूल फुल्छन्। ती फूल लेकाली बुकी फूल (एनाफालिस) सँग मिल्छन्। यो फूललाई काठमाडौंमा त्यसबेला ‘बुँ स्वाँ’ भनिन्थ्यो। अहिले यो नाम जनजिब्रोमा प्रचलित छैन। वैज्ञानिकहरू भने यसलाई अझै पनि ‘एनाफालिस बुसुवा’ भन्छन्।

आफ्नो जनजीवनसँग प्रत्यक्ष सरोकार नराख्ने वस्तुलाई हामी नाम दिँदैनौं। ह्यामिल्टनले एउटा सुन्दर भुइँफूल भेटेछन्। त्यो सुनाखरी प्रजातिको थियो। स्थानीय बासिन्दालाई त्यसको नाम थाहा रहेनछ। ह्यामिल्टनले सोध्दा उनीहरूले ‘छु स्वाँ छु स्वाँ’ अर्थात् ‘के फूल के फूल’ भन्ने जवाफ दिएछन्।
स्थानीयले नाम थाहा नभएर यस्तो जवाफ दिएका थिए। ह्यामिल्टनलाई भने फूलको नामै ‘छु स्वाँ’ हो कि भन्ने परेछ। त्यसैले, उनले त्यसको वैज्ञानिक नाम ‘अर्किस छुसुवा’ जुराएछन्। विश्व वैज्ञानिक जगतले पनि ‘छु स्वाँ’ लाई त्यही नाममा सहर्ष मान्यता दिए।

नेवारहरू नासपातिलाई ‘पासी’ भन्छन्। काठमाडौं वरपरका वनजंगल र काँठतिर फागुन–चैतमा सेताम्मे फुल्ने र असोज–कात्तिकतिर लटरम्म फल्ने सानो खालको नासपातिलाई नेपालीमा ‘मयल’ भनिन्छ। नेवारहरू त्यसलाई पनि ‘पासी’ नै भन्छन्।

यही ‘पासी’ लाई ह्यामिल्टनले वैज्ञानिक नाममा समायोजन गरी ‘पाइरस पासिया’ भनी स्थापित गरिदिए।

भाइटीकामा पासीलाई अनिवार्य फलका रूपमा चढाउने नेवार परम्परा छ। संस्कृतिको शक्तिले पासी जीवन्त छ। विज्ञानले पनि त्यसलाई अजम्बरी बनाइदिएको छ।

आफूलाई प्रयोगमा नआउने वा आफ्नो जीवनसँग प्रत्यक्ष सरोकार नराख्ने वस्तुको नाम हुँदैन। तथापि वैज्ञानिकहरू प्रत्येक वस्तुको नाम स्थापित गर्न चाहन्छन्। नाममा के छ र भन्ने भनाइमा वैज्ञानिकहरू विश्वास गर्दैनन्। नामको सम्बन्ध अस्तित्वसँग जोडिएको हुन्छ। नाम मर्नु वा लोप हुनु भाषा मर्नु वा लोप हुनुको संकेत हो।

बूढा मर्यो भने भाषा सर्छ भन्ने हामीले सुनेका छौं। तर, भाषा मर्यो भने के हुन्छ? यसको पनि हेक्का राख्नुपर्छ, आजको पुस्ताले।

११ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution