हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

खसोगीकी प्रेमिकाले गरिन् ,डोनाल्ड ट्रम्पले गरेको अमेरिका भ्रमणको निम्तो अस्वीकार

टर्कीमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोगीकी प्रेमिकाले अमेरिका भ्रमणको निम्तो अस्वीकार गरेकी छिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ह्वाइटहाउस भ्रमणको निम्तोलाई हेटिस सेन्जिजले अस्वीकार गरेकी हुन् । वासिङ्टन पोस्टका स्तम्भकारसमेत रहेका खसोगीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी गुप्तचरहरूले हत्या गरेको विवरण सार्वजनिक भएको छ ।

खसोगी प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले साउदी सरकारको चर्को विरोध गरेको छ । यमनको रक्तपातपूर्ण युद्धमा साउदी संलग्नता, लेबनानी प्रधानमन्त्रीको कथित अपहरण र असन्तुष्ट राजकुमारमाथि चरम दमनलगायत आरोपको सामना गरेका साउदी युवराजलाई खसोगी प्रकरणले थप दबाबमा पारेको छ ।

‘ट्रम्पले अमेरिका भ्रमणको निम्तो दिनुअघिका उनका अभिव्यक्ति र त्यसपछिका धारणा विरोधाभाषपूर्ण छन् । उनको भनाइ केबल सहानुभूति दिने खालका छन्,’ हेटिस सेन्जिजले टर्कीको एक सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भनिन् । तर, ट्रम्पको ‘विवादास्पद अभिव्यक्ति’ बारे उनले खुलाउन चाहिनन् । यसअघि सेन्जिजले वासिङ्टन भ्रमणका लागि आफू खुला रहेको बताएकी थिइन् । इस्तानबुलस्थित साउदी दूतावासमा भएको खसोगी प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न ट्रम्पले इमानदारपूर्वक सहयोग गरे वासिङ्टन भ्रमण गर्ने सेन्जिजले बताएकी थिइन् । खसोगी प्रकरणमा ट्रम्प प्रशासनले कदम चाले आफू वासिङ्टन जाने उनले बताइन् ।

‘मैले अमेरिका जाने केही योजना बनाएकी छैन,’ उनले भनिन्, ‘म ह्वाइटहाउस जाने–नजाने विषय विवेकमा भर पर्छ ।’ ट्रम्पको निम्तोपछि विदेशमन्त्री माइक पोम्पेओले पनि आफूलाई बोलाएको उनले बताइन् । सो घटनाबारे केही थाहा नभएको वासिङ्टनले जानकारी दिएको उनले बताइन् । खसोगी प्रकरणको सत्यतथ्य छानबिन गर्न टर्कीका राष्ट्रपति रेसेप तेइप एड्रोगान र आफूले बारम्बार आह्वान गरिरहेको उनले बताइन् ।

‘मेरो र राष्ट्रपतिको आशा घटनाका दोषीलाई अदालतमा उपस्थित गराएर कानुनी कारबाही गर्नु भन्ने हो,’ उनले भनिन्, ‘यो अनुसन्धान सकेसम्म छिटो गरिनुपर्छ । अनुसन्धान प्रक्रियाले निश्चय नै पीडा देखाउँछ, तर पनि प्रक्रिया चाँडो थाल्नुपर्छ ।’

खसोगीको हत्यापछि साउदी अरेबिया सरकारको कुनै पनि व्यक्तिले आफूसँग सम्पर्क नगरेको उनले बताइन् । ‘ट्रम्पले बोलाउँदैमा अमेरिका जान्छु जस्तो मलाई लाग्दैन,’ उनले थपिन्, ‘किनकि भ्रमणका लागि यो उचित समय होइन ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution