हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेतावीच मन माझामाझ भयो, विग्रह चाहने निराश हुनेछन् – नेकपाका महासचिव विष्णु पौडेल

६ कात्तिक, काठमाडौं । दशैं मनाएर बैठकमा बसेका सत्तारुढ नेकपाका हाईकमाण्डका नेताहरु दुई दिनसम्म मन माझामाझमै अल्झिएपछि पार्टी एकताको बिजनेशमा सचिवालय बैठकले प्रवेश नै पाएन । यो एजेण्डामा बुधबार छलफल हुँदैछ ।

कात्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्षनेताहरु आ–आफ्ना असन्तुष्टि र गुनासा सुनाउन केन्द्रित भएकाले कात्तिक ७ गते मातहत कमिटी एकीकरणको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।

९ सदस्यीय नेकपाको केन्द्रीय सचिवालयलाई पार्टीको मूल नेतृत्व अर्थात हाइकमाण्ड भनिएको छ । तत्कालीन एमाले र माओवादीका मुख्य नेताहरु सहभागी रहेको सचिवालयलाई कार्यकर्ताले ‘लिडरशीप’ भन्ने गरेका छन् । केही समयमयता ‘लिडरशीप’ मै रहेका नेताहरु असन्तुष्ट थिए ।

‘असहमति सकियो, अब समस्या छैन’

पार्टीभित्र देखिएको समस्याको समाधान दुई दिनको सचिवालय बैठकले ‘उन्नत हिसाब’बाट पार लगाएको नेकपाका महासचिव विष्णु पौडेलले  बताए । उनले नेकपाको लिडरशीपमा असमझदारी उत्पन्न गराएर पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त भएको दाबीसमेत गरे ।

महासचिव पौडेलका अनुसार नेताहरुले उठाएका सबै विषयमा खुलस्त छलफल भएर आगामी दिनमा अझ एकतावद्ध हुने निर्णय बैठकले गरेको छ ।

महासचिव पौडेलले भने, ‘हिजो र अस्तिको सचिवालय बैठक असाधारण रुपमा राम्रो भएको छ । सबै विषयमा खुलस्त छलफल भयो । अत्यन्त समझदारीपूर्ण ढंगले उन्नत निष्कर्षमा पुगेका छौं ।’

पौडेलले अगाडि भने, ‘हाम्रो पार्टीभित्र विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिहरुले बुझे हुन्छ कि यो पार्टीमा विग्रह सम्भव छैन ।’

पौडेलले यसो भनिरहँदा प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने अघिल्लो केन्द्रीय सचिवालय बैठकको निर्णयमा माधव नेपाल र नारायणकाजी श्रेष्ठको असहमति भने कायमै छ । दुवैनेताले आफ्नो असहमतिलाई स्थायी कमिटीमा लैजाने अनुमति बैठकबाट पाएका छन् । स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्दैछ ।

यद्यपि सचिवालयको निर्णयमा नेपाल र श्रेष्ठले नोट अफ डिसेन्ट लेखेको हल्ला भने गलत रहेको महासचिव पौडेलले बताए । उनले पार्टीभित्र खुला र खुलस्त ढंगले सबै नेताहरु छलफलमा सहभागी भएको र लिडरशीप एकताबद्ध रहेको दाबी गरे ।

यसपटक नेताहरुबीच उन्नतस्तरबाट एकता कामय भएको पौडेलको दावी छ ।  पौडेलले भने, ‘हाम्रो परस्पर विश्वासमा कुनै समस्या छैन, लिडरशीप एकतावद्ध छ । अब सिंगो पार्टी एकतावद्ध रहनेछ । अनेकताको खोजी गर्ने शक्ति र प्रवृति निराश हुन्छन् ।’

कात्तिकभित्रमा सबै कमिटी एकीकरण

सबै तहका कमिटीहरु एकीकरण गरिसकेपछि पार्टीले देशव्यापी रुपमा कम्युनिस्ट एकताको लहर सिर्जना गर्ने पौडेलले बताए । नेकपाको बुधबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटीहरुलाई पूर्णता दिने पौडेलको भनाइ छ । त्यसपछि जिल्ला कमिटीहरु गठन प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

दुवै अध्यक्षसँगको परामर्शमा महासचिव पौडेलले एकीकरणको थप मापदण्ड तयार पारेका छन् । सोही आधारमा प्रदेश र जिल्ला कमिटी एकीकरणको टुंगो स्थायी कमिटी बैठकबाट लगाउने तयारी छ ।

अब पार्टीका मातहत कमिटी एकीकरण प्रक्रियामा माधव नेपाल लगायतका नेताहरुको असन्तुष्टि नरहने गरी विधि प्रक्रिया मिलाइने दाबी महासचिवको छ । प्रदेश ३ लगायत कतिपय प्रदेश कमिटीले विभिन्न जिल्लाका स्थानीय तहको एकीकरण अघि बढेको छ ।

पार्टीको सर्कुलर अनुसार नै उनीहरुले काम गरिरहेको महासचिव पौडेलले बताए । कात्तिक महिनाभित्र एकीकरणको काम टुंगो लगाउने गरी सचिवालयले योजना बनाउँदैछ ।

विभाग गठनपछि देशव्यापी अभियान

कात्तिक महिनाभित्र प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण टुंगो लगाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ । यसबीचमा जनवर्गीय संगठनहरुको पनि एकीकरण टुंगो लगाउने र मंसिरदेखि देशब्यापी अभियान सञ्चालन गर्ने तयारी छ ।

सोमवार सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पनि पार्टी र सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रमण भइहरँदा त्यसको संगठित प्रतिवाद हुन नसकेको भन्दै एकीकरण प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएका थिए । प्रचण्डले मंसिरबाट मेचीदेखि महाकालीसम्म एकसाथ पार्टी एकता सन्देशसभा र सरकार तथा पार्टीको पक्षमा जनपरिचालन गर्ने बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका प्रक्रिया टुंगो लगाउनुका साथै त्यसपछि कार्यकर्ता तथा जनपरिचालनसम्बन्धी योजना पनि बनाउने स्रोतले जनाएको छ । यसबीचमा पोलिटब्यूरो गठन गर्नुपर्ने दबाव पनि नेतृत्वमाथि परेको छ । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १४५ देखि १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने तयारी छ ।

अनलाइनखबरबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution