हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मलाका ‘सम्भावित किलर’मा प्रहरीको नजर, साउन १० मै खोलामा देखिएको थियो निर्मलाको साइकल

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या अनुुसन्धान जारी छ । गत साउन १० गते साथीको घरमा हिँडेकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परिन् । निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुले पनि मुख्य कुरा अर्थात् हत्यारा को हो र हत्यामा संग्लन को–को थिए भन्ने प्रश्न अनुत्तरित नै छ । प्रहरी अधिकारीहरुको भनाइलाई आधार मान्ने हो भने अनुसन्धान जारी छ । तर, अनुसन्धान कहाँ पुग्यो भन्ने जवाफ प्रहरी अधिकारीसँग पाउन मुस्किल पर्छ ।

कञ्चनपुर प्रहरीले हत्या अनुसन्धान गर्ने जिम्मेवारी डिएसपी कृष्णराज ओझालाई दिएको छ । ओझा भन्छन्, ‘‘अनुसन्धान जारी छ तर यसै केही भन्न सकिन्न ।’’ त्यसो त निर्मला हत्याको अनुसन्धान सुरक्षा निकायका विभिन्न टोलीले आ–आफ्नै ढङ्गले गरिरहेका छन् । तर, घटनाको चित्तबुझ्दो ‘सुराक’ फेला पार्न सकेका छैन््न् । अनुसन्धानका क्रममा विभिन्न समयमा विभिन्न कुराहरु बाहिर आए पनि विषयहरु आपसमा ‘म्याच’ हुन सकेका छैनन् ।

 साउन १० मै देखिएको थियो निर्मलाको साइकल

साउन १० गते दिउँसो कञ्चनपुरमा ठूलो पानी परेको थियो । त्यो समय भीमदत्तनगर–१८ मा रहेको उखुबारी (निर्मलाको शव भेटिएको स्थान) वरपर रोपाइँ चलिरहेको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने बिहान खेत रोप्न आएकाहरु दिउँसो १ बजेदेखि ४ बजेसम्म खाना खान घर जान्छन् । त्यही समयमा स्थानीय महिला जमुना र धना भण्डारी बच्चासहित बाख्राका लागि स्याउला काट्न खोला किनारतिर जाँदै थिए । खोलाको वर जामुन लगायतका रुखहरु छन् । साँझको समयमा उनीहरुसँगै गएको बच्चाले खोलामा साइकल देखेका थिए ।

निर्मला हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा धना र जमुना भण्डारीको बयान यस्तो छ, ‘‘हामी दुई बहिनी बाख्राका लागि स्याउला काट्न गएका थियौं । साथमा यो फुच्चे पनि थियो । यसले खोलामा साइकल देखेछ र हामीलाई ‘ममी साइकल, साइकल’ भने तर हामीले वास्ता गरेनौं । पछि हेर्दा साइकल देखियो तर धेरै भाग डुबेको अवस्थामा थियो । तर कापी र अम्बा भने देखिएन । पानी परेकाले खोला तर्न सकिने अवस्थामा थिएन ।’’

धना र जमुना स्याउला काट्न गएको समय र उनीहरुले साइकल देखेको विषयमा दिएको बयानलाई आधार मान्ने हो भने खेत रोप्नेहरु खाना खान गएकै समयमा घटना भएको अनुमान अनुसन्धानकर्ताहरुको छ । पानी परेको त्यसमाथि खोलामा पानी भएकाले बगेर आएको होला वा अन्य कारणले भनेर उनीहरुले साइकलबारे चासो दिएनन् ।

के सम्भव थियो त उखुबारीमा घटना ?

उच्चस्तरीय समितिको प्रतिवेदनमा भनिएको छ, ‘‘साउन १० गते दिउँसोदेखि हराइरहेकी १३ वर्षीय निर्मला पन्त भोलिपल्ट साउन ११ गते बिहान ९ बजेतिर भीमदत्तनगर–१८ निम्बुखेडास्थित उखुबारी (लोकेन्द्र भट्टको) मा मृत अवस्था (अर्धनग्न र घोप्टो अवस्था) मा फेला परेको ।’ रोशनी बमको घरदेखि मृतक निर्मला फेला परेको स्थानसम्मको दूरी ६ सय मिटर र मृतकको साइकल लगायतका सामग्री भेटिएको स्थानदेखि निर्मलाको घरसम्मको दूरी १३ सय मिटर रहेको प्रतिवेदनमा उल्लेख छ ।

निर्मलाको शव खोलापारी रहेको उखुबारीमा फेला परेको थियो । खोलाको वरपर बाक्लै रुखहरु नभएका होइनन् । तर साउन १० मा पानी परेकाले खोला सामान्य रुपमा तर्न सकिने अवस्थाको थिएन । खोला तर्नका लागि एउटा काठेपुल छ । निकै कमजोर अवस्थाको काठेपुलमा २ जना जान खोजे लड्ने सम्भावना रहन्छ । किनकी त्यो काठेपुलका फलेक कमजोर छन् र हल्लिरहेका हुन्छन् ।

निर्मलालाई बाटोबाट जबरजस्ती लागिएको हो भने पुलबाट सम्भव हुँदैन । किनभने पुलपारी एउटा घर छ । जुन घरबाट पुल तर्नेहरुलाई सजिलै देख्न सकिन्छ । यस्तोमा अनुसन्धानमा संलग्न अधिकारीहरुको तर्क यस्तो देखिन्छ– बाटोबाट निर्मलालाई लगेर २ देखि ४ बजेको बीचमा बलात्कार गर्ने अवस्था रहँदैन । कि निर्मलालाई भेट्नेबित्तिकै घाँटी अँठ्याएको हुनुपर्छ, वा समातेर मारेको हुनुपर्छ । मारेर उखुबारीमा लगेको हुनसक्छ ।

यदि अन्यत्र मारेर ल्याइएको हो भने शव भेटिएको स्थान शव व्यवस्थापन गर्ने स्थान होइन । किनकी घटना उज्यालो समयमै भएको देखिन्छ । निर्मलाको साइकल देख्ने महिलाको भनाइबाट पनि त्यो पुष्टि हुन्छ ।

प्रहरी अधिकारीको बुझाइमा निर्मलालाई राम्रोसँग चिनेको, निर्मलाले आउने–जाने स्थान, बाटोको बारेमा पूरै सूचना भएको व्यक्तिबाट घटना भएको हुनसक्ने अर्को आधार हुनसक्छ । त्यो अपराधीले निर्मलाको बाटो ढुकेरै घटना घटाएको हुनसक्छ । योबाहेक अरु कुरा अनुसन्धानले ठम्म्याउन सकेको छैन । प्रहरीको अनुसन्धानले उखुबारी नै घटनास्थल भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

‘सम्भावित ‘किलरमा नजर

यसअघि तत्कालीन प्रहरी नेतृत्व र सिआईबीको टोलीले बलात्कारपछि हत्या गरेको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दीलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दीलिपलाई सार्वजनिक गरेसँगै स्थानीयले नक्कली अभियुक्त खडा गरेर अपराधी उम्काउन खोजिएको भन्दै आन्दोलन चर्काए । आन्दोलन उग्र बन्दै गएपछि तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्व डिल्लीराज विष्टलाई हटाइएको हो । विष्टको स्थानमा एसपी कुवेरसिंह कडायतलाई कञ्चनपुर पठाइयो । तर एसपी कडायतले कञ्चनपुरको कमाण्ड सम्हालेकै दिन गोली चल्दा स्थानीय युवक शनि खुनाको ज्यान गएको थियो । त्यसअघि एसपी विष्टले कमाण्ड सम्हाल्दा पनि गोली चलेको थियो । घटनाको अनुसन्धान सिआईबीले पनि गरिररहेको छ ।

केही सम्भावित व्यक्तिलाई टोलीले निगरानीमा राखेको छ । ‘‘अहिले यसै भन्न त सकिने अवस्था छैन, तर केही व्यक्ति ‘सम्भावित किलर’ हुन् कि भन्ने लागेको छ तर पूरै आधार नपाईकन कसैलाई त्यसै समात्ने कुरा भएन,’’ अनुसन्धानमा रहेका एक अधिकारीले भने ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution