हेडलाईन

इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी        

चोली के पिछे क्या है ?

भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका ।

यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण दासजी । कीर्तनमण्डलका सदस्यहरू उनीलगायत ६ जना थिए । पाँच जना युवा र एउटी युवती । युवाहरू त युवा नै थिए तर युवतीचाहिँ युवती हुनाका साथसाथै सीयारामशरणजीकी प्रमुख चेली र कीर्तन कार्यक्रमकी चमेली पनि थिइन् । भजनियाँ सीयारामशरणलाई थाहा छ— युवती धतुराको फूल भए पनि गाउँलेहरूका लागि चमेली नै ठहरिनेछे ।

उनले आउनासाथ गाविस अध्यक्षलाई समाते । अध्यक्षले वार्ड सदस्यहरूलाई समाते । वार्ड सदस्यहरूले आ–आफ्नो वार्डका जनतालाई समाते । अन्ततः सम्पूर्ण गाउँबाट मानोमुठी उठाइयो । भजनमण्डलीको खाने, पिउने, बस्ने र स्वागतको व्यवस्था मिलाइयो । धर्मप्राण गाउँलेहरूमा धार्मिक उन्माद उर्लियो ।

बाली भित्रिइसक्या थियो । गाउँले महर्जनहरूले रिन–कर्जा उठाइसकेका थिए ।

सबैभन्दा ठूलो कुरा प्रजातन्त्र पनि आइसक्या थियो ।

भारत र नेपालको धर्म र संस्कृतिको समन्वयार्थ भजन मण्डली पनि आइसक्या थियो । यो गाउँलेहरूका लागि बडो सुखद अवसर थियो— भित्र्याइएको बालीका लागि भगवानप्रति कृतज्ञ हुने ।

श्री सीयारामशरणजीले गाविस अध्यक्षज्यूलाई भने, “देखिए प्रधानजी, नेपाल और भारतमे कोई फर्क नही है । हम और आप एक ही है । छोटे भाइको बडे भाइका अनुसरण करना चाहिए । प्रेम से भगवान् सीयारामकी शरण में आइए । दिल खोलके चन्दा दान किजिए । कल्याण होगा । अगले साल इस गाँव मे और फसल उबजेगा । बोलिए सीयावर रामचन्द्र की जय !”

अध्यक्षलगायत सबै वार्ड सदस्यहरूले जयकार गरे ।

प्राइमरी स्कुलको प्रांगणमा कीर्तन कार्यक्रम हुने भयो । समय ८ बजेपश्चात् । त्यतिबेलासम्म गाउँलेहरू साँझको भोजनबाट निवृत भइसक्थे ।

खाटहरू जोडेर मञ्च बनाइयो । मञ्चसामु स्रोताहरूका लागि पराल ओच्छ्याइयो । दाहिनेतिर पुरुष र देब्रेतिर महिलाहरू बस्ने भए । गाउँका महिलाहरू अझ भनूँ गाउँका बुहारीहरू यस कार्यक्रममा भाग लिन बढी उत्साहित थिए । किनभने यस्तो धार्मिक कार्यक्रममा मात्र उनीहरू आउन र आएर घुम्टो निधारसम्म उचालेर भगवत् लीन हुन पाउँथे ।

भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्त्वपूर्ण कुरा— ‘लाउडस्पिकर’ पनि थियो । लाउडस्पिकर किन थियो भने— भगवान् त बहिरा छँदै छन्, साथै गाउँलाई पनि धार्मिक जोसले थर्काउनु थियो । नथर्काइकन कोही पनि त अनुगत, अनुप्राणित र आतंकित हुँदैनन् । आतंक यस्तो कुरा हो, जसले शक्तिशाली भगवान् र तिनका खसोखास प्रतिनिधिहरुको वर्चस्व कायम राख्छ । यो कुरा श्री सीयारामशरण दासजीलाई तुलसीदासको रामायणभन्दा पनि बढी थाहा छ ।

साँझ ७ बजेदेखि नै गाउँले स्त्रीपुरुषहरू भेला हुन थाले । मञ्चमा आफ्ना मण्डलीहरूबीच सीयारामशरणजी विराजमान छन् । लाउडस्पिकरमा हिन्दी फिल्मी गानाहरू बजिरहेका छन् । मीठामीठा हिन्दी गानाले प्रेरित भएर दाहिनेतिरका पुरुष (विशेषतः कडुवा तेलयुक्त जुल्फी पालेका) देब्रेतिरकी घुम्टो उचालेका गाउँका बुहारीहरूतिर रामले झैं हेरिरहेका छन् । बूढापाकाहरू यो हेराइलाई भगवानको दया ठानेर चुपचाप खैनी मोलिरहेछन् । भगवान् भने आकाशतिर कतै आधुनिक हिन्दी फिल्मी गाना सुनेर बसेका होलान् ।

भजनियाँ प्रमुख सीयारामजी स्रोता भक्तगणहरू यथेष्ट संख्यामा अझै नआइपुगेकाले चिन्तित छन् । यै चिन्ताले उनलाई प्रवचन दिने झोक चल्छ । लाउडस्पिकर बन्द गर्ने इशारा गरेर उनी प्रवचन दिन थाल्छन् । उनकी प्रमुख चेली उनीतिर एकाग्रतापूर्वक हेर्दै चमेली भएकी छे । गाउँले बुहारीहरू चमेलीलाई देखेर उत्साहित हुँदै आ–आप्mना घुम्टा अझै माथि सार्छन् ।

दाहिनेतिर बसेको लखनले खैनी घुसारेर देख्छ— उसकी साइँली बुहारी त साला कैलू चमारको जुल्फे छोरोतिर पो सीताले रामलाई हेरेझैं हेरिराखेकी छे । तर, विचरा अहिले गरोस् पनि के ? उसले रिसले खैनीको तीतो रस घुटुक्क निल्यो र प्रवचन सुन्ने अभिनयतिर दत्तचित्त भयो ।

भजनियाँ सीयाराम भारतको प्रजातन्त्र र नेपालको शिशु प्रजातन्त्रको धार्मिक भावले व्याख्या गर्दै थिए । तर, उनले छिट्टै बुझे— उनको प्रवचनको प्रभाव बूढाखाडाहरूलाई त केही भयो होला तर सबैमा भएको छैन । यो प्रवचनले भगवान् श्रीरामको गरिमा घटोस् कि बढोस्, धर्म फलोस् कि फुलोस् कि भर्सेला परोस् तर उनको दानापानीमा त प्रभाव पर्छपर्छ । अतः उनले धतुराको फूलजस्ती चमेलीलाई गाउँबाट बढीभन्दा बढी भक्तगण बटुल्न हिन्दी फिल्मी गानाहरूको लय र धूनमा कीर्तन गर्ने आज्ञा गरे ।

तुरुन्त हारमोनियम, ढोलक, मजिरा र करताल बज्न थाले । चमेलीले ‘मै दुनियाँ से अब न डरूँ, तुम्ही से मै प्यार करूँ’ भन्ने गानाको लयमा एउटा भजन सुनाइन् । चार–पाँच वटा यस्तै हिन्दी फिल्मी धूनमा भजन सुनाएपछि दाहिने र देब्रे दुवै पक्ष भावविभोर भएर सीतारामको अवस्थामा पुगे ।

आउन त गाउँलेहरू आउँदैछन् तर फाट्टफुट्ट ।

भजनियाँ प्रधानले ८ बजिसकेको हुँदा पुनः फिल्मी धूनको भजन बन्द गराए । लाउडस्पिकरमा रिकर्डिङ गर्ने आदेश दिए ।

यसैबेला शिवलाल कुर्मीले देख्यो, अँ खैनी मुखमा हालेपछि देख्यो— देब्रेतिर बसेकी उसकी जेठी बुहारी आफ्नो ठाउँमा छैने ।

रखन झाले देख्यो— उसकी कान्छी बुहारी पनि देब्रेपट्टि आफ्नो ठाउँमा छैने ।

अँ, प्राइमरी स्कुलको आडैमा बाँसघारी छ र बाँसघारीकै आडैमा आँपको ठूलो बगैंचा छ ।

एक्कासि मञ्चबाट श्री सीयारामशरण दासजी चिच्याए, “सीयाराम रामचन्द्रकी जय !”

“जय !!!”

अनि धतुरोजस्ती चमेलीले लाउडस्पिकर बजाई, “चोली के पिछे क्या है, चोली के पिछे ? चुनरी के नीचे क्या है, चुनरी के नीचे ?”

अब कीर्तन सुरु भयो ।

(साभारः गोरखापत्र, १३ चैत्र, २०५० शनिबार)

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution