हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी

गोर्खा राज्यको विस्तार हुनुपुर्व वि. स. १८१८ सम्म तामाङ राज्यहरुको अस्तित्व रहेको थियो | “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो |

धेरै विद्वानहरुले काठमाण्डौ उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछी प्रवेश गरेका समुदायहरुसंग पराजित भएपश्चात तामाङहरुले काठमाण्डौ उपत्यको काठ र वरिपरिको पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् (वंसिटार्ट, १९०९ : १४१, कारण, १९६० : ६६) | काठमाण्डौ उपत्यकाको बुढानिल्कण्ठको दक्षिण-पूर्वतिर बानियापाखा र पन्डित गाउको बीचमा रहेको धोबीखोलामा लेलीनग्रन्थ पुरातत्व विभागका प्रागैतिहासिक पुरातात्वविद डा. एनातोली याकोब्लेभ शेटेन्कोबाट भएको उत्खननले मंगोलियाका गोवी नमुनाका ढुंगेउपकरण काठमाण्डौमा फेला परेबाट पाषयुगीन मंगोलियनहरु तिब्बत र हिमालयपार गरी नेपाल आइपुगेको र इसापूर्व ३०,००० वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाण्डौ उपत्यकामा आवाद भएको अनुमान गरिएको छ | यसबाट काठमाण्डौमा सबैभन्दा पहिले मंगोल मुलका मानिसहरुले बसोबास गरेका थिए र ती मानिसहरु तामाङ नै थिए भन्ने बलियो प्रमाण दिन्छ (शर्मा, सं, २०३९ : ३५९-४६४) |

नेपालका आदिवासी शंकारहित रुपमा मंगोलहरु थिए (वंसिटार्ट, १९९१) | अहिले पनि काठमाण्डौको तीन शहर र तिनको उपशहरहरुको चारढोकादेखि बाहिर चारैतिर तामाङ जातिको घनावस्ती शुरुहुन्छ | सन् १८४७ मा हडसनले उपत्यकाको र त्यसको वरिपरी नेवार र मुर्मी (तामाङ) बसोबास गर्दछन भनेका छन् (१९७२ : ३०) | सन् १८८०-१८९५ तिर वंसिटार्ट लेख्दछन “नेपाल उपत्यकामा घना आवादी छ र त्यहा करिव ३००,००० मानिसहरु होलान” भन्ने अनुमान गर्न सकिन्छ र तिनीहरुमध्ये अधिकांस नेवार र तामाङ छन् (१९९१ : ६) | कर्कपैट्रीकले “नेपालमा नेवार जातिले राज्य गर्नुभन्दा पहिले भोटे जातिले राज्य गरेका थिए | नेवारहरुले तिनीहरुलाई काठमाण्डौ उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आजसम्म संरक्षित छन् र हाल कच्छाडको पहाड तर मुख्यरुपमा कुतिपट्टीको पर्वतीय भू-भागमा आवाद छन्” भनेका छन् (१८११ : १४८) |

ह्यामिल्टनले हिन्दुकृत मुर्मी (तामाङ) नै काठ भोटिया हुन्” भनेका हुन् र त्यो समुदाय नेवारभित्र समाहित छ भनेका छन् (१९९० : ५९) | लिच्छवीकालको अभिलेखमा चावहिल उत्तर-पूर्वको भू-भागलाई भोटबिस्ट भनिन्थ्यो | यसै क्षेत्रमा मानदेवको पालामा बौद्ध स्तुपा बनेको भनिन्छ र त्यो तामाङ वंशावालीअनुसार योन्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ पुर्खाहरुले निर्माण गरेका थिए (तामाङ सं. २०५१ : ४२) | काठमाण्डौका नेवारहरु अझै पनि बनेपालाई भोट भन्दछन | तामाङ भाषाको वोद अपभ्रंश भै वोदी, बनेपा र भोट बनेको हो | म्याकडोनाल्डले “तामाङहरु मुख्यरुपमा पूर्वमा दुधकोशी र पश्चिममा बुढीगण्डकी बिचको माथिल्लो आधाभाग २०० मिटरदेखि २७०० सय मिटरको उचाईमा बसोबास गर्दछन” भनेका छन् (१९८३ : १२९) | यस क्षेत्रमा तामाङहरुको सैयौको संख्यामा किपट (सामुहिक भुमि) पाइएको छ हेर्नुहोस – लामा (१९६९), वंसिटार्ट (१९०६), मोरिस (१९३३), फुरर हेमेन्ड़ोर्फ (१९५६) र रेग्मी (१९७८) |

मुलत: यसै क्षेत्रलाई तामाङहरुले तामाङ स्वायत्त प्रदेश हुनुपर्दछ भनेका हुन | यस क्षेत्रमा गोर्खा साम्रज्याको स्थापना नहुन्जेलसम्म पनि कुनै न कुनै रुपमा तामाङहरुको स्वाशासित राज्य (मुख्खेली) हरु थिए | गोर्खाको बार्पाकमा घलेराज्य, पूर्वपट्टी गण्डी (बुढीगण्डकी) को पुर्व किनार धादिङको सेमजोङको डाप्साङमा वाईबा थरका तामाङ राजाको राज्य थियो, जसलाई सम्भवतया गोर्खाको राजा राम शाहले पुर्वतर्फ बढ्ने क्रममा हराएका थिए | धादिङ कै सेर्तुङ, झार्लाङ र बसेरमा तामाङराज्यहरु थिए | तामाङहरु राजालाई “ग्ले” भन्दछन यहि अपभ्रंश भै “घले” बनेको हो | रसुवाको गोल्जुङमा राजा नरभूपाल शाहको पालासम्म घले तामाङराज्य थियो | पृथ्वीनारायण शाहले जितेपछि आन्तरिक नेतृत्व त्यहिको ज्योमोलाई दिई बाहिरी नेतृत्व गोर्खाले लिएको थियो (तामाङ, सन् २००५) |

नुवाकोटको ककनीमा तामाङको रुम्बा थरको राज्य थियो | मल्लहरुले नै ककनीराज्यलाई उखेलेका थिए | गोपालराज वंशावलीले नेवार र तामाङहरुबीचको तनावमाथि निकै हदसम्म पारेको देखिन्छ | ह्यामिल्टन र हजासनका लेखहरुले यो छनक दिन छोडेको छैन | रामेछापको दोरम्बा, ताल्जुमा घिसिङ थरका तामाङ राजाको राज्य थियो | यसलाई गोर्खाली सैनिकले अन्तिम पटक सन् १७६२ भादैमा कब्जा गरेका थिए (थापा, २०३९ : ७०-७१) | काभ्रेको तिमालमा बल तामाङको स्वायत्त राज्य थियो | यसलाई पृथ्वीनारायण शाहका भाई दलजीत शाह र रामकृष्ण कुवरको नेतृत्वमा आएको गोर्खाली फौजले वि. सं. १८१९ असोज २ गते कब्जा गरेको थियो (आचार्य. सं. २०६१ : २०४) | सो आक्रमणमा तामाङराज्यको रक्षार्थ रेन्जेन दोर्जे राजासहित ३०० तामाङ युवायुवतीहरुको हत्या भएको थियो |

यो नै तामाङको अन्तिम सत्ता थियो | मकवानपुरको बेतनी, खैराङ र टिस्टुङमा पनि तामाङराज्यहरु थिए | यस्ता सत्ताहरु र किपट माथि आधारित थिए | सन् १९१५ मा प्रकाशित मेजर सी. जे. मेरिसद्वारा लिखित “द गोर्खाज एन एन्थालोजी” मा बल, मोक्तान, स्याङ्बो र योन्जनहरुको २९ वटा किपटहरुको सुची उल्लेख थियो | महेश चन्द्र रेग्मीले लैण्ड टेन्यूर एण्ड ट्याक्सेसन सिस्टममा थमौती र खोसिएको थुप्रै किपटहरुका बारेमा जानकारी दिएका छन् | यो बास्तवमा प्राथमिक किसिमको सामुदायिक राज्यहरु थिए जसलाई “ग्रामिण गणतन्त्र” भन्न सकिन्छ भने “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो | तामाङराज्यको अस्तित्व कहा र कहिलेसम्म थियो भन्ने तल दिएको चार्टले अझ पुष्टि पर्नेछ | त्यसैले इतिहासमा कहिल्यै तामाङको राज्य थिएन र ताम्सालिङ भन्ने नै थिएन भन्नेहरुका लागि यो भन्दा केहि बताउनु पर्ला ?

फराप तामाङ रुम्बा तामाङ  / हाम्रो सोलु 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution