हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ

काभ्रे , तेमाल 

कहिले हत्या हिंसा नचाहने काभ्रे तिमालको तामाङ राजा ह्रेन्जेन दोर्जे तामाङ र राजा ह्रेन्जेन दोर्जे तामाङको बहादुर, साहसिक सैनिकलाई अमाने समाने युद्धमा कहिले पनि पृथ्वीनारायण शाह र उसको कायर सैनिकले कहिले जित्न सकेका थिएनन। जित्ने सम्भावना पनि थिएन। जुन ठाउँमा कायरता र षडयन्त्र पुर्बक मीत लाउने बहानामा तिमाल बेसि अमलटार भन्ने ठाउँ सुनकोसीको बगरमा बिना हतियार बोलाएर, उसको कायर सैनिक पलान्चोकी कुवर हरुलाई राती नै हतियार लागेर बालुवा मुनि लुकाउन लगाएर जसरी क्रूर र निर्मम पुर्बक तामाङ राजा ह्रेन्जेन दोर्जे तामाङको हत्या भएको थियो त्यही ठाँउको स्थानीय वासिन्दा हौं हामी, वास्तविक इतिहास थाहा छ हामिलाई। त्यस लडाइँ मा पृथ्वीनारायण शाहको जित कहिले कदापि स्विकार्य हुने छैन ह्रेन्जेन दोर्जेका वीर,निडर,साहसिक सन्तान तामाङ समुदाय लाई। त्यस्तो जितलाई जित भनिदैन कायर भनिन्छ। तसर्थ साहसिक युद्धको नियम अनुसार लडाइँ लडने हो भने लाखौं ह्रेन्जेन दोर्जेको सन्तान हरु सच्चिकै तयार छन अन्तिम फैसलाको लडाइँ लडनलाई।

नेपाललाई एकीकरण गर्नुमा पृथ्वीनारायण शाहको भुमिका छ भन्दैमा हाम्रो पू्र्खाको कायरता पुर्वक गरेको हत्या लाई उसको बहादुरीको रुपमा लिएर कहिले बिर्सिने छैन। कसरी बिर्सिन सक्छ र? बरु पृथ्वीनारायण शाहलाई ध्रुत कायर अनि गद्दारको रूपमा लिने छ्न सम्पुर्ण तामाङ तथा जनजाती समुदायले, किनकी युद्ध मैदानमै पनि युद्धको नियम अनुसार दुश्मनलाई नि:शस्त्र वा आत्मा समर्पण गरेको अबस्थामा हत्या अर्थात मार्न पाउदैन भने, लडाइँ झगडा लाई सदाको लागि त्यागेर मीत लाउने अर्थात मित्रताको नाता कायम गर्ने उदेश्यले आएको एक सच्च,इमानदार,अनि अहिंसावादी धर्मिक व्यक्तिको हत्याले कुन चै र कस्तो चै शुभ सन्देश, भाइचारा अनि विस्वासको वातावरण बनाउछ भन्न खोजेको हो ? जबर्जस्ति लाद्न खोजेको हो या पांगु, मुर्खा, उल्लु बनाउन खोजेको हो ? कसले दिन सक्छ सहि तर्क र जवाफ ? सत्य कुरा त जुन २०५८जेठ १९गते सम्म आइपुग्दा जसरी जानी नजानी ८०% नेपाली जनताले भगवान बिष्णु अवतारको रुपमा हेरेको राजा बिरेद्रको आफ्नै दरबारमा निर्मम पुर्बक क्रुर तरिकाले बंश नै नास हुनएगरि हत्या भयो त्यो अरु कारण नभएर उसले सिकाएको परम्परा सस्कृतिको कारण हो भन्दा सायद दुई मत नहोला!!! पृथ्वीनारायण शाहको नीति सरसर्ति हेर्दा र बुझ्दा जनजातिहरु गुरुङ,राई, लिम्बु,मगर,शेर्पा, नेवार विशेष गरि तामाङ लाई जसरी पनि भौतिक, आर्थिक, शैक्षिक सबै कुरामा नाम निशाना मेटाउने उदेश्य रहेको बुझिन्छ। उदाहरण को लागि यदि उसको त्यो नीति नभएको भए वार्ता र मीत लगाउन राजी भएको तामाङ राजा ह्रेन्जेन दोर्जेलाई किन मार्नु पर्‍यो र ? यसको मतलब एकीकरण को नाम मात्रै हो उसलाई जसरी हुन्छ तामाङ लगायत जनजाती को इतिहास मेटाउनु थियोे!

किनकि जब सम्म जनजातीको राज रहन्छ तबसम्म उसको निरंकुश शासन चल्दैन भन्ने निश्कर्षमा उ पुगेको थियो र उसले त्यही अठोट गरे, र सिधा तरिकाले लडाइँ जित्न सक्ने साहस पनि थिएन त्यसैले जनजातिको सोझोपन, छिटो विस्वास गर्ने, शत्रुतामा भन्दा मित्रतामा विस्वास गर्ने, दयालुपनलाई कमजोरी र फाइदाको रूपमा प्रयोग गर्न थल्यो, अनि पुर्ण षड्यन्त्र, जालझेल, धोखेबाज,कायर नीति अपनाएर अन्ततः सबैलाई भौतिक रूपमा समाप्त पार्न सफल भयो। त्यस पश्चात् जनजाति अनि जनजातिको बहादुरी,अहिंसावाद र साहसको इतिहास मेटाउन जबर्जस्ति लागि परे र उ सफल पनि भए।

यसबाट उ हाम्रो जनजाति लगायत तामाङ पू्र्खा संग डराउथ्यो भन्ने कुरा समेत प्रमाणित हुन्छ। र काभ्रे मात्र नभएर मकवानपुर,धदिङ नुवाकोट र काठमाडौंमा समेत तामाङले राज गर्थे भन्ने कुरा हाम्रो सदियौं देखि बसोबास गरिरहेकोे स्थानीय तामाङ बस्ती समुदाय र यदाकदा इतिहासविद हरुले लेखेको लेखबाट पुष्ठि गरेको छ। जातीय भेदभाव कामी दमाई, सार्की, च्यामे, पौडे, आदि ठूला साना कसले र किन बनाए ? जात अनुसारको काम गर्नुपर्ने नियम किन र कसले बनायो ? बाउननिती र बाउनबाद्को हविको सुरुवात कसरी र कहिले भयो ? त्यसको जन्मदाता को हो ? ढिलै भए पनि राम्रो संग बुझेका छ्न जनजाति समुदायहरुले। समय भनेको एकनास कहिले हुदैन।

के म तामाङ भएर तामाङ समुदायमा जन्मिनु मेरो दोष र अपराध हो ? एउटा दलितको कोख बाट जन्मीने बित्तिकै उ अपराधी हुने ? त्यसो त राष्ट्रिय निर्माता नभएर भगवान पो हुनुपर्ने होकि ? तामाङ भएर जन्मे भारी बोक्ने, दमाई भएर जन्मे कपडा सिलाउने र बाजा बजाउने, कामी भएर जन्मे फलामको काम मात्र गर्नुपर्ने, पौडे भएर जन्मे चर्पी सफा गर्ने इत्यादी…. जन्मिनु अघि नै उसको कर्मको तय गर्ने उ को हो र ?

यदि नेपाल चार बर्ण छत्तीस जात सबैको साझा फुलबारी हो भने त्यो भेदभाव चाहिँ किन ? कर्म आफ्नो क्षमता र इच्छा अनुसार गर्ने होकि जात अनुसार ? मैले आज सम्म बुझ्न नसकेको कुरा! हालको विस्वको कानुनले पनि यस्त खालको हत्यालाई हार जित र बहादुरी नभई जघन्य युद्ध अपराधको रुपमा चित्रण गरिएको पाइन्छ।

त्यसैले पनि कहिले कदापि त्यो हत्या सहज र साधारण हुनै सक्दैन। सायद त्यसैले होला हाम्रो आदरणीय अग्रजहरुले यस्तो षड्यन्त्र,धोका, छलकपड बाट सचेत रहोस् र आफ्नो भावी पुस्ताले कहिले नबिर्सियोस भनेर नै होला त्यस कथित हत्या भएको आसपासको ठाँउलाई त्यही क्रूर हत्या संग सम्बन्धित जस्तै तामाङ राजा ह्रेन्जेन दोर्जेको औंला काटिएको ठाउँलाई अमलटार,घोडा मारेको ठाँउ घोडादान,अन्तिम हत्या गरेको ठाँउलाई भोटटार, दरबार र मालअड्डा जलाइदिएर खरानी भएर सुकेको ठाँउ ईलाकालाई “मेफ्रङार” नेपालीमा “मेफ्र” भनेको “खरानी” “ङार” भनेको सुकेको,सुक्नु हो इत्यादी नाम रहेको बुढापकाहरू बताउँछन्। यदि आज पृथ्वीनारायण शाह जिवित भएको भए हाल प्रत्येक वार्षिक रूपमा पृथ्वी जयन्ती मनाइरहदा उसको बिरुद्ध अन्तर्राष्ट्रिय मानवअधिकार अनि जेनेभा शन्ती अनुसार अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न अग्रपंक्तिमा उभिन कति पनि हिचकिचाउने थिएन होला..

G.D. Tamang (Ujwal)
जि.डि. तामाङ (उज्वल) काभ्रे।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution