हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो

तिलक गुरुङ

संघीयता प्राप्त संगै मुलुकमा बहु धार्मिक,बहु सास्कृतिक, बहु भाषिक आदि ईत्यादीले राष्ट्रीय मान्नेता पाएको छ ।आज देश संघियतामा गैसकेको छ । संघीय प्रणालीमा देश बर्गिकरण गरेर अघि बढीसकेको मुलुकमा सबै जातजाती,धर्म र लिङ्गलाई समान रुपमा राखिनु अर्थात मान्नेता दिईनु पर्ने हो तर त्यो भएन ।

शासकबर्गहरुले आफ्नै मुठ्ठीमा राख्न दुस्प्रयास गरे । एकल जातिय एकल धार्मिक रुपमै लाद्न कोसिस गरे अन्ने समुदायको पर्वलाई दिदै आएको सरकारी विदा कटौती गरीदियो तर दशै तिहारलाई कटौती गर्न सकिन त्यो नै राज्यको गल्ती हो । सामुदायिक पर्व नकटाउनु कटाई सकेपछी कि सबैको पर्व बिदा कटाउनुपर्ने थियो कित कसैको पनि कटाउन मिल्दैनथ्यो तर यहाँ देश भित्रकै पर्वमा पनि शासक बर्गको सामुदायिक पर्वलाई राष्ट्रीय मान्नेता मै राखियो तर आदीबासीको पर्वलाई राष्ट्रीय मान्नेता बाट हटाईयो यो संघियताको अपमान हो ।

संघीयताको उदेश्य अनुरुप देश भित्रको सबै जाती,सबै धर्म,सबै पर्व, सबै पोषाक र सबै सस्कार र सस्कृतीलाई राष्ट्रीय मान्नेता दिइनु नै हो तर यहाँ कसैलाई काखा कसैलाई पाखा गराईयो त्येसै बिभेद बाट आक्रोसित आदीबासी समुदायले दशै तिहारको बहिस्कार गरिएको हो ।

आजको आदिबासी समुदाय ढुंगे युग र सिकारी युगमा छैनन् धेरै शिक्षित छन । आफ्नो हक अधिकार चिन्ने र खोज्ने क्षेमतामा पुगिसकेका छन् । अहिलेका आदीबासीले आफ्नो र अर्काको छुट्याउन सक्छन् भने आफ्नोलाई प्रोत्साहन र अर्काकोलाई सम्मान गर्न पनि जानेका छन तर राज्यले आफ्नो माथी विभेद गरीयो त्येस्कै कारण आक्रोषित आदीबासीको जमात र आदीबासी संघ सस्थाहरुले शासकबर्गको कडा आलोचना सँगै दशै तिहारमा कालो टीका र कालो झण्डा देखाउदै बहिस्कार गर्न बाध्ये भएको हो ।

यस बिषयमा राज्यको ध्यानाकर्षण हुन जरुरी छ नत्र यिनै बिषयले फेरी देशमा दन्द हुन सक्छ । शासकबर्गले देशलाई कसरी निकाश दिने भन्ने बिषयमा पनि सोच्न आवश्यक छ । देशमा दन्द हटाउन देशभित्रको सबै सबै जाती, धर्म, भाषा, पर्व, सस्कार र सस्कृतीलाई बराबरी सम्मान दिईनुपर्छ यी सबै राष्ट्रको गहना हो रत हामी गाउँछौँ ।

“सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।

यसरी राष्ट्रगानले सबैलाई समेटिएको छ सबैको सम्मान गरिएको छ त्येसरी नै साशकबर्ग र राष्ट्रले व्यवहारले पनि समान अधिकार दिए देश न टुकृन्छ, न दन्द हुन्छ, न रक्तपात हुन्छ, न विभेद हुन्छ तब देश विकाश र सम्बृद्दीमा फड्को मार्न सफल हुन्छ ।

दशै तिहारको बिषयमा बोल्नु पर्दा यो पर्व नेपालमै रहेको कुनै एक समुदाय अर्थात हिन्दु धर्मलम्बीहरुको महान चार्ड हो यो पर्व नेपालीको हो भन्न मज्जाले सक्छौ र सक्नुपर्छ किनकी देशभित्रका सबै पर्व, सबै जाती, सबै धर्म, सबै भाषा आदीआदी सबै नेपालीको हो यसमा कसैले हैन भन्न मिल्दैन यो सबै संघियताको उपलब्धी हो ।

दशैको टीका

दशैमा लगाउने टीका रातो रङ्गको हो । रातो रङ्गको टीका हिन्दु परम्परा अनुसार छुट्टै महत्त्व र बिषेशता बोकेको पाउछ त्येसैले दशै मनाउनेहरुले रातै टीका लगाउनुपर्छ तर सेतो र कालो टीकाले दशैको अपमान गर्छ यस्को कुनै अर्थ र परीभाषा छैन । केही बर्ष अघिदेखी आदीबासी समुदायले दशैमा सेतो टीका लगाएर दशै मान्दै आएको पाउछ तर त्यो सेतो रङ्गको टीकाले दशैको अर्थ दिदैनन् ।

दशै मनाउदा ईतिहास पढेका र ईतिहास जानाकार आदीबासीहरुले दु:ख र शोकको महशुस गर्नु स्वभाविक हो किनभने पुरानो त्यो काहाली लाग्दो ईतिहास सुन्दा र पढ्दा आँखा नरसाउने कोहि हुदैन किनभने त्यो जमनामा साह बंशले धेरैलाई दु:ख दिईएको छ, दशै नमान्दा फाँसी दिएको, दशै नमान्दा निर्मम हत्या गरीएको, दशै नमान्दा राज्य बाट अधिकार खोसिएको जस्ता धेरै दुख दिईएको थियो त्येसैले त्यो ताका जनताले राज्यको कु नितीले गर्दा करले दशै मनाईन्थ्यो अहिले रहरले मनाईन्छ ।
दशै आदीबासीहरुको पर्व हैन यसलाई मान्नै पर्छ भन्ने करकाप रहदैन तर एकले अर्काको सम्मान स्वरुप मीठो मीठो खाएर शुभकामना आदानप्रदान गर्न पनि सकिन्छ ।

कालो टीका लगाउने को हुन् ?

कालो टीका लगाउने आदीबासी समुदाय र आदीबासी संघ सस्था हुन । आदीबासीले पनि दशै तिहारलाई सम्मान गरी धार्मिक सहिष्णुता कायम गर्नुपर्छ कसैले कसैलाई विरोध र बहिस्कार गर्नु धार्मिक सहिष्णुतामा खलल पुराउनु हो । सबै नेपालीहरुले हिन्दु धर्मलम्बीहरुको पर्वलाई मान्न पनि सक्छौ ,बौद्ध लम्बीको पर्वलाई मान्न पनि सक्छौ प्राकृतिक पुजक आदीबासीहरुको आफ्नो सामुदायिक पर्वलाई मान्न पनि सक्छौ यी सबै सबै पर्वहरुमा शुभकामना आदान प्रदान गर्न पनि सक्छौ तर एक अर्काले विरोध र बहिस्कार गर्नु असहिष्णुता र दन्द निम्त्याउनु हो त्येसैले राज्यले समयमै यस्ता समस्या समाधान गर्न जरुरी छ ।

राज्यले नेपाली नेपालीमा भाईचरत्व र सद्भाव कायम गराउन नेपाल भित्रका सबै धर्म, सबै जाती, सबै भाषा, सबै पर्व, सबै सस्कृती आदी ईत्यादी सबै सबैलाई राष्ट्रीयकरण गरीयोस । यस बिषयमा शासकबर्गको चाडो ध्यान जावस ।

अन्तत: कहिकतै भुलचुक गल्ती भएमा क्षेमा प्रार्थी सँगै सबै नेपालीहरुलाई दशै पर्वको शुभकामना दिन चाहन्छु ।

-सार्वजनिकबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution