हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?

साउदी पत्रकार जमाल खाशोज्जी बेपत्ता भएपछि साउदी वाणिज्य दूतावासमा जे भयो त्यो उनको एप्पल वाचमा रेकर्ड भएको थियो भन्ने खबर सार्वजनिक हुन थाल्यो । यो खबर पढ्नेबित्तिकै म चकित भएँ ।

सुरुमा टर्कीको पत्रिका ‘सबा’ मा यो खबर छापिएको थियो । त्यसपछि अन्य विभिन्न पत्रिकामा मैले यो खबर देखें ।पत्रिका सबालाई मान्ने हो भने इस्तान्बुलमा भएको साउदी दूतावासमा प्रवेश हुनुअघि नै खाशोज्जीले आफ्नो एप्पल वाचमा रेकर्डिङको सुविधा अन गरेका थिए ।

त्यसकारण उनीमाथि ‘गरिएको सोधपुछ, उनलाई दिइएको यातना र उनको हत्या’ को पूरा घटना यसमा कैद भएको बताइयो । यो जानकारी उनको आइफोनमा ट्रान्सफर भएको र एप्पल आइक्लाउडमा पनि अपलोड भएको बताइयो ।

पत्रिकाका अनुसार उनको आइफोन दूतावास बाहिर उनलाई प्रतिक्षा गरिरहेकी उनकी भावी श्रीमती हातिजा चंगेजसँग थियो ।

रिपोर्टका अनुसार खाशोज्जीमाथि हमला गर्नेले उनको वाचलाई देखे र त्यसलाई खोल्नका लागि पासकोड हाल्ने कोसिस गरे । पछि उनले खाशोज्जीको नै फिंगरप्रिन्टमार्फत एप्पल वाचलाई अनलक गरे । उनीहरुले तीमध्ये केही फाइल डिलिट गरे तर सबै फाइल उडाउन सकेनन् ।

के एप्पल वाचमा रेकर्डिङ सम्भव छ ?

यो पूरा जानकारीमाथि विश्वास गर्नुअघि एप्पल वाचबारे थप जानकारी जुटाउने कोसिस गरौं ।एप्पलले बनाएको वाचले कम्पनीको टच–आइडी सिस्टमलाई सपोर्ट गर्दैन त्यसकारण यसलाई फिंगरप्रिन्टमार्फत अनलक गर्न असम्भव छ । यद्यपी, आइफोनमार्फत फिंगरप्रिन्टको प्रयोग गरेर एप्पल वाचलाई अनलक भने गर्न सकिन्छ । तर यो घटनामा दोस्रो विकल्प सम्भव थिएन किनभने आइफोन त दूतावास बाहिर थियो ।

यो जानकारीले मलाई खाशोज्जीको हत्याको घटना आईवाचमा रेकर्ड भएको थियो भन्ने रिपोर्टलाई झुटो मान्न बाध्य बनाएको छ । तर यहाँ रेकर्डिङको सम्भावनाबारे कुरा गरौं ।

यो डिभाइसमा अडियो रेकर्ड गर्ने सुविधा दिएकै छैन । तर यस्ता विभिन्न थर्ड पार्टी एप छन् जसमार्फत यस्तो गर्न सम्भव छ ।

पत्रकार खाशोज्जीले दूतावास जानुअघि एप चलाएर रकेर्डिङ अन गरेको हुनसक्छ ।

तर यो अडियो उनको आइफोनसम्म पुग्नका लागि उनले दूतावासभित्र रहेका अधिकारीको निगरानीबाट बचेर स्टप बटन दबाउनु पर्छ । र सबैभन्दा ठूलो कुरा त दूतावास बाहिर भएको आइफोनसँग कनेक्ट हुनका लागि उनको वाचलाई ब्लूटूथको आवश्यकता पर्छ ।

एप्पल वाच थ्री र इन्टरनेट कनेक्शनः

ब्लूटूथले पनि एक सिमित सीमाभित्रमात्र काम गर्छ । यसबारे अनुसन्धान गर्नका लागि मैले आफ्नो आइफोनमाथि एक परिक्षण गरें । मैले आफ्नो लिभिङ रुममा आफ्नो आइफोनमा एउटा पोडकास्ट चलाएँ र ब्लूटूथ इयरप्लगमार्फत त्यसलाई सुन्दै लिभिङ रुमबाहिर जान थालें ।

जब म आफ्नो सानो घरको पल्लो किनारासम्म पुगें तब अडियो सुन्न बन्द भइसकेको थियो । र इस्तान्बुलमा दूतावासको विभिन्न पर्खाल चिर्दै ब्लूटूथ सिग्नल राम्रोसँग निस्किएर आइफोनसम्म पुग्नु भनेको सम्भव कुरा होइन । हो, यदी खाशोेज्जीकी भावी श्रीमती दूतावासको निकै नजिक बसेकी थिइन् भने त्यो सम्भव थियो ।

यद्यपी, वाचमा रेकर्डिङ गर्न सकिने कुराको समर्थन गर्नेलाई मान्ने हो भने उनका अनुसार जमाल खाशोज्जीसँग एप्पल वाच थ्री थियो जुन सिधा सेलुलर कनेक्शनमार्फत आइक्लाउडसँग कनेक्ट हुनसक्छ ।

र यो साँचो पनि हो कि एक टेलिभिजन कार्यक्रममा जब खाशोज्जी देखिएका थिए तब उनको हातमा एप्पल वाच थ्री थियो जसको रातो बटन स्पष्ट देखिएको थियो ।

उनले यो डिभाइसका लागि भिन्न कनेक्शन अमेरिकाबाट लिएको पनि हुनसक्छ । जहाँ उनी बस्थे । तर यसमा पनि एउटा समस्या छ ।

सेलुलर कनेक्शन भएको एप्पल वाच रोमिङमा काम गर्दैन । यसको अर्थ यो हो कि टर्की आएपछि खाशोज्जीको वाच डेटाका लागि आइफोनसँग नै कनेक्ट हुनेछ ।

साथै, खाशोज्जीले आफ्नो आइफोनको सिम निकालेर एक स्थानीय नम्बर लिएका पनि हुनसक्छन् ।

आजभन्दा एक वर्षअघि एप्पल सपोर्टले टर्कीमा एक स्ट्यान्डअलोन डिभाइसको रुपमा (आफ्नै डेटा कनेक्शनमा) एप्पल वाचको उपायोगिताबारे एक प्रश्नको जवाफ दिएको थियो ।

‘एप्पल वाच थ्री (जिपिएस+सेलुलर डेटा) को तीन भिन्न भिन्न क्षेत्रीय संस्करण हो । र यो एलटीई र यूएमटीएस ब्यान्ड टेकनिकमा काम गर्छ । जस्तो यहाँ बताइएको छ, अहिलेका लागि टर्कीमा यसको कुनै पनि सेलुलर नेटवर्क सपोर्ट गर्दैन ।’

र यो स्थितीमा परिवर्तन भएको जस्तो मलाई लाग्दैन । यसको अर्थ यो हो कि तपाईं इस्तान्बुलमा सिधा इन्टरनेटबाट कनेक्ट गर्नका लागि एप्पल वाचको प्रयोग गर्न सक्नुहुन्न । तपाईं यस्तो त्यतिबेला गर्न सक्नुहुन्छ जब तपाईं यसलाई आइफोनमा कनेक्ट गर्नुहुन्छ ।

के टर्की सुरक्षा सेवाले जमालको एप्पल वाचलाई ह्याक गरेर यसलाई एक रिमोट रेकर्डिङ डिभाइसमा परिवर्तन गरेको थियो वा साउदी अरबको दूतावास जानुअघि खशोज्जीलाई ह्याक गरिएको वाच दिएको थियो भन्नेबारे अहिलेसम्म कुनै जानकारी उपलब्ध छैन ।

यद्यपी, एप्पल वाचको कहानी उत्सुकता जगाउने एउटा कथा मात्र जस्तो लाग्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution