हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गिरिजाप्रसादले मलाई निधारमा म्वाइ खानुभयो, कृष्णप्रसादले कम्मरमा चिमोट्नुभयोः शारदा शर्मा

२०६३ सालमा जब ‘अग्निस्पर्श’ निबन्धसंग्रह प्रकाशित भयो, शारदा शर्माको लेखनीको चर्चा निकै बढ्यो । त्यसअघि उनका कविता संग्रह प्रकाशित थिए । तर, चर्चाको हिसाबमा कवितामा भन्दा शर्माले निबन्धबाट निकैको ध्यान तानिन् ।

त्यही भएर पनि हुनसक्छ, त्यसपछि उनका कविता संग्रहका रुपमा आएनन्, बरु संस्मरणात्मक निबन्धहरुले स्थान पाउँदै गए । त्यसैको उदाहरण हो– ‘भुइँफूलको देश’ जुन २०६८ सालमा प्रकाशन भयो ।

‘भुइँफूलको देश’पछि शर्मा आख्यानतिर लागिन् । ‘ताप’ र ‘कम्प’ दुई आख्यानले शर्माको लेखनीको चर्चालाई थप बलियो बनाइदिए ।

२०७२ सालमा ‘अर्को भुइँफूल’ प्रकाशनपछि गैर–आख्यानमा केही दिनअघिमात्र शर्माको संस्मरण ‘त्यो समय’ बजारमा आएको छ ।

शारदा शर्माका दुवै परिचय स्थापित छन् । पहिलो त उनी लेखक हुँदै हुन्, अर्को उनी कांग्रेस नेता नरहरि आचार्यपत्नी पनि हुन् ।

पूर्णरुपमा लेखक हुनुभन्दा पहिले चाहिँ शर्मा नेपाल परिवार नियोजन संघ र दिल्लीस्थित इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन (आइपिपिएफ)को जागीरमा थिइन् । शर्माको पुस्तक ‘त्यो समय’ यही समयको सेरोफेरोमा छ । जब शर्मा जागीरमा थिइन्, नरहरि आचार्य राजनीतिमा होमिएका थिए । उनी कांग्रेसका प्रभावशाली नेता भइसकेका थिए ।

त्यसैले स्वभाविक थियो, शारदा शर्माको कांग्रेस नेताहरुसँगको चिनजान र समयसमयमा सम्पर्क हुनु ।

कांग्रेसका नेताहरुसँग बारम्बार भेट भएका विषयमा पनि शर्माले पुस्तकमा लेखेकी छिन् । शर्मासँग बारम्बार भेट भएका कांग्रेस नेतामध्ये एक हुन्, गिरिजाप्रसाद कोइराला ।

राजनीतिक सन्दर्भमा होस् या पारिवारिक वा अन्य स्वास्थ्यसँग सम्बन्धित सन्दर्भमा निक नहोस्, शारदा शर्माले गिरिजाप्रसाद कोइरालाका सन्दर्भ समयसमयमा निकालेकी छिन् ।

कांग्रेस महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा नरहरि आचार्यले उम्मेदवारी दिँदा होस् या स्वास्थ्य उपचारका लागि गिरिजा दिल्ली पुग्दाका प्रसंग किन नहुन्, शारदाले गिरिजासँगको भेटका विषयमा पुस्तकमा बढो सचेततापूर्वक लेखेकी छिन् ।

तर, शारदाको लेखनीले अर्को एउटा पक्ष चाहिँ उजागर गरिदिन्छ ।

पुस्तकको ‘दिल्लीमा गिरिजाप्रसाद’ च्याप्टरमा शारदाले लेखेकी छिन्–

१४ तारिख, अपराह्न चार बजे म गिरिजाप्रसादलाई भेट्न होटेल साङ्ग्रिला पुगेँ । तलैबाट डा. शेखरलाई फोन गरेँ । उनी लबीमै रहेछन्, भित्र गयौँ हामी । दिउसो एम्समा गएर स्वास्थ्य जाँच गरेको रहेछ गिरिजाप्रसादको, केही समय पहिला मात्रै होटल आइपुगेका रहेछन् उनीहरु पनि । एक छिनको सामन्य भलाकुसारीपछि गिरिजाप्रसादले त्यहीँ बसिरहेका शेखरलाई, ‘ए तँ जा एक छिन बाहिर’ भन्नुभयो ।

उनी तुरुन्तै कोठाबाट निस्के र ढोका लगाइदिए । म गिरिजाप्रसादको त्यो तरिका देखेर अचम्म मानिरहेथेँ । शेखर निस्केपछि गिरिजाप्रसादले मलाई आफ्नो नजिक बस्न भन्नुभयो, एउटा हात मेरो काँधमा राखेर अँगालो मार्नुभयो, निहुरेर निधारमा म्वाई खानुभयो ।

….. मेरो हात, कपाल सुम्सुमाइरहनुभएको थियो बिस्तारै । उहाँको यो व्यवहार अप्ठेरो लागिरहेको थियो मलाई ।………

योमात्र होइन, शारदाले पुस्तकमा गिरिजाप्रसादले आफूलाई नजिक बस्न भनेको, हातले ‘पिठ्युँमा बिस्तारै थपथपाएको..’, आफू पुगेपछि ‘कोठाका अरुलाई बाहिर जा’ भनेको प्रसङ्ग अरु पनि लेखेकी छिन् । पुस्तकको पेज नम्बर १ सय ५२ र १ सय ५३ मा पनि यो प्रसङ्ग आएको छ ।

गिरिजाप्रसादकै विषयमा शारदाले लेखेकी पनि छिन्– मेरो हजुरबाको उमेरको व्यक्ति, पितृवत् स्नेह आदि पनि । ती भेटमा नरहरि आचार्यको राजनीतिको विषयमा चर्चा हुने गरेको पनि शर्माले लेखेकी छिन् ।

गिरिजाप्रसाद कोइरालासँगैको प्रसङ्ग लेख्दा शारदाले नेपाली कांग्रेसका अर्का ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईसँगको प्रसंग पनि जोडेकी छिन् । यो उनी मन्त्रीपत्नीको हैसियतमा कुनै कार्यक्रममा सोल्टी होटलमा पुग्दाको प्रसंग रहेछ । उनले पुस्तकमा लेखेकी छिन्–

सोल्टी होटलको पार्टीमा कृष्णप्रसाद भट्टराईको छेउमा सोफामा बसिरहेको बेला भट्टराईजीले मलाई अँगालो हालेर पछाडिबाट कम्मरको मासु बेस्सरी चिमोटेर भन्नुभएको थियो–

ए कैलेकाहीं त हामीलाई पनि यसो मौका दिनुस् न…

आश्चर्यले छोपेको थियो मलाई । म उहाँबाट यस्तो व्यवहार कल्पना पनि गर्न सक्तिनथेँ ।

भट्टराईले त्यति बेला ड्रिङ्क गरेको र उनी विनोदी भएको सबैलाई थाहा नै भएको तर्कलाई अगाडि सारेकी छिन् शर्माले पुस्तकमा ।

यो त्यही समय हो, जतिबेला महिला अधिकारको क्षेत्रमा काम गर्थिन् शर्मा । त्यसका केही वर्षपछि शर्मा आफैं विभिन्न महिला हिंसा विरुद्धका गोष्ठीमा सहभागि हुन ढाका, काठमाडौं, दिल्ली, भुटानलगायतका ठाउँमा पुगेका प्रसङ्ग पनि आएका छन् ।

ती गोष्ठीहरु थिए, शर्मा सहभागि भएका । र, संस्मरणमा आएका छन्, उनका नीजि अनुभवहरु ।

आखिर त्यो सब समयको कुरा न हो !






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution