हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित

काठमाडौं– गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ए (नआरएनए) का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे । आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ ।

सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ए(नआरएनए) का महासचिव डा.बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउँछन् । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ ।

एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरुले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याउँछन् । ‘यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ,’ उनले भने ।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याएका छन् । मेडीसिटी अस्पतालमा डा.उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा छन् ।

एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउँछन् । दिवसको अवसरमा गैरआवासी नेपालीले आज स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । आजै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो | रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution