हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काठमाडौं–७ बाट उठे वामदेव पराजित हुने रिपोर्ट पुग्यो बालुवाटार, झस्किए प्रचण्ड

काठमाडौं : बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रभावशाली नेता वामदेव गौतम काठमाडौं–७ बाट पनि पराजित हुने रिपोर्ट पार्टीका दुबै अध्यक्षसामु पुगेको छ।

तत्कालिन नेकपा एमालेको जिल्ला संगठनले यस्तो रिपोर्ट पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पुर्‍याएको हो।बुधवार बालुवाटारमा पुगेर ने क पाका काठमाडौं जिल्लाका नेताहरुले यस्तो रिपोर्ट बुझाएपछि गौतमको संसद प्रवेशको चाहनामा थप चुनौती थपिएको छ।

यसरी रिपोर्ट पेस गर्नेमा काठमाडौं ७ को प्रदेशसभाका दुई सांसदसमेत रहेका छन्। उनीहरुले बालुवाटारमै पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सांसद रामवीर मानन्धरको राजीनामा पार्टी संगठनलाई क्षति पुर्उने भन्दै यस्तो निर्णय नगर्न आग्रह गरेको ने क पाका एक सदस्यले पहिलो पोस्टलाई जानकारी दिए।

उनीहरुले बुधवार नै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर सोही रिपोर्ट पेस गरेका थिए। त्यसपछि प्रचण्डले बुधवार नै आयोजित एक कार्यक्रममा वामदेव हार्ने गरी काठमाडौं–७ मा चुनाव नगराउने बताएका थिए।

ने क पाका तर्फबाट काठमाडौं ७ बाट प्रदेशसभा निर्वाचित सांसदहरुल बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन्।

‘उहाँहरुले मानन्धर कामरेडको निर्णयले पार्टीलाई घाटा पुग्ने भन्दै राजीनामाको निर्णय नगर्न सुझाव दिनुभएको छ,’ ने क पाका एक केन्द्रीय सदस्यले भने, ‘सरकारको काम कारवाही प्रति असन्तुष्टि बढिरहेको अवस्थामा उहाँले छाडेर वामदेव उठे पार्टीले एउटा सांसद गुमाउने र पार्टीकै लागि आत्मघाती हुने बताउनु भएको छ।’

यसअघि बुधवार तत्कालिन ने क पा एमालेका सचिवालय सदस्यहरुको भेलालेसमेत मानन्धरको राजीनामाले पार्टीलाई घाटा पुग्ने निष्कर्ष निकालेको थियो। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति काठमाडौंका मतदाता रुष्ट भएको, वामदेव आफै जनताबाट अस्वीकृत भएको लगायतका कारणसहित उनी पराजित हुने निष्कर्षसमेत निकालेको थियो।

सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए। गत सोमवार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए।

उनको राजीनामाको विषयमा बुधवार बस्ने भनिएको सचिवालयको बैठकमा निर्णय लिइने बताइएको थियो। तर बुधवार डाकिएको बैठक रोकिएको थियो।

मंगलवार मानन्धरले पत्रकार सम्मेलन गरी पार्टी सचिवालयले निर्णय गरेपछि सभामुखलाई राजीनामा बुझाउने घोषणा गरेका थिए। उनले काठमाडौं ७ बाट वामदेवलाई जिताएरै पठाउने दावीसमेत गरेका थिए। पहिलोपोस्टबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution