हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

थारु पत्रकार संघ नेपालको सातौं साधारण सभा तथा राष्ट्रिय भेला दाङ गर्ने

काठमाडौं := थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्य समितीको सातौं साधारण सभा एवंम राष्ट्रिय भेला भब्य आयोजना हुने भएको छ। १७ वटा जिल्लामा आफ्नो शाखा बिस्तार गरिसकेको थापसको साधारण सभा एवंम राष्ट्रिय भेला यहीँ असोज २६,२७ र २८ गते दाङ जिल्लाको घोराहीमा अवस्थित भिंग्रेली रिसोर्टको प्राङ्गणमा आयोजना गर्ने थापस केन्द्रिय कार्यसमितीको बसेको बैठकले निर्णय गरेको संघको महासचिव किशोर चौधरी शरिखाले जानकारी दिनु भयो।

उक्त साधारण सभा एवम् राष्ट्रिय भेलामा प्रत्येक जिल्ला शाखाबाट ४ जना प्रतिनिधि र १ जना पर्यवेक्षक सहित ५ जना उपस्थित हुन सक्ने छ्न भने असोज २६ गते बेलुका सम्म सम्पुर्ण थारु पत्रकारहरु दाङ पुगि सक्नु पर्नेछ।

साथै सोही भेलामा चार जना उत्कृष्ट थारु पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कारहरु क्रमशः रु. ११,१११ राशी बराबरको सतौन स्मृति रास्ट्रीय थारु पत्रकारीता पुरस्कार , रु. १२,१५१ रुपैयाँ राशी बराबरको सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारीता पुरस्कार त्यसैगरी
रु. १०,१११ राशी बराबरको ओएसिस राष्ट्रिय थारु
पत्रकारीता पुरस्कार र रु. ५,५५५ रुपैयाँ राशी बराबरको जोखन रत्गैया राष्ट्रिय थारु पत्रकारीता पुरस्कारबाट थारु पत्रकारहरुलाई पुरस्कृत गर्ने र कुनै एक जिल्ला शाखालाई बर्षको उत्कृष्ट जिल्लाशाखाको रुपमा सम्मान गर्ने निर्णय भएको महासचिव चौधरीले बताउनु भयो।

प्रदेश नम्बर ५ भित्र पर्ने जिल्ला शाखाहरुको संयोजकत्व तथा दाङ जिल्ला शाखाको सक्रियतामा आयोजना हुन लागेको सो साधारण सभा एवम् राष्ट्रिय भेलामा थारु संस्कृति झल्किने नाचगानको साथसाथै थारु खाना परिकारको ब्यवस्था समेत गरिएको छ |

-आर एन चौधरी थारु






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution