तामाङ समाज कतारले २८५५ सोनाम ल्होछार आउँदो फेब्रुअरी ८ तारिखमा मनाउने
याम्बु – नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछार २८५५ फक ल्हो आउँदो सन् २०१९ फेब्रुअरी ८ तारिख (शुब्राबर) मनाउने निर्णय गरेको छ | प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन समेत गरी सकेको छ।
मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।