हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लुम्बिनीमा पहिलोपटक ‘त्रिपिटक’ वाचनको तयारी

नेपालमै पहिलोपटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो ।

आगामी कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ ।

महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताए । ‘बुद्ध जन्मिएको स्थल भए पनि लुम्बिनीमा एक पटक पनि यो कार्यक्रम नहुुनु विडम्बना हो’, उनले भने, ‘यो कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्नेछ ।’

राजकीय थाई बौद्ध मन्दिरको सहयोगमा महासङ्घले आयोजना गर्ने उक्त कार्यक्रममा १८ देशका लगभग ५०० भिक्षु, लामा, आनी, उपासक तथा उपासिकाकोे उपस्थिति रहने उनले बताए । लुम्बिनी विकास कोषलगायत लुम्बिनीका विभिन्न विहारको सहकार्य हुने उक्त कार्यक्रमका लागि करिव रु ३५ लाखे खर्च लाग्ने अनुमान महासङ्घको छ ।

कार्यक्रमलाई सफल बनाई अन्तर्राष्ट्रियजगत्मा समेत नेपालको छवि उँचो राख्ने प्रयत्न महासङ्घले गरेको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले त्रिपिटक वाचन कार्यक्रमले विश्व समुदायमा लुम्बिनीको राम्रो सन्देश जाने भएकाले कार्यक्रम सफल बनाउनु आफूहरूको दायित्व भएको बताए । बुद्धको जन्मस्थल भएका कारण यस्ता धार्मिक क्रियाकलापलाई बढाउनुपर्छ उनले भने ।

महासङ्घका अनुसार पहिलो दिनको त्रिपिटक वाचन थाई भिक्षुको नेतृत्वमा दोस्रो दिनको वाचन महायानी अथवा हिमाली लामा भिक्षुको नेतृत्वमा तेस्रो दिनको वाचन वाचन थाई भन्तेको नेतृत्वमा हुनेछ । तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासङ्घले जनाएको छ ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । भगवान् बुद्धको उपदेश सङ्ग्रहित पालि भाषामा लेखिएको यो ग्रन्थ विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान्ले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ ।

रासस

२१ असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution