हेडलाईन

डोजर मालिकको प्रश्न– कोदालोले खनेर समृद्धि आउँछ ?         आज ऋद्धिप्रातिहार्य महोत्सव (छयोठुल दुछेन)         पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न        

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ-विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले बौद्ध दर्शन लिई स्नात्तकोत्तर तह उत्तीर्ण गर्न सफल भएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल परम्परागत बौद्धधर्म सङ्घ तथा त्रिरत्नकोषको संयुक्त तत्वावधानमा शनिबार आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका प्रथम उपकुलपति डा तुल्सीराम वैद्यले नेतृत्व गर्दा शून्यबाट शुरु भएको सो विश्वविद्यालय हालसम्म आउँदा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

डा बज्राचार्यले विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना, मानव संशाधन गुरुयोजना, भौतिक पूर्वाधार गुरुयोजना तथा वित्तीय गुरुयोजना तर्जुमा गरी लागू गरेको जानकारी दिनुभयो । विगतमा थेरावाद बौद्धधर्म, महायान बुद्धधर्म, एप्लाइड बुद्धधर्म, बुद्धिजम एण्ड हिमालयन स्टडीज तथा बुद्धिजम एण्ड पिस स्टडिजमा सीमित सो विश्वविद्यालयको पढाइमा थप नौ विषय थप गरी कूल १४ विषयमा पढाइ भइरहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा कमलकृष्ण जोशीले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाकालमा पूर्वाधार शून्य रहेको र बजेट पनि नभएको बताउँदै आफू त्रिवि विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष रहेको बेला पहिलो पटक रु एक करोडको बजेट निकासा गरेको स्मरण गर्नुभयो ।

लुम्बिनीमा जन्मेका भगवान् गौतम बुद्धको शान्तिको सन्देश विश्वमा पु¥याउने तथा गौतमबुद्धको बौद्धग्रन्थहरू अध्ययन अध्यापनलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरकै एक उत्कृष्ट बौद्ध अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने परिकल्पना गरिएको छ ।

विश्वविद्यालय प्रारम्भमा पाँच शिक्षण सहायक र एक उपप्राध्यापकको दरबन्दीबाट शुरु भएको हो । विश्वका विभिन्न ५२ विश्वविद्यालय तथा बौद्ध संस्थाको अध्ययन गरी लुम्बिनी बौद्ध विश्वविद्यालयले गुरुयोजना तर्जुमा गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले भृकुटीमण्डपको सानो कोठाबाट शुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धधर्मको अध्ययनकर्ताका लागि खुला पाठशालाको रूपमा विकास भएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपाल परम्परागत बौद्धधर्म सङ्घका उपाध्यक्ष मन्जुश्री रत्न बज्राचार्यले बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापनापछि बौद्धग्रन्थ अध्ययन गर्ने जिज्ञासुलाई ज्ञानप्राप्त गर्ने अवसर मिलेको बताउनुभयो ।

असोज २१, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution