तामाङ चलचित्र संघको अध्यक्षमा बिकु थोकर तामाङ निर्वाचित
तामाङअनलाइन , याम्बु – तामाङ चलचित्र संघको दशौ वार्षिकोत्सव तथा पाचौ महाधिवेशन चलचित्र बिकास बोर्ड (चाबहिल गोपी कृष्ण हलको पछाडि) काठमान्डौमा सम्पन्न भएको छ |
पाचौ महाधिवेशनबाट बिकु थोकर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ | जसअनुसार अध्यक्ष : बिकु थोकर तामाङ , उपाध्यक्षहरु : कुमार मोक्तान तामाङ , निर्मल स्याङतान तामाङ,भुइसल लामा तामाङ , दिपक लामा तामाङ, महासचिव : जयन कुमार मोक्तान तामाङ , सचिव : रोशन फ्युवा तामाङ,कोषाध्यक्ष : निशा तामाङ ,सह-कोषाध्यक्ष : सुनिता लुङ्बा तामाङ रहेका छन् |
यसैगरी सदस्याहरुमा गोपीलाल तामाङ,निमा लामा तामाङ , अनिता गोले तामाङ ,शुस्मा मोक्तान तामाङ,पुसन लामा तामाङ ,बिनायक तामाङ,लक्ष्मी घ्याबा तामाङ , अजय स्याङतान तामाङ , रितु राज पाख्रिन तामाङ , संजय हुत्त तामाङ , युद्द लामा तामाङ , अमर लामा तामाङ र डि बि दोङ तामाङ रहेका छन् |
असोज १६ , २०७५