हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

तामाङ राष्ट्र (जाति) को संघिय ताम्सालीङ केन्द्रीय तामाङराज्य: एक लघु-अध्ययन

– अजितमान तामाङ

ऐतिहासिक पृष्ठभूमिः

तामाङ जाति बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिहरू मध्ये ठूलो जनसंख्या भएको जाति तामाङ हो। तामाङ जाति नेपालको सबै भन्दा पुरानो आदिवासी जनजाति मध्ये एक हो । मुख्यतया नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरूलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो(स्यालु) भन्नाले तामाङ जातिलाई बुझाउँछ। अनि आफ्नै घर बुना स्यामा(लुँगी जस्तो फरिया), ग्या(गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी(लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का(चित्रकला), मकुन्डो खोप्ने(मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो। नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखीसम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण जाति हौं। तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए तापनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक जातिलाई बुझाउँछ ।

अजितमान तामाङ

काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय(टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु(काठमाण्डौ) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखी आफ्नो राल्डी(खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाएद्द भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड यस्तो छ। सन १९७८ मा नेपाल रसिया सांस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्व विद्यालयका प्राग-ऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष)का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा.सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ)हुँदै याम्बु(काठमाण्डौ)उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए। पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड जाति तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिएघ। एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ जाति मंगोल जातिसँगमिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ)ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जन-आख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ। त्यसैगरी आफूलाई ज्याम्पालयाङ(महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ जाति जसको आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु(सैंजु), सँय् आदि उल्लेखित तामाङ जातिसँगसम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छवि काल देखी मध्य काल सम्म कै पाइन्छ। उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा विद्वान् मानव तथा समाज शास्त्री स्व.जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नु भएको छ। जसको धर्म, भाषा, संस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल-मूलका सँग हुबहु मिल्छ। यही ऐतिहासिक तथ्यले तामाङ जाति नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ।

त्यति मात्र होइन, तामाङ जातिको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ जाति पुरानो हो भन्ने प्रमाणित गर्छ किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखी रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छट। यो प्राचीन चिनियाँ तत्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ। अझ यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिक काल देखी नै थियो भन्ने पुष्टि गर्दछ। नेपालमा यो चिनियाँ खगोल शास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार)तामाङ जतिले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो। नेपालको यो तत्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भए तापनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखी अर्थात् चिनको सिया राज्यकालमाठ (२१००-१६०० ई. पू.) प्रचलनमा आएको हो र तत्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रुपमा चलिरहेको छ। त्यसकारण तामाङ जातिको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन यो उत्सव तामाङ जाति र ताम्सालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ।

यसको साथै संसार मै चलिरहेको राष्टि्रय मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत आदिवासी जनजातिहरुको राष्टि्रय मुक्ति आन्दोलनले पनि पृथक रहन सकेन जसको फलस्वरुप तामाङ जातिको तामाङ राष्ट्रको राष्टि्रय मुक्ति आन्दोलन चलि रहेको छ। यो तामाङ जातिको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ जातिको अर्थात् राष्ट्रको छुट्टो संघिय ताम्साली गणराज्यको पहिचानलाई राजनीतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइ सकेको छ।

यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले ताम्सालीङ भित्र तीन प्राचिन संघिय तामाङ गणराज्यहरु रहेको तथ्य पुष्टि हुन आएको छ। तामाङ जातिको केन्द्रीय संघिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन। यस विषयमा अझ विस्तृत र व्यापक रुपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरु हुन जरुरी छ। तामाङ जाति वा राष्ट्रको प्राचीनता र संघियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु-अध्ययनमा थोरै प्रयास गरेको छु।

बोद संघियताको पर्याय नै महान एवं विशाल संघिय तामाङ जाति(राष्ट्र) र जातीयता(राष्ट्रीयता) होः

तामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतया नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव जाति वा समुदायलाई बुझाउन प्रयोग भइ आएको छ। तामाङ शब्दको प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो”। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका “से मोन शेरिब अधिराज्य”का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्तड उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र जाति (राष्ट्र)वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखी प्रयोग भएको तथ्यको उजागर भएको छ। किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ। त्यो कुरा यहाँ झल्किन्छ। तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र(जाति)लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो। भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ। यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य(सामय्) गोन्पा बन्नु पहिले बनेको भन्ने विश्वास गरिएको लोगेकर(लोग्यागार) गोन्पा छ। अनि यही क्षेत्रमा नेपालकै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ। तामाङ जातिको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ जातिको उदगमम स्थलको रुपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबैभन्दा पुरानो(३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको आदिवासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङ जातिको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ।
तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनितिरको उरवर प्रदेशलाई “स्याङस्युङ” युल भनिन्छढ। हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ। तामाङ वंशावलीमा तामाङ जातिको “स्याङबो” थरको “बाब्सा” उद्गम स्थल “स्याङस्युङ” हो अर्थात् “स्याङस्युङ युलरी स्याङबो बाब” तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाँ अझै आफूलाई तामाङ भनेर चिनाउनेहरु छन् वंशावलीमा “मुगु ग्याल्सारी मोक्तान बाब” अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णन गरिएको पाईन्छ।

यही क्षेत्र आसपास “स्याङस्हुङ युल्टी स्याङबो बाब”, “मुगु ग्याल्साटी मोक्तान बाब”, र “पुराङ च्यात्टी पाख्रीन बाब” (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ “बाब्सा” अर्थात् वासस्थान “पुराङ” होज्ञण्। मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँगनजोडिदा ताका पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम “पुराङ” नै भनेर भनिन्छ। पुराङ तामाङ वंशावली अनुसार तामाङ जातिको उद्गम स्थल हो। आजसम्म मुक्तिनाथ देखी मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो जातिलाई बुझाउन “तमङ” शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन्। त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिय्.त्र्दा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा “तमङ” भनेर चिनाउनु मै गर्व गर्नेहरू आज पनि जोमसोम, ठीनी लगायत गाउय्.त्र्हरुमा पाइन्छन् । त्यसो मात्र होइन आजका ताम्सालीङ भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युँका त्युँ यही थाकखोलामा मात्र ३ गाउले, १२ गाउँलेको रुपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरुको अवशेषको स्वरुप पाइन्छ।

त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भन्नुमा भन्दा बेसी तमु भन्नुमा गर्व गर्दछन् । हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरुको पाय्.त्र्च पुस्तासम्मका लखोटमा आफ्नो जातिगत वंशकारुपमा तामाङ लेख्न गरेको अभिलेख पाइन्छ। उनीहरुले पनि अजभोलि आफ्नो छुट्टो पहिचानको खोजिमा “लामा” भन्नुमा गौरव गर्न थालेका छन्। तापनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्वय्.-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ जाति जसलाई यहाय्.त्र्का सामन्ती शासकहरुले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेयभावले सम्बोधन गर्ने गरेको थियो आज पनि छ। यही कुरा हाम्रो आधारभूत राष्टि्रय पहिचानका आधार भएको छ। यहाँ सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरुको भाषा, संस्कृति र भेषभुषा एकरुपता र समता पाइन्छ।

हाम्रो प्राचीन पहिरन मुख्य रुपमा उनबाट बुनेको बनेको हुन्थ्यो। जसमा आजभोलीको भाषामा स्योल्दो(छ्युपा), वख्खु, आङदुङ, पाङदेन, कीटी आदि मुख्य मौलिक पहिरन सम्पूर्ण बोद(भोट) क्षेत्रमा भेटिन्छ। त्यो हुम्लाका हुम्ली या मुगुका मुगाली होस् अथवा मनाङका मनाङगे, रसुवा, सिन्धपाल्चोकका तामाङ, सोलुका स्यार्पा, संखुवासभाका सिङसा, ताप्लेजुङ ओलाङचुङ गोलाका तोप्गेगोला सबैको एउटै हो। त्यस्तै मुगुका कार्मारोङबाहरुको या हुम्ली तामाङको भाषा आज पनि नुवाकोट, रसुवा, धादिङका तामाङ जातीको विभिन्न परम्परागत सांस्कृतिक अवसरहरूमा नाच्ने स्याब्रु नृत्य शैली र गाउने “बोमसाङ” गीत अर्थात् लु को भाषासँगठ्याक्कै मिल्छ। कतिपय गीत त उस्तै पनि हुन्छ। यसो हुनाको मुख्य कारक तत्व बोद केन्द्रकृत संघियता नै हो। त्यसकारण हामीलाई बोद अर्थात् भोट जाति(राष्ट्र) र राष्ट्रियताका नेपाली भएकाले नै भोटको भोटे भनेर हेय् रुपको सम्बोधन मुख्य गरेर सामन्ती खस राष्ट्रवादीहरुले गर्ने गरेको हो ।

तसर्थ तामाङ, तमङ र तमु भनेको मनदेखिका भावनात्मक रूपमा गौरव पूर्ण मौलिक अभिव्यक्ति सहितको एउटै जाति वा राष्ट्रको पहिचान हो । १८औं शताब्दी अघिसम्म तामाङ भनेपछि हालको चिनिया तिब्बतको अधिनस्त क्षेत्र वाहेकका सबै बोद वा जडान हिमालयश्रृंखलामा बसोबास गर्नेहरु बोद अर्थात् भोट राष्ट्र वा जातिको नै हुन्। जब देखी भोट राष्ट्रको संघात्मक स्वराज्यहरू खसअधिनायकत्वको मुठ्ठीमा परे तब देखीका जडान हिमालयश्रृंखलाका सबै जाति वा राष्ट्रहरुलाई लामा, लामाभोटे भनि हेयको भावनाले सम्बोधन गर्ने गरेको हो। यसरी सम्बोधन गरेबाट बोद(भोट) भन्नुले छुट्टो गणराज्यका (भारती, अमेरीकी भने झै) हो भन्ने कुरोको पुष्टि हुन्छ। एकै चोटी बोद राष्ट्रवादको नामनिसान मेट्न कठीन भएकै कारण गोर्खा राज्यका उदय र अवसान पछि पनि तामाङ जातिलाई भोटे, लामा, लामा भोटे, घले, घले भोटे, आदि संज्ञा दिएर छुट्टो राष्ट्र र राष्टि्रयता व्यवहार गरेको छ। त्यसैले तामाङ जाति लार्के, मुस्ताङ, दोल्बो, मुगु लगायत माथिल्लो बोद(भोट)क्षेत्रका आदिम बासिन्दा हुन्।

तापनि आजका तामाङहरूले त्यस ताका आफूलाई “हामी बाह्र तामाङ” भन्नुमा नै बढी गर्व गर्ने गर्दथ्यो। तापनि आफ्नो संघिय गणराज्य जाति वा राष्ट्रकै रुपमा “बाह्र तामाङ” (३ गाउले, १२ गाउँले अर्थात् १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ) भन्ने संघियताको अवशेष अद्यावधि पाइन्छ । जहाँ प्राचीन गणतान्त्रिक संघात्मक समाजिक राजनीतिक व्यवस्था थियो। जसको प्राचीन अवशेष तामाङ जातिमा १२ तामाङको रूपमा (१२ तेमाल, १२ लच्याङ र १२ गोरस्याङ) छ।

हामी तामाङ नै होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासन कालमा पनि तत्कालीन ब्रिटिस सरकारका ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिलेदेखि नै तामाङ भनेर चिनिने कुरा “हामी बाह्र तामाङ” भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउँ भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए। उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स.सम्वत् १९८९ भाद्र ६ का दिन तामाङलाई “लामाभोटे” नभनि “तामाङ” नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भएको थियो ।

बहादुर जंगबीरले “हामी बाह्र तामाङलाई” भनी दाबी गर्नुले शासकहरूले “लामाभोटे” भनेर संबोधन गर्ने गरे तापनि आफू भित्र पहिलेदेखि नै जाति वाचक नाम “तामाङ” राष्ट्र र राष्ट्रीयताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ। तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ। तामाङ जातिको ता ले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने “माङ” शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत संघिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रीयताको पनि संकेत गर्दछ। यही बोद(भोट) जाति वा राष्ट्रको अर्को पर्याय विशाल, महान संघ र बृहत्तर जनसंख्या भएको राष्ट्र(जाति)को ऐतिहासिकता र महत्वलाई नबुझ्ने र जाना-जान तामाङ जातिको ऐतिहासिक तथा प्राचीनताको अस्तीत्व नस्विकार्ने र तामाङ जातिको महानतालाई होच्याउने नियतिले कोहीकोहीले तमकबाट तामाङ भए भन्ने संकोचित र कल्पित अर्थमा तामाङ शब्दलाई अर्थ्याउने गरेको पनि पाइन्छ।

तामाङ वंशावलीमा तिब्बतीलाई बुझाउन “बोद” वा “बोअी”, चीनलाई “ग्यामी” वा ग्यानाक, भारतलाई “ग्याकार”, पाकिस्तानलाई “सहोरलीङ, अुरगेनलीङ”, बर्मालाई “कामारलीङ”, लङ्कालाई “बेतालीङ” भनिन्छ। बरु खसभाषि सामन्तहरुले आधिपत्य कायम गरेपछिको गोर्खा राज्यको तथाकथित एकीकरणको नाममा औपनिवेशिक विस्तार, सांस्कृतिक दमन, उपेक्षा र हस्तक्षेप पछि स्थापित गरेको गोर्खाराज्यको गोर्खाभाषा उर्फ खसनेपाली भाषामा तिब्बत र तिब्बतीलाई बुझाउने “भोट” शब्दको निर्माण तामाङभाषाको तोर्बो, तोरबोद, तथा बोत(बोद) शब्दबाट भएको हो । अर्थात् भोट भन्ने शब्द तामाङ भाषाको माथिल्लो क्षेत्र बुझाउने ‘तोर’ र बस्ने यउ बासिन्दा बुझाउने ‘बोद’ वा ‘बोत’ शब्दबाट व्युत्पत्ति भएर बनेको हो । त्यसैले तामाङहरू आजका चीनिया तिब्बती भूमिका तिब्बती होइन । तिब्बतीलाई बुझाउन तामाङ भाषामा बोद, बोअी तथा बोदकी म्ही वा बोअीम्ही र बोत्पा वा बोअीपा आदि शब्दहरुको प्रयोग गरिन्छ। यीनै तथ्यहरूले जुन बेला देखी उपरोक्त देश वा राज्यहरू अस्तित्वमा आए त्यतिखेर देखि नै तामाङहरूको स्वराज्य गणराज्य जनपदहरूको रूपमा “ताम्सालीङ” भूगोलमा थियो जसलाई खसहरुले एउटै मानव सभ्याताका वा नश्लका भएकै कारण हामीलाई उनीहरुले हालको चीनीया तिब्बतीको रुपमा व्यवहार गरेको पाइन्छ। जसले वास्तव मै हामी पहिले छुट्टो राष्ट्र र राष्ट्रियता बोकेको गणराज्यका बासिन्दा हौं भन्ने कुराको सोझै पुष्टि हुन्छ।

जबकी तिब्बतलाई बुझाउने तामाङ भाषाको शब्द ‘बोद’ लाई नै तिब्बतीहरु बोअी भनेर उच्चारण गर्दछन् भने तामाङ भाषामा ‘बोद’ नै उच्चारण गरिन्छ। यसले पनि तिब्बतीको तुलनामा तामाङ भाषा पुरानो भएको संकेत गर्दछ । अर्को कुरा तामाङभाषाको ‘तोर्पो बोद’ बाट ‘तोर्बोद’ अर्थात् माथिल्लो भोट अर्थमा प्रयोग हुने शब्दको उच्चारण तथा व्युत्पत्तिबाट ‘तोबात’, ‘तुबात’ हुँदै ‘तिबात’ बाट हालको ‘तिब्बत’ शब्दको निर्माण भएको पाइन्छ । आज पनि नेपालमा लार्के, माथ्लो मुस्ताङ, माथ्लो दोल्बु(तामाङ वंशावली अनुसार वर्णनमा उल्लेख स्याङस्युङ, मुगु ग्याल्सा, पुराङक आदि) क्षेत्रलाई माथ्लो भोट क्षेत्र भनेर स्थानियस्तरमा भनिन्छ। यसले के सिद्ध गर्दछ भने बोद(बोअी) वा तिब्बती बुझाउने शब्द यथार्थमा प्राचीन होस या आजको तामाङभाषामा आफ्नै एउटै भूक्षेत्रको तल्लो वा माथ्लो भुभाग भन्ने अर्थ बुझाउने शब्द भएकाले नेपालको भुगोल भित्रको तल्लो ‘मार्पा’, ‘रोङपा बोद’ या माथ्लो भोट ‘तोर्पा’ ‘तोयपा’ बोद’ (भोट) यो क्षेत्र नै प्राचीन ताम्सालीङ संघिय गणराज्यको भूभाग हो।

विशाल र ठूलो समुदायलाई जनाउने “तामाङ” शब्द स्वयंले तामाङ राष्ट्र(जाति)को महान तथा विशाल ऐतिहासिक भाषिक, सांस्कृतिक एकरुपतामा संघिय अनेकता र ऐतिहासिक जाति अर्थात् राष्ट्र र राष्ट्रीयताको रुपमा बुझाउने भएकाले बोद(भोट) प्राचीन संघिय जनपदीय संरचना भित्रको एक बृहत्तर गण तामाङ राष्ट्र(जाति) र जातीयता वा तामाङ राष्ट्र र राष्ट्रियता एउटै हो । जो आजको ताम्सालीङ भुगोलमा सिमित भएको छ।

ताम्सालीङ भूगोल र संघिय ताम्सालीङ गणराज्य:

ताम्सालीङ भन्नाले तामाङ जाति वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ। यहाँ राष्ट्र वा जाति बुझाउने “तामाङ” शब्द र “लीङ” अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टो भू-क्षेत्र वा प्रदेश वा महाद्विप र उपमहाद्विप वा महादेशलाई बुझाउन प्रयोग भइ आएको प्राचीन शब्द हो। यो तामाङ राष्ट्र वा जाति वाचक शब्द “तामाङ”, मातृभूमि बुझाउने शब्द “सा” र विशाल भूगोललाई जनाउने शब्द “लीङ” यी तीन तामाङभाषाका शब्दहरुका बीचमा भाषाविज्ञानका ध्वनी परिवर्तन सम्वन्धि सिद्धान्त अनुसार तथा सन्धिका सिद्धान्त अनुसार सन्धि भइ (तामाङंसांलीङ.ताम्सालीङ) ताम्सालीङ शब्द बनेको हो।

त्यस कारण तामाङ भाषामा ताम्बा मौखिक कथ्य परम्पराको इतिहाको वर्णनमा पनि प्राचीन जम्बुद्विपलाई जाम्बुलीङ, मध्येपूर्वलाई अुरगेनलीङ तथा सहोरलीङ, मंगोलीया आसपास भूक्षेत्रलाई समदेनलीङ आदि ‘लीङ’ प्रत्यय वा सर्ग जोडेर ठूलो भू-क्षेत्र वा भूगोललाई बुझाउने शब्दको रूपमा प्रयोग हुँदै आएको पाइन्छ । कसैकसैले ‘ताम्बासालीङ’ भनेर भनिय पनि “ताम्बा”(ताम पान्तीबा, ताम पाङबा-कथ्य बाट व्युत्पत्ति भइ बनेको शब्द हो ) शब्द तामाङ जातिको प्राचीन उदगम स्थल तथा वर्तमान ताम्सालीङकै सबै तामाङ भुभाग र समुदायमा परिचित र प्रचलनमा ;समान रूपमा छैन तर विशाल भूक्षेत्र बुझाउन तामाङ भाषामा ‘लीङ’ प्रत्ययको प्रयोग सबै तिरका तामाङ समुदायमा भएको पाइन्छ। त्यसकारण विशाल तामाङ भूगोल तथा प्राचीन संघिय तामाङ गणराज्यलाई बुझाउने शब्द “ताम्सालीङ” भाषावैज्ञानिक दृष्टीकोण र तामाङ जातिको प्राचीन मौलिक इतिहासको अध्ययनले पनि तामाङ जातिको ऐतिहासिक भुगोलको पहिचान बुझाउने शब्द हो भन्ने कुरामा कहीँ कतै त्रुटी छैन । तसर्थ तामाङ जातिको गौरव र ऐतिहासिक रूपमा प्रयोग भइ आएको छुट्टो भुगोल जहाँ सबैको साझा तामाङभाषा बोल्ने बिशाल जन समुदाय छ र उसको मौलिक आर्थिक तथा राजनीतिक ऐतिहासिक स्वरूप र संरचना छ त्यो नै ताम्सालीङ हो ।

हाल तामाङ जातिको केन्द्रकृत राज्यको बारेमा स्पष्ठ तथ्य फेला नपरे पनि हामी आदिवासी जनजातिहरुको सबैको छुट्टा छ्ट्टै संघिय गणराज्यहरुको ऐतिहासिक अवशेषका रुपमा भने अझै विभिन्न स्वरुपहरू भेटिन्छ । जसमा संयुक्त गाउँहरू( बाह्र तेमाल, बाह्र गोरस्याङ, बाह्र मगरात, दस लिम्बुवान) वा सभाहरु थुप्रै पाइन्छ। तराइका दनुवार, थारु लगायतको संघिय राजनीतिक संगठन “सौराठ” प्राचीन राष्ट्रीय वा जातीय संघिय सभा हो । यसको निरनतरता नै आजको “थरूहट” हो । त्यस्तै तामाङहरुको “बाह्र तामाङ”, लिम्बूको “दश लिम्बूवान”, मगरको “बाह्र तथा अठ्ठार मगरात”, मुस्ताङे थकालीको “बाह्र गाउँले” आदि नेपालका जाति जनजातिहरुको प्राचीन संघिय गणराज्यका ऐतिहासिक अवशेषहरु हुन ।

यही अवधारणाका आधारमा तामाङ जातिको बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि संघिय केन्द्रीय गणराज्यहरुका अवशेष नै हुन भन्न सकिन्छ। यी नै बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि प्राचीन गणराज्य नै आजका तामाङ राष्ट्र, राष्ट्रीयता(जाति र जातीयता)को भूभाग अर्थात ताम्सालीङ हो । नेपालमा आजको नयाँ परिवेसमा यहाँका तामाङ जातिले चाहेको स्वयत्त भूमि अर्थात् ताम्सालीङ स्वायत्त गणराज्य भनेकै यही “ताम्सालीङ” हो।

यहाँ ताम्सालीङ राज्य भन्नाले नेपाल भन्दा छुट्टो तामाङ मुलुक भन्न खोजेको होइन । बहुजातिय बहुराष्ट्रिय नेपाल मुलुकमा २४० वर्ष देखि सत्तासीन खस जातिको केन्द्रकृत एकात्मक एकभाषी, एकधर्मालम्बीको मात्र सर्वसत्तवाद हावी भएको राज्य संन्चालकको कारण हाम्रा जातिहरू(राष्ट्रहरू) उपेक्षा र उत्पीडनबाट मुक्त हुने क्रममा भर्खर बन्न लागेको गणतन्त्र नेपालको राज्य पुनरसंरचनाको सन्दर्भमा संघीय नयाँ नेपालको रूपमा राज्यपुनःसंरचनाको अपयिरहार्यता अर्थात् आवश्यकतालाई आत्मसाथ गर्दै नेपालको भुगोल भित्र ऐतिहासिक रुपमा आफ्नो एउटा छुट्टो पहिचान र गौरव बोकेको गणराज्यका अवशेष र विशेषताहरुको समग्र अस्तीत्वलाई जिनतीन बाचइ आएका तामाङ राष्ट्र(जाति)को भुगोल ताम्सालीङको कुरो मात्र गरिएको हो।

नयाँ नेपालको नेपाली राष्ट्र र राष्ट्रीयताको पहिचान भनेको क्षेत्री बाहुनको अर्थात् खस-जातिको मात्र खसराष्ट्र र खस-अहंकारी राष्ट्रवाद, खसभाषा र खस-संस्कृति मात्र नेपाल होइन नेपालका भूमी पुत्रहरू ताम्सालीङका तामाङ आदिवासी जनजाति लगायत नेपाल भुगोल भित्रको सम्पूर्ण राष्ट्रहरू(जातिहरू) र उनीहरूको मौलिक पहिचानहरू र मौलिक नेपाली राष्ट्रियताको पनि हो नेपाल मुलुक ।

तसर्थ तामाङ, गुरुङ, मगर, राइ, लिम्बू, नेवार, मैथिल, भोजपुरा, अवध, थारु, धिमाल, कोचे, मेचे, होलुङ, तोप्केगोला, सेर्पा आदि आदिवासी जनजातिको भाषा, धर्म, सस्कृति नेपाल कै नेपाली राष्ट्रीयता र पहिचान हो। तर नेपाल गणतन्त्र मुलुक घोषणा भएतापनि यहाँ खसराष्ट्रको (जातिको) भाषा, धर्म, संस्कृतिले वाहेक नेपालमा अरू राष्ट्र(जाति)ले समान व्यवहार प्राप्त भएको छैन । त्यस्तै मध्ये एक उपेक्षा र दमनमा परि राखेको तामाङ राष्ट्र र राष्ट्रियता नेपालमा छुट्टो मौलिक पहिचान बोकीराखेको अहिलेका अधिकांस राजनीतिक दलहरूको मानस पटलमा नकोरिएको वा जानाजान उपेक्षामा पारिएको बुझपचाएर मुलुकको विखण्डनको नाममा ब्राम्हणवादी चिन्तनले दबाउनु खोजेको एउटा मौलिक तामाङ जन समुदायको प्राचीन भुक्षेत्र ‘ताम्सालीङ’ हो जसलाई संघिय नेपालको एउटा गणराज्य बनाइनु पर्छ । अन्यथा ताम्सालीङ बिनाको संघिय नयाँ नेपाल, तामाङ लगायत राष्ट्रहरूले स्विकार्ने छैन ।

संघिय ताम्सालीङ गणराज्यका अवशेष तथा रुम्बा, अुअीबा(वाअीबा) र दोङ थरका तामाङ गणराज्य प्रमुख:

ताम्सालीङ भुगोल भित्र अझै प्राचीन तामाङ संघिय गणराज्यका थोरै अवशेषहरु रहेको कुरा माथि नै पुष्टि भइ सकेको छ। जुन कुरा तामाङ जातिको वंशावलीमा उल्लेख भएको पाइन्छ। तामाङको छुट्टो गणराज्यहरु नहुँदो हो त, तामाङ वंशावलीहरूमा तामाङ भाषामा छिमेकका गणराज्यहरूको नाम तथा तीनको वर्णनहरु, वृतान्तहरु पनि नहुनू पर्ने हो। आजभोलीससम्म दरबारका भग्नावशेष वाहेक थुप्रै गणराज्यहरु अर्थात् सय्.-साना कविला वा गाउँका संघनायक ग्याल्बो-ग्ले (राजा)हरूको नाम र वर्णन तामाङ जातिका विभिन्न थर(कविला-समूह)का उत्पत्ति तथा राजघरानाको वृतान्त पाइन्छ। गणराज्यको स्वरूप र कविलाइ गणराज्यका संघनायक राजाहरुको स्वभाव भने सामन्ती भुरेटाकुरे प्रकृतिका थियो भन्न सकिने आधार पाइन्छ।

यसको दसीको रूपमा मुस्ताङ भोटको जोङसोम लगायत धादिङ जिल्लाको सेमजोङ, सल्यानटारका याबेङ खोलाको नजिकका ग्ले(घले) संघ वा गणनायक राजाका दरवारका भग्नावशेषहरू, रसुवाका गोलजोङका संघ या गणनायक ग्ले(घले) राजाको दरबार र किल्लाहरूको भग्नावशेष, नुवाकोट ककनीका रुम्बा थरका गणनायक अर्थात् राजाको दरबार र तीनको भग्नावशेष, तेमाल काभ्रेका घणनायक रीन्जीन दोर्जे दोङको दरबार, रामेछापको ताल्ज्युका ग्हीसीङ राजा अर्थात् गणनायकका दरबारका भग्नावशेष आदि ताम्सालीङका तामाङ गणतन्त्रात्मक संघीय तथा स्वशउसित स्वराज्यहरूको अस्तीत्व र अवशेष हुन्।

प्राचीन ‘ताम्सालीङ’ क्षेत्र देखि वर्तमान ‘ताम्सालीङ’ क्षेत्रहरूमा बाह्र साना गाउँसदस्य रहने जनगण तथा गणराज्यहरूको जनप्रतिनिधि मूलक १२ तामाङको केन्द्रीय संघिय गणराज्य प्रणालीको अवशेषका रूपमा (१२ जनाको जनपद वा संघिय स्वरूप) जन समिती वा सभा वा परिषद वा संगठन पूर्वमा “१२ तेमाल”, मध्येमा “१२ लाच्याङ”, “मध्य पश्चिममा १२ गोरस्याङ” र पश्चिममा मुस्ताङ भोट क्षेत्रमा जोङसोम भेगमा “१२ गाउँले” (थकाली तमङहरूको १२ गाउँको प्रतिनिधि रहेको जन संगठन आज पनि छ) आदि अझैसम्म संघिय प्रणालीका गणराज्य व्यवस्थाको अवशेषका रूपमा रहेको पाइन्छ ।

यी मध्ये केन्द्रीय तामाङ गणराज्यहरुमा बाह्र गोर्स्याङ अर्न्तगत पश्चिम १ नम्बर त्रिशुली नदीबाट पश्चिम २ नम्बर सम्मका प्राचीन तामाङ कविला तथा वस्तीहरु पर्दछ र अुअीबा थरको दाकुर अुअीबा, तत्कालीन बाह्र गोर्स्याङ तामाङ गणराज्यका सबैभन्दा अन्तिम संघ वा गण नायक वा प्रमुख थिए । उनको गणराज्यको केन्द्र ‘सेमजोङ’ थियो । धादिङको एउटा गाविस सेमजोङको ‘डापसाङ जो(चो)मा आज पनि अुअीबा ग्ले दागुरको दरबारको भग्नावशेष हेर्न पाइन्छ । भने बाह्र लाच्याङ अर्न्तगत त्रिशुली नदी देखी पूर्व सिन्धुपाल्चोक, दोलखा छेउसम्म अर्थात् पूर्व १ नम्बरका उत्तरी भेग पर्दथ्यो । बाह्र लच्याङ गणराज्यको अन्तिम संघका गण नायक वा प्रमुखको रुपमा कारकानी (ककनी)का ग्याल्बो देउसिंबारु तामाङ जातिको रुम्बा थरका थिए । त्यसैगरी बाह्र तेमाल अर्न्तगत हालको काठमाण्डौको दक्षिण पूर्व ललितपुर, काभ्रे दाप्चा, तेमाल, कोशीको पारी हुँदै पूर्वको दुःधकोशी सम्मका गाउँ तथा कविलाहरु पर्दथ्यो सो गणराज्यको केन्द्र ‘तिमाल’ र त्यसको अन्तिम गण प्रमुख दोङ थरका रीन्जेनदोर्जे तामाङ थिए भन्ने कुरा तामाङ जातिको वंशावली तथा मौखिक इतिहासका अवशेषहरुको अध्ययनले देखाएको छ । यी क्षेत्रहरु नै प्राचीन समय देखि आजसम्म पनि तामाङ बाहुल्य क्षेत्र कै रुपमा रहेका छन्।

उपत्यकाको उत्तर पश्चिम कुनाको डाडो पछाडी ‘बाह्र लच्याङ’ गणराज्यको संघ वा गण नायक वा प्रमुख ग्याल्बो देउसिं बारुको जोङ (राजधानी) कारकानी (ककनी)मा थियो। उनको माइलो भाइ साङग्ये रुम्बा बौद्ध धर्मका सिद्ध लामा थिए ।

(खोजमुलक/पुर्न साभार)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution