हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता

 – राम तामाङ

तामाङहरु नेपालको पूरानो आदिबासी जातिहरुमध्ये एक हो । तामाङहरुको भाषा, धर्म, कला र संस्कृति प्रति तामाङहरुले गर्व गर्नुपर्ने थुप्रै पक्षहरु छन् र यहाँ सुधार गरिनु पर्ने केहि धार्मिक र साँस्कृतिक परम्पराहरुको बारेमा छोटकरीमा विवेचना गरिने छ।

एउटा खुल्ला समाजमा हरेक ब्यक्तिलाई आफनो जीवनमा कुनै धर्म मान्ने वा नमान्ने पूर्ण स्वतन्त्रता हुन्छ । आफु जन्मेको परिवारमा परम्परागत रुपमा मानिआएको धर्मलाईनै निरन्तरता दिन पनि सक्छन् वा अरुनै धर्मको अनुशरण गर्न पनि सक्छन् यी सबै व्यक्तिगत रोजाईका कुराहरु हुन र यो स्वतन्त्रतालाई समाजले मान्यता दिनु पर्दछ । यदि कुनै धर्मको अनुशरण गर्छन भने आफुले रोजेको धर्मको बारेमा जानेर, बुझेर उक्त धर्ममा प्रवेश गर्नु र सोही धर्मको नीति, नियम भित्र अडिक रहेर शुद्ध मन, वचन र कर्मले धर्मको अभ्यास गर्नु महत्वपूर्ण हुन्छ। कुनै धर्ममा आश्था राख्दछ भने त्यसमा विश्वास गर्नु पर्छ । आफनो धर्मले निषेध गरेको गतिविधिमा लाग्नु धर्म प्रतिको अनादर हो, धर्मले देखाएको बाटोको अनुशरण गर्नु र आफनो धर्म अनुशारको संस्कृतिको पालना गर्नु उस्को कर्तव्य र जिम्मेवारी पनि हो। धार्मिक बिषय मन संग जोडिएको हुनाले भावनामा शुद्धता, भक्ति र प्रष्ट उदेश्य हुनु अति आवश्यक छ। आफुले मानेको धर्मको नीति, नियमहरुको पालना गर्दा बोझ महशुस गरिएको हुनु हुँदैन, यदि त्यसो हुन्छ भने अभ्यासको जरुरत छ। मन भित्रै बाट अनुशरण नगरिएको अवस्थामा त्यस धर्मबाट कुनै लाभ लिन पनि सकिंदैन र लाभ पनि मिल्दैन ।

 तामाङ समुदायमा बौद्ध धर्मको अवश्थाबारे चर्चा गरौं

अधिकांश तामाङहरु आफूलाई बौद्धमार्गी भन्न रुचाउँछन र जन्मसिद्ध बुद्धिस्ट हौं भन्छन् तर आफनो संस्कार संस्कृति, जिवन शैली बौद्धधर्म दर्शन अनुरुप छ कि छैन त्यस विषयमा पनि गम्भीर भएर सोच्न जरुरी छ।

परम्परावादी तामाङ समाजमा बच्चा जन्मिदा लामा बोलाएर न्वारन गर्ने र मृत्यू हुंदा लामा द्वारा दाहसंस्कार र धेवा कर्म गर्ने बाहेक बिचको जिवनकालमा लामाको भूमिका न्यून देखिन्छ भने गाउं घरमा दु:ख बिमार पर्दा, विभिन्न पूजा आदिमा झाँक्रिको ठुलै भूमिका देखिन्छ त्यसैकारण “ सोमा बोन्बो सिमा लामा ” भन्ने भनाईको विकाश भएको हुनु पर्दछ । यहि स्थितिलाई बुझेरहोला तामाङ समुदायको प्रतिनिधित्व गर्ने संघ, संगठनहरुले झाँक्रिवादलाई तामाङ संस्कृतिको एक महत्वपूर्ण खम्बाको रुपम लिएको देखिन्छ ।

नेपाल तामाङ घेदुङको तीन वर्ष लामो खोज, छलफल तथा गोष्ठी पछि २०५८ मंसिर ९ र १० गते सम्पन्न दोश्रो राष्ट्रिय तामाङ संस्कार संस्कृति निर्देशिका भेला द्वारा सर्वसम्मतिले पारित तामाङ संस्कार – संस्कृति निर्देशिकाले भन्छ, “ तामाङ संस्कार र संस्कृति एक उच्च सम्रिद्ध र विशिष्ट संस्कृति हो। यो झाँक्रिवाद, लामावाद र ताम्बावादको समिश्रीत एवं सुन्दर रुपमा जीवित र क्रीयाशील छ। यो नै तामाङ जातिको पहिचान र अस्तित्व पनि हो ” । यस कुरालाई प्रथम अन्तराष्ट्रिय तामाङ सम्मेलन द्वारा पारित काठमाण्डौ घोषणा पत्रमा तामाङ बौद्धधर्म, बोन्बोवाद, र ताम्बावादको अपूर्व समिश्रण भएकोतामाङ संस्कार भनेर आत्मासात गरेको छ।

अव प्रश्न उठ्दछ: यदि ९०.२ % तामाङहरु प्राणीमात्रको दयागर्ने, अहिंसाबादी बुद्धधर्मको अनुयायीहरु हुन भने, प्राणीहरुको वलिचढाउने प्रथा बोकेर हिंडेको झाँक्रिवाद कसरी तामाङ् संस्कृतिको खम्बाको रुपमा अझै उभिरहेको छ र किन तामाङ सामाजलाई प्रगतिको बाटोमा अगाडि बढाउने कार्यमा लागेक हाम्रा अगुवा संगठनहरुले झाँक्रिवादलाई एक उच्च संस्कृतिको रुपमा लिंदै र त्यसमा गर्व गर्दै तामाङ जातिको पहिचान र अस्तित्व झाँक्रिवादसंग जोडिएको निष्कर्ष निकाल्दछ ?

यो स्थितीको सिर्जना हुनुमा निम्न कारणहरु हुन सक्दछन:

तामाङहरुले बुद्ध धर्मको बारेमा सहि ज्ञान प्राप्त गर्ने अवशर नपाउनु: तामाङ लामागुरुहरुले आध्यात्मिक चिन्तन, ध्यान, प्रवचन आदिमा भन्दा धार्मिक कर्मकाण्डहरुमा बढि जोड दिएको हुनाले तामाङहरुले बुद्ध धर्मको सहि शिक्षा र ज्ञान प्राप्त गर्न बाट बन्चित भए ।

तामाङ समाज गरिब र अशिक्षित भएको हुनाले गाउँ घरमा भूत, प्रेत, बोक्सी आदिमा बढि विश्वास गरे । तामाङहरु बसोबासगर्ने गाउँ घरमा अौषधि उपचारको लागि अस्पताल टाढा भएको हुनाले धामि, झाँक्री लाई बिश्वास गर्न वाध्य भए ।

नेपालमा हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा राजकीय सम्मान दिएको हुनाले ८१% जनता हिन्दु धर्मालम्बी भए र हिन्दु धर्मको वलीप्रथा लगायतका अन्य थुप्रै धार्मिक बिश्वासहरु झाँक्रिहरुको अभ्याससंग मिल्दो जुल्दो भएको हुनाले तामाङ समुदायमा हिन्दु धर्मको कारणले गर्दा पनि झाँक्रिवादले बलियो हुने र झन फस्टाउने मौका मिल्यो।

बुद्ध धर्मको बिषयमा ज्ञान भएका शिक्षित तामाङहरुपनि धर्म प्रति प्रतिबद्द भएनन र तामाङहरुको परम्परागत संस्कार संस्कृतिमा मादक पदार्थको अत्यधिक प्रयोग हुने भएको हुनाले उनीहरु पनि त्यसैमा रुमल्लिए।

बौद्ध धर्मालम्बी तामाङहरुले धर्म अनुशारको आचरण नगर्नु र धर्म अनुशारको संस्कृतिको बिकाश र प्रवर्दन नगर्नु।

तामाङ संध संस्थाहरुले समाजलाई परिवर्तन गर्नको लागी बलियो निर्णय गर्ने अांट नगर्नु र झाँक्रिवादलाई प्रोत्साहन गरिरहनु। माथि उल्लेखित तथ्यहरुबाट अनुमान गर्न सकिन्छ वर्तमान तामाङ समाजको धार्मिक र साँस्कृतिक अवश्था र यसबाट जन्मिएको मानसिक स्थिति र परिस्थितिहरु।

संभावित केहि इतिहांसिक कारणहरु:

तामाङहरुको लिखित इतिहांस नभएको हुनाले भरपर्दो तथ्यहरुको अभावमा हालसम्म तामाङहरुको प्राचिन इतिहांस बारे भएका लेखनहरु हात्ती छामेर वर्णन गरिएको जस्तो मात्र देखिन्छ । एउटा कुरा के अनुमान गर्न सकिन्छ भने तामाङहरुको उत्पति जहाँबाट भएको भएतापनि उनीहरुको पुर्खाहरु प्रकृतिका पूजारी थिए किन भने सबै भन्दा पूरानो धर्म नै त्यही हो । प्रकृतिको पूजा गर्ने प्राचिन बोन धर्ममा होस अथवा प्राचिन किरांत धर्ममा होस झाँक्रिवादको ठुलो मात्रमा प्रभाव रहेको कुरा इतिहासमा प्रस्टै छ। र तामाङहरुको प्राचीन इतिहांसबारे इतिहांसकारहरुको दुई मत रहेको देखिन्छ, प्राचिन कालमा तिब्बतबाट आएका वा हिमाली तथा पहाडि क्षेत्रका प्राचिन आदिवासि जाति ब्रिहत किरात जातिको एक समुह ।

नेपालका इतिहासविद बाबुराम आचार्यले लेखेको किताब “ नेपालको साँस्कृतिक परम्परा ” मा उल्लेख गरिएको छ कि “ आज भन्दा आठ दश हजार वर्ष जति पहिलाको कुराहो तिनताका हिमालय पर्वत स्रङ्गखलाको सक्षिणी पाखामा रहेको पाहाडी उपत्यका तथा समतल मैदानहरुमा विशिष्ट जनसमुदायको आवादी फैलिएर रहेको देखिन्छ । यस क्षेत्रका मुलनिवासी यसै जातिलाई पछि इतिहासकालमा आएका नवागन्तुक आर्यावर्तीय आर्यहरुले “ किरात ” भन्ने नाम दिएको पाइन्छ । (पाना ९)
वर्तमान समयका मगर, गुरुङ, तामाङ र नेवार आदि आग्नेयदेशीय जातिहरु किरात वर्गका यस्तै भेदहरुमा प्रशिद्द रहेका छन। (पाना ११)

नेपालका हिन्दु शासकहरुले हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा माने जस्तै तिब्बतमा पनि त्यहाँका बौद्धमार्गी शासकले बौद्ध धर्मलाई राज्यले प्रायोजन गरी बौद्ध धर्मको सुरुवात गरेका हुन, तिब्बतमा सातौं शताब्दिमा बौद्ध धर्मको सुरुवात हुनु भन्दा अगाडि बोन धर्म मान्दथे ।

यहाँ के अनुमान गर्न सकिन्छ भने तामाङहरुको प्राचिन इतिहास जहाँ जोडिएको भएतापनि उनीहरुले प्राचिन काल देखि मनाउंदै आएको धर्म संस्कृति प्रकृति पूजा संग नजिक रहेको थियो । र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनहरुले उनिहरुको धार्मिक बिश्वासमा पनि परिवर्तन ल्यायो। कुनैले बौद्ध धर्मको अनुशरण गरे भने कुनै लाई पुरानै विश्व्वास प्रकृतिको पूजा र झाँक्रिवादमा राजनीतिक परिवर्तनहरुले झन थप मलजल मिल्यो।

तिव्वतमा त्यहाँको प्राचिन बोन धर्ममा झाँक्रिबादको ठुलो प्रभाव थियो भने माहायान, बज्रयाना बौद्ध धर्ममा बोन धर्मको प्रभाव रहेको देखिन्छ । महायाना बुद्धधर्म मान्ने राष्ट्रहरु चीन, मंगोलिया, जापान र कोरियाआदी देशहरुमा त्यहांका प्राचिन झाँक्रिवादले बुद्धधर्मलाई प्रभाव पारेको देखिन्छ ।

धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता किन र के सुधार गर्ने ?

यदि तामाङहरु आफुलाई बौद्धमार्गी हुँ भन्छ भने आफनो धार्मिक आश्था अनुरुपको आचरण गर्नु जरुरी छ र बौद्ध धर्म संग मेल नखाने साँस्कृतिक कुसंस्कारहरुलाई निरुत्साहित गर्नु आवश्यकता छ। बुद्ध धर्मको उदेश्य संसारिक दु:खबाट मुक्ति दिलाउनु हो र हरेक माहयानी, बज्रयानी लामाबुद्ध धर्मका अनुयायीहरुको उदेश्य बोधिसत्वो प्राप्त गर्नु नै हो। तर हाम्रो आफनै संस्कृतिले नै हामीलाई बन्दी बनाई दिएको हामीले पत्तो पाईरहेका छैनौ। हाम्रो धर्मले प्राणी हिंसा नगर्नु, माधक पदार्थको सेवन नगर्नु भनेको छ तर हाम्रो संस्कृतिको हरेक पक्षमा अत्यधिक मात्रमा मादक पदार्थको प्रयोग हुन्छ भने प्राणी हिंसा पनि हुन्छ । हामी हाम्रो धर्म प्रति प्रतिबद्ध छैनौ र धर्मले निषेध गरेको संस्कृति रुमल्लिएकाछौं।

एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु: तामाङ संस्कार संस्कृति निर्देशिकाको कर्म संस्कार अन्तरगत छेवार गर्ने बिधि को १० नम्बरमा उल्लेख गरिएको छ:

“ घरको तर्फबाट सके सम्म थोरै च्याङ रक्सी बनाउने । थोरै खर्चमा छेवार सम्पन्न गर्ने र सिमित दाजुभाई तथा इस्टमित्र नातागोतालाई बोलाउने । मामा ठेगानको लागि १ पोङ रक्सी, एउटा कुखुरा र छेवार पछिको डाङको रुपमा एक पोङ रक्सी, १२० (६ बीसा) रोटी, बाबर र एउटा कुखुरा लाने, छेवार एकै दिनमा सम्पन्न गर्ने र गराउने।”

हामीले अनुशरण गरेको बुद्ध धर्म र हाम्रो संस्कृतिमा गरिने यस्तो प्रकारको गतिबिधिले हामीलाई हाम्रो मनभित्र अन्तरद्वोन्द्ध स्रिजना गरिदिएको छ, जुन घातक छ र हाम्रो धर्म र संस्कृतिप्रति हामी प्रष्ट छैनौ। हामी अल्मलिएका छौं। बुद्ध धर्ममा मन (mind) को धेरै महत्वो छ। बुद्धले भन्नु भएको छ, मन नै सबै थोक हो, मनले जे गर्न चाह्यो त्यो हुन्छ। लामा बुद्ध धर्मका कर्मकाण्डहरुले मनलाई परिवर्तन गर्न कोशिस गर्दछन। मन्त्र उच्चारण गर्दछन। मन्त्रको अर्थ मनलाई शुरक्षित गर्नु हो (mind protection)। हाम्रो धर्मको विश्वास अनुशार मानिस मरेपछि मन र शरीर छुट्टिन्छ र मन (चेतना) को शुरक्षित तरिकाले अर्को जन्ममा सरोस भन्ने कामना बौद्धमार्गीहरु गर्दछन। त्यसैले हाम्रो मन सफा र स्पस्ट हुनु जरुरी छ।

बुद्ध धर्म र झाँक्रिवाद/ बोन्बोवादमा भिन्नताहरु:

बुद्ध धर्म यथार्थवादी धर्म हो भने झाँक्रिवाद काल्पनिक अदृष्य संसारमा विश्वास गर्ने प्रथा हो।बुद्ध धर्म अनात्मावादी धर्म हो भने झाँक्रिवादले प्रकृतिका सम्पूर्ण बस्तुहरु रुख, बिरुवा, ढुङ्गा, खोल, आदि सबैमा आत्मा भएको बिश्वास गर्दछ।

बुद्ध धर्मले कुनै सर्व शक्तिमान स्रिस्टिकर्ता भगवानमा बिश्वास गर्दैन |झाँक्रिवादले देवी, देउता, भूत प्रेत आदिमा बिश्वास गर्दछ।
बुद्ध धर्मले संसारमा दुखको कारण अज्ञानता हो भन्छ र लोभ, मोह ईच्छाको संसारबाट मुक्त हुने उपाए बताउंदछ भने झाँक्रिवादले बिभिन्न पदार्थ, बस्तु, वली, भोग आदिको माध्यामबाट अतृप्त आत्माहरुको भोक, प्यास, ईच्छा पूर्तिगर्ने प्रयास गर्दछ।

बुद्ध धर्म मानवतावादी धर्म हो यसले प्राणी मात्रको दया गर्छ र दया, मायाँ र करुणाको माध्याम द्वारा सुख पाउन सकिन्छ भन्ने बिश्वास गर्दछ।
झाँक्रिवादले प्राणीहरुको वली चढाउंछ।

बुद्ध धर्मले बिज्ञानमा बिश्वास गर्छ भने झाँक्रिवादले अन्धबिश्वासमा

बुद्ध धर्म ले कर्ममा बिश्वास गर्दछ र कर्म अनुशारको फल प्राप्त हुने कुरामा संका गर्दैन, भने झाँक्रिवादले शक्तिकेन्द्रहरुको पूजा गर्दछ, र शक्तिको पूजा बाट वर्दान मिल्छ भन्ने आधारमा शक्तिको पूजा गर्ने मानसिकताको बिकाश गराउंदछ ।

बुद्ध धर्ममा शान्ति मिल्छ र शान्त मानसिकताको विकाश गराउंदछ भने झाँक्रिवाद जहिले पनि अशान्त र अतृप्त आत्माहरुको ईच्छा पूर्ति गर्न भौतारिरहेको हुन्छ।

बुद्ध धर्म अनुशार बुद्ध, धर्म र संघको शरण गमनमा परेपछि कुनै भूत, प्रेत बाट डराउनु पर्दैन, बरु अज्ञानता, लोभ, ईच्छा र ध्रिना बाट डराउनु पर्दछ ।

बुद्धधर्मले ठूलो, सानो, काला, गोरा, कुनै प्रकारको जातीय भेदभाव गर्दैन। सबै प्राणीहरुमा बुद्ध स्वभाव, स्वरुप देख्छन र हरेकमा प्रगति गर्नसक्ने समान क्षमता रहेको बिश्वास गर्दछ ।

झाँक्रिवाद कुनै धर्म होईन यो अद्रिस्य काल्पनिक संसारमा विश्वास गर्ने पुरातनवादी अभ्यास हो। यो चालीस हजार बर्ष पहिले साईबेरियाबाट सुरु भएको मानिन्छ र बिश्वोका हरेक महादेशहरुमा बिशेष गरी अशिक्षित र अन्धबिश्वासलाई मान्ने समाजमा अझै विधमान रहेको छ। समयानुकुल रुपमा परिवर्तनहरु हुंदै गएको हुनाले अहिले सम्म झाँक्रिवाद जिउंदो रहेको मानिन्छ । बिकशित मुलुकहरुका झाँक्रिहरु कर्मकान्डिए प्रक्रियाहरु भन्दा आध्यात्मिक चिन्तन र साधना गर्दछन, झाँक्रिहरुले मानिस र प्रक्रिति एवं बाहिरी र आध्यात्मिक तथा दैवीक शक्ति संग जोड्ने पुलको काम गर्दछ भन्ने आधुनिक झाँक्रिहरु दावी गर्दछन। अरु धर्ममा बिश्वास गर्ने मानिसहरुका लागि झाँक्रिवादले खासै अशर नपार्न सकछ तर अहिंसावादी बुद्ध धर्मका अनुयायीहरुको लागि झाँक्रिवाद र त्यसले जन्माएको संस्कृतिको पालना गर्न कठिन हुन्छ। किन भने बुद्ध धर्मको नीति, नियम, मान्यता र दर्शन संग झाँक्रिवादको बिश्वास र अभ्यास मेल खाँदैन।

झट्ट हेर्द तामाङ समुदायमा झाँक्रिवाद र लामावादको सुन्दर समिश्रणले समाज अगाडि बढेको जस्तो देखिएतापनि अप्रत्यक्ष रुपमा यो समिश्रण त्यति सुन्दर भने छैन बरु यसले तामाङ समाजलाई मानसिक रुपमा नकारात्मक असर पारेको छ । आफुले अनुशरण गरेको अहिंसाबादी बुद्ध धर्म र पशु पंछिको वली चढाउने झाँक्रिवादी संस्कृति र साँस्कृतिक कार्यहरुमा धर्मले निषेध गरेको मादक पदार्थको अत्यधिक प्रयोग र पशु पंछिको हिंसाले तामाङहरुको धार्मिक बिश्वास र साँस्कृतिक परम्परामा धेरै भिन्नता ल्याएको देखिन्छ। आफनो धार्मिक बिश्वास अनुरुप साँस्कृतिक परम्पराहरु नहुनु भनेको जहिले पनि बिभाजित मनस्थितिमा रहनु हो । एकै जना मानिसले एउटै समाजमा मान्ने धर्म र संस्कृतिको दुई फरक र बिपरित मान्यता हुनु भनेको आफै मा विरोधाभासपूर्ण छ र यसरी समाज स्वस्थ रुपले अगाडि बढ्न सक्दैन ।

ल्होछारको सम्बन्धमा:

हिन्दु धर्म अनुशारको साँस्कृतिक पर्व दशैं तामाङहरुले पनि धेरै लामो समय सम्म मनाए राज्यले पक्ष लिएको राजकीय धर्मको प्रभावमा परेर होस या तामाङहरुले प्राचिन काल देखि बिश्वास गरेको झाँक्रिवाद/ बोन्बोवाद संग मिल्दो जुल्दो भएर होस । तामाङ झाँक्रिहरुमा हिन्दु धर्मको प्रभाव गहिरो रह्यो र हिन्दु धर्मको कारण तामाङ समाजमा झाँक्रिवाद झन राम्रै संग फस्टाउने मौका मिल्यो। नेपालमा राजनीतिक परिवर्तनसंगै नेपालका बौद्धमार्गी जनजातिहरुले पनि खुल्ला रुपमा ल्होछार पर्व मनाउन थाले । २०५१ साल माघ १६ गते देखि ल्होछारले राजकीय मान्यता प्राप्त गर्यो र नेपाल तामाङ घेदुङले २०५१ साल माघ १७ गतेको दिन २८३१ अौं फाक ल्हो देखि आधिकारिक रुपमा ल्होछार मनाउन सुरु गर्यो।

चन्द्र पात्रोको आधारमा नयाँ बर्ष मनाईने पर्व ल्होछार हिमाली बौद्धमार्गीहरुले सयौं बर्ष देखि मानिआएको चाड हो । २०५१ साल देखि २०७० साल सम्म अाईपुग्दा २० बर्षको अवधिमा तामाङहरुले पनि आफनो पूर्खाहरुले मनाउने चाड ल्होछारको राम्रो अनुभव हाँसिल गरिसकेको छ । तर साल गन्तिको सन्दर्भमा २८३१ देखि २८४९ सम्म अाईपुग्दा सम्म पनि २८४९ बर्ष अगाडि तामाङ जातिको धर्म वा संस्कृतिसंग जोडिएको के घटना घटेको थियो जस्को आधारमा हामी यो ल्हो/बर्ष गन्ति गर्दै २८४९ अौं सम्म अाईपुगेका छौं भन्ने प्रश्नको भरपर्दो जवाफ अहिले सम्म कहिंबाट आएको छैन । बरु यो चन्द्र पात्रोको आधारमा नयाँ वर्ष मनाउने परम्परा पाँच हजार वर्ष पूरानो भएको हुनाले कुनै संख्यामा सिमित राख्नु हुन्न भन्ने अभिब्यक्तिहरु तामाङ संस्कृतिका बिज्ञहरुबाट सुन्नु पाईन्छ। चीनले यो वर्ष ४७१० अौं नयाँ वर्ष र तिब्बतियन, नेपालका शेर्पा र ह्योल्मो जातिहरुले २१४० अौँ लोसार मनाए । उनिहरुको इतिहांस प्रस्ट छ, चीनमा त्यहाँका चिनिया सभ्यताका प्रशिद्ध संम्राट ह्वाङतिले राज्य सत्ता गरेको पाला देखि गन्ति गरेको देखिन्छ भने तिब्बतियनहरुले ईसापूर्ब १२७ का तिब्ब्तका प्रथम राजा न्यात्री छ्यान्पोको सम्मान गर्दै यो साल गन्ति २१४० अौं सम्म ल्याईपुर्याएको देखिन्छ।

ल्होछार सम्बन्धि अर्को समस्या कुनदिन ल्होछार मनाउने भन्ने भो, तामाङहरुले सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन छ भने तिब्बतियन र शेर्पा लगायत ग्याल्पो लोसार मनाउने जातिहरुले सोनाम ल्होछार भन्दा एक महिना पछाडि साधारणतया फाल्गुन शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन रहेको छ भने चन्द्र पात्रोमा फरक फरक दिन गन्तिको कारणले गर्दा करिव तीन वर्षमा यी दुबै ल्होछार, सोनाम र ग्याल्पो एकै दिनमा पर्दछन।

हामीलाई समस्या कहाँ परेको छ ?

लामाबुद्ध धर्म मान्ने लामाहरुले ग्याल्पो ल्होछार मान्दछन । सन् १०२७ मा तिब्बतियन चन्द्र पात्रो र बौद्ध धर्मकै काला चक्र तन्त्रमा आधारित भारतिय कार्चि पात्रोको समयोजन द्वारा बनेको तिब्बतियन पात्रोको आधारमा लामाबौद्ध धर्मका सम्पूर्ण कर्मकाण्डहरु सयौँ बर्ष देखि लामाहरुले गर्ने गर्दछन ।

सोनाम ल्होछार र ग्याल्पो ल्होछार को बिचमा सामान्यतया एक महिनाको अन्तर परेको हुनाले त्यस एक महिना बिचको अबधिमा जन्म भएको बालकको कुन ल्हो र खाम हुन्छ भन्ने अर्को समस्या हो । हाम्रो तामाङ संघ संस्थाहरुले यी माथि उब्जिएका समस्याहरुको समाधान खोज्नु पर्ने बेला भै सकेको छ अव ढिला गर्नु उचित हुंदैन।

(खोजमुलक लेख – तामाङसगर ब्लकबाट)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution