हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

घेदुङको रत्ननगर र कालिका नगर समिति गठन

राजेश रुम्बा तामाङ चितवन रत्ननगर, असोज ६ । नेपाल तामाङ घेदुङको ताम्सालिङ जागरण अभियान अन्तर्गत रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा नगर समिति गठन गरिएको छ ।

शनिबार सम्पन्न छुट्टाछुट्टै भेलाले दुवै नगरपालिकामा १७÷ १७ सदस्यिय नगर समिति गठन गरेको हो । रत्ननगरमा सम्पन्न प्रथम नगर अधिवेशनले कृष्ण लामाको अध्यक्षतामा १७ सदस्यिय नगर कमिटि गठन गरेको छ । समितिमा कबिता लामा, फुलमान तामाङ, हिरेन्द्र तामाङ, चरिमाया तामाङ, राममाया लामा, सोम बहादुर तामाङ, सुन बहादुर लामा, फुल माया लामा, बिनोद घिसिङ, आशिक लामा, सन्तोष लामा, शेर बहादुर लामा, सरस्वति लामा, मन्दलाल लोप्चन, उमेश बहादुर ब्लोन र सन्च लाल तामाङ छन । समिति को अगामी बैठकले पदाधिकारीहरुको पद विभाजन गर्ने निर्णय गरिएको अध्यक्ष कृष्ण लामाले जानकारी दिनुभयो ।

उता कालिका नगरपालिकामा धनलाल तामाङको अध्यक्षतामा १७ सदस्यिय नगर समिति गठन गरिएको छ । समितिको दुई उपाध्यक्षमा फुलमान तामाङ र पबित्र थोकर, सचिवमा तोम बहादुर तामाङ, कोषाध्यक्षमा तिला देवी तामाङ, सहसचिवमा धन बहादुर तामाङ, सदस्यहरुमा मन्तोष तामाङ, रमेश तामाङ, कल्पना तामाङ, सन्चलाल तामाङ, हरिबंश तामाङ, सुरेन्द्र तामाङ, प्रकाश तितुङ, निर बहादुर तामाङ, शुभलाल पाख्रिन, कमल रुम्बा र बिष्णु बहादुर तामाङ रहेका छन । नवनिर्वाचित समितिलाई घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित अध्यक्षद्दयले नगरमा तामाङ जागरणका लागि सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्दता जनाए ।

कार्यक्रममा घेदुङका बुद्दिजिवी विभाग प्रमुख तथा राप्ती नगरपालिकाका उप प्रमुख इमान सिहं लामाले घेदुङ तामाङ भाषा, शिक्षा र संस्कृतिबारेको अध्ययनका लागि एक बिश्व बिद्यालय नै रहेको बताउनुभयो । उहाँले शिक्षाले नै समाजिक, राजनितिक तथा सांस्कृतिक सफलता प्राप्त गर्न सकिने बताउदै तामाङ समुदाय शिक्षााबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो । भाषा साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले राज्यको शिक्षा प्रणाली तामाङ मैत्री हुन नसकेको औल्याउनुभयो । उहाँले शिक्षासम्बन्धि निति निर्माण गर्ने अधिकार स्थानिय सरकारलाई भएको बताउदै अब तामाङ समुदायले मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउन जनप्रतिनिधिहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले घेदुङको मुल्य, मान्यता, तामाङ समुदायको बर्तमान अवस्था बारे प्रशिक्षाणात्मक टिप्पणीसमेत गर्नुभयो ।

कार्यक्रममा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, जिल्ला अध्यक्ष गोपिराज ग्लान, उपाध्यक्ष निलिमा तामाङ, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, रत्ननगर नगरपालिकाका वडाअध्यक्षहरु बिर बहादुर पाख्रिन, शंकर लामा, प्रवक्ता सरस्वति लामा, राप्ती नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमारी थिङलगायत तामाङ अगुवाहरुले मन्तब्य राखेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution