हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

विद्युत चुहावट पूर्ण नियन्त्रण हुने घिसिङको दाबी

चालु आर्थिक वर्षको २ महिनामा ५ प्रतिशतले विद्युत चुहावट नियन्त्रण भएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो महिना गत साउनमा २ प्रतिशतले चुहावट नियन्त्रण भएको र दोस्रो महिना भदौमा ३ प्रतिशतले चुहावट हटेको जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउने, ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेकोले चुहावट नियन्त्रणमा सहज भएको बताए।

केही स्थानमा विद्युत प्राधिकरणका कर्मचारीकै कारण पनि विद्युत चुहावट हुने गरेको आरोप लागेका स्थानमा आफै पुगेर निगरानी बढाएकाले नियन्त्रणमा कडाई भएको उनको भनाई छ। उनले चालु आर्थिक वर्षमा विद्युत चुहावट पूर्ण रुपमा नियन्त्रण हुने गरी कार्य गरेको दाबी गरे।

घिसिङका अनुसार पछिल्ला ३ वर्षमा विद्युत चुहावट ५ दशमलब ७२ प्रतिशतले न्यूनिकरण भएको छ। गत आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म २३ प्रतिशतले विद्युत चुहावट नियन्त्रण भएको छ। अघिल्लो आर्थिक वर्षमा प्रणालीमा रहेको चुहावटलाई २० दशमलब ६ प्रतिशतबाट वृद्धि हुन नदिने अभियान लिएको भएपनि प्राधिकरणलाई केही गाह्ये प-यो। यो अघिल्लो आर्थिक वर्ष २०७३/७४ को भन्दा शुन्य दशमलब १ प्रतिशत बढी चुहावट हो।

कार्यकारी निर्देशक घिसिङले आर्थिक वर्ष २०७२/७३ मा २५ दशमलब ७८ प्रतिशत चुहावट नियन्त्रण भएको जानकारी दिए। उनका अनुसार प्राधिकरणले चोरी नियन्त्रणलाई प्रभावकारीका साथै परिणाममुखी बनाउन गत जेठको अन्त्यमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयका पदाधिकारीसँग बैठक बसेर योजनाहरु तयार पारेकाले यस आर्थिक वर्षमा पूर्ण रुपमा नियन्त्रण हुनेछ।

प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणका शाखा कार्यालयले समन्वयन गरी संयुक्त रुपमा कार्ययोजना तयार गरेकाले चालु आर्थिक वर्षमा पूर्ण रुपमा विद्युत चुहावट नियन्त्रण हुने घिसिङको भनाई छ।

प्राधिकरणको भनाईसँगै विद्युत चोरीका साथै प्राविधिक चुहावट नियन्त्रण गर्न लागेको विद्युत प्राधिकरणले कार्य पूरा गरेरै छाड्छ त त्यो भने हेर्न बाँकी नै छ। आर्थिक वर्षको बाँकी १० महिनामा चुहावट नियन्त्रणका साथै प्रबन्ध निर्देशकले बोलेका काम पूरा हुन्छ की?

नेपालखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution