हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

कोलम्बो। श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ। बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो।

सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ। सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ।

हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ। प्राचीनकालदेखिको यो अभ्यासलाई बिस्तारै देशभरी विस्तार गर्ने सरकारको रणनीति छ।

“कानून निर्माताले मन्दिरमा जनावर र पंक्षीको बलि दिन नपाइने व्यवस्थासहितको कानून बनाउन माग गरेका थिए,” सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख छ।

हिन्दुका विभिन्न चाडपर्वका बेलामा श्रीलङ्काका कतिपय मन्दिरहरूमा बाख्रा, कुखुरा, भँैसीलगायतको बलि दिने प्रचलन रहेको छ। तर जनावर तथा पंक्षी अधिकारवादीहरूले भने त्यसको विरोध गर्दै आएका थिए।

बलि दिनेहरूले भने लागू गर्न लागिएको नयाँ व्यवस्थाले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने बताएका छन्। आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ।

श्रीलङ्कामा कुल जनसङ्ख्याको १२ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको तथ्याङ्क छ। एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution