हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

कोको हुँदैछन् नेकपाका प्रदेश अध्यक्ष ?

२८ भदौ, काठमाडौं । जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुंग्याउने भएको छ । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै इन्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सम्भावना छ ।

जिल्ला, स्थानीय तह र भातृ संगठनहरुको एकीकरण सम्पन्न गर्न अझै २ महिना लाग्ने निष्कर्ष सचिवालय बैठकमा महासचिव बिष्णु पौडेलले सुनाएपछि प्रदेश कमिटी गठन पहिले गर्न लागिएको हो । सातवटा प्रदेश कमिटी गठन गर्ने र जिल्ला तथा मातहत कमिटीहरुको एकीकरणका मापदण्डसहित प्रदेशलाई नै जिम्मा दिने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यसअघि तोकिएको मापदण्डले नपुगेपछि मापदण्ड परिमार्जनको लिखित प्रस्ताव समेत सचिवालय सदस्यहरुलाई उपलव्ध गराइएको छ । महासचिव बिष्णु पौडेलले एकीकरणका लागि आवश्यक मापदण्ड बनाएर पठाउन लागिएको पुष्टि गरे । उनले व्यक्तिको अनुहार हेरेर होइन, सबैलाई लागु हुनेखालको मापदण्ड बनाएर पठाउने बताए । सचिवालय बैठकले तय गरेको मापदण्डअनुसार सबै ठाउँमा एकीकरण प्रक्रिया सहज रुपमा अघि बढ्ने उनले बताए ।

विशेष गरी माधव नेपाल लगायतका नेताले तल्ला कमिटीको एकीकरणमा अध्यक्ष वा सचिव बन्ने व्यक्तिको मापदण्ड माथिबाटै तोकिनुपर्ने र कमिटीमा थपिने व्यक्तिको बरिष्ठताको मापदण्ड पनि तय हुनुपर्ने माग गरेका थिए । मापदण्ड नतोकिदा संस्थापन पक्षले एकलौटी गरेको आरोप नेपाल पक्षको छ ।

तर, नेपाल पक्षकै स्थायी कमिटी सदस्य तथा प्रदेश ३ कार्यदल संयोजक अष्टलक्ष्मी शाक्यले भने अधिकांश कार्यदलले काम गरिसकेपछि मापदण्ड बनाउनुको अर्थ नरहेको बताइन् । व्यक्ति हेरेर मापदण्ड बनाउन लागिएको भन्दै विवाद भएका जिल्ला बाहेक अन्यत्र पुनः मापदण्डका नाममा मिलिसकेको विवाद बल्झाउन नहुने शाक्यको भनाइ छ ।

केन्द्रीय कमिटीमा केही नेता मिलेपछि सहज रुपमा भागबण्डा टुंगिएर सम्भव भएको नेकपाका एकीकरण प्रदेश र जिल्लामा पुगेपछि पेचिलो बनेको छ । नेतृत्वमा रहने व्यक्तिको प्रष्ट मापदण्ड निर्धारण नगरिए धेरै कमिटीहरु एकीकरण गर्न नसकिने भन्दै पूर्व एमाले र पूर्व माओवादी दुवैतिरका नेताले मापदण्डको माग गरेका हुन् ।

कोको बन्दैछन् प्रदेश इञ्चार्ज ?

स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँगको छलफलपछि महासचिव पौडलले प्रदेश कमिटी गठनको प्रस्ताव तयार पारेका छन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुनेछ । सकेसम्म आजै टुंगो लगाउने तयारी बैठकमा भएको छ । प्रदेश कमिटी एकीकरण कार्यदलहरुको सिफारिसका आधारमा कमिटी गठन गर्न लागिएको छ । तर, प्रदेश २ ले अहिलेसम्म सिफारिस नै गर्न सकेको छैन ।

प्रदेश अध्यक्ष र सचिवमा टुंगो नलागे पनि अधिकांश प्रदेश कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गरिसकेका छन् । प्रदेश ७ ले अध्यक्ष र सचिवको नामसमेत सिफारिस गरेकाले सचिवालयले सोही अनुमोदन गर्ने सम्भावना छ । प्रदेश ७ को अध्यक्षमा तत्कालीन एमालेका कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादीका लक्ष्मी जोशी सिफारिस भएका छन् ।

अब प्रदेश इञ्चार्जमा भीम रावल र लेखराज भट्टमध्ये एक हुनेछन् । प्रदेश अध्यक्ष पूर्व एमालेको भएको ठाउँमा इञ्चार्ज पूर्वमाओवादीको हुने र पूर्व माओवादीको अध्यक्ष भएको ठाउँमा इञ्चार्ज पूर्व एमालेको हुने प्रारम्भिक समझदारी थियो । तर पछिल्लो समय व्यक्तिको बरिष्ठता, क्षमता र आवश्यकता तथा सम्बन्धित कमिटी तथा व्यक्तिबीचको सहमति अनुसार अध्यक्ष र इञ्चार्जहरु तोकिने गरी लचिलो मापदण्ड बनाइएको छ ।

कर्णाली प्रदेशको अध्यक्ष पूर्व एमालेबाट यमलाल कँडेल र पूर्व माओवादीबाट मायाप्रसाद शर्मा दाबेदार छन् । कँडेल अध्यक्ष भएमा शर्मा सचिव हुनेछन् भने जनार्दन शर्मा इन्चार्ज र गोरखबहादुर बोगटी सहइञ्चार्ज हुनेछन् ।

त्यस्तै प्रदेश ५ मा पूर्वएमालेले अध्यक्ष पाए दलबहादुर राना मगर र पूर्वमाओवादीले पाए गणेशमान पुन मगरको नाम सिफारिस भइसकेको छ ।

प्रदेश इञ्चार्जमा पूर्वएमालेबाट घनश्याम भुसाल र छविलाल विश्वकर्मा तथा पूर्व माओवादीबाट मणि थापामध्येबाट एक हुनेछन् । शीर्षतहमा प्रदेश ३ को अध्यक्ष पूर्वमाओवादी र प्रदेश ५ को अध्यक्ष पूर्वएमालेले पाउने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ । यसअघि प्रदेश ३ पूर्व एमालेले पाउने समझदारी भएको थियो ।

गण्डकी प्रदेशको अध्यक्षमा पूर्वमाओवादीबाट हरि अधिकारी प्रमुख दाबेदार देखिएका छन् । पूर्वएमालेबाट तुलबहादुर गुरुङ, खगराज अधिकारी पनि दाबेदार हुन् । यो प्रदेशको अध्यक्ष पूर्वमाओवादीले पाउने बढी सम्भावना छ । त्यसो हुँदा प्रदेश इञ्चार्ज किरण गुरुङ र सहइन्चार्ज देवेन्द्र पौडेल हुनेछन् । गुरुङ प्रदेश सरकारको अर्थमन्त्री छन् ।

प्रदेश ३ को अध्यक्षमा पूर्व एमालेबाट काशिनाथ अधिकारी र शेरबहादुर तामाङ प्रमुख दाबेदार देखिएका छन् । पूर्वमाओवादीबाट हितमान शाक्य र नारायण दाहालको दावी छ । प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपि अग्नि सापकोटा र हरिबोल गजुरेल पनि इञ्चार्जका दाबेदार हुन् ।

प्रदेश २ को अध्यक्षमा पूर्वमाओवादीका प्रभु साहको सम्भावना छ । साह अध्यक्ष भएमा इञ्चार्जमा पूर्वएमालेका सत्यनारायण मण्डल हुनेछन् । यद्यपि प्रदेश ३ मा पूर्वएमाले र पूर्वमाओवादी दुवै समूहमा विवाद छ ।

प्रदेश १ को अध्यक्षमा पूर्वएमालेका घनेन्द्र बस्नेत र देवराज घिमिरेको नाम सचिवालयमा सिफारिस भएको छ । सचिवमा पूर्वमाओवादीका सावित्रीकुमार काफ्लेको नाम सिफारिस भएको छ ।

यद्यपि पूर्वएमालेभित्र यो सिफारिस विवादमा परेको छ । जगन्नाथ खतिवडाको नाम भीम आचार्यले सिफारिस गर्न नमानेपछि माधव नेपाल समूहमै विवाद छ । प्रदेश एकको इञ्चार्जमा भीम आचार्यको समेत दाबी रहेको अनलाइनखबरमा छ |

२८ भदौ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution