हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

तामाङ न्यायप्रणालीमा चोहोको भूमिका

पेमा तामाङ मोक्तान – याम्बु ,तामाङ समाज बहुलनायकीय प्रणालीमा आधारित रहेको छ । समाजमा कम्तिमा चार वटा परम्परागत संस्थाहरु रहेका छन् । तिनमा बोम्बो, तम्बा, लामा (लम) र चोहो पर्दछन् । यो लेख भने चोहोसँग सम्बन्धित रहेको छ । ‘चोहो’ तामाङ शब्द हो । यसैलाई स्थान विशेष ‘चोबो’ र ‘चोक’ पनि भन्दछन् । यसको शाब्दिक अर्थ लगाएका पाइएको छैन । यद्यपि, उच्च वा माथिल्लो तहको भन्ने  संकेत गर्दछ ।


समाज विकासको क्रममा ‘चोहो’ देखापरेको हो । यो समयान्तारसँगै संस्थागत भएको हो । जतिखेर यसले संस्थागत स्वरुप लियो, त्यतिबेलासम्ममा यो निकै व्यवस्थित भइसकेको थियो । चोहोको नियुक्ति भने गाउँलेले गर्दथे । गाउँलेका तर्फबाट सर्वसम्मतिमा नियुक्त हुन्थ्यो । त्यतिखेर राजनीतिशास्त्र भन्ने नै थिएन । त्यसैले निर्वाचनको अवधारणा देखिएको छैन । लिगलिगकोटमा एक वर्षका लागि राजा छान्ने परम्पराले यो तथ्यलाई थप बल दिएको छ । गाउँले व्यवस्था कसैले उल्लङ्घन गरे नगरेका भन्ने कुराको अनुगमन गर्ने व्यक्ति नै चोहो हुन्थ्यो ।

चोहो निश्चित समय सीमा तोकेर नियुक्त हुन्थे । विशेषतः दुगु ङ्ह्यको अवसरमा यो प्रक्रिया चलाउँथे । कुनै चोहोले गल्ती गरेमा फिर्ता बोलाउन सक्थे । ठूलै गल्ती गरेमा गाउँलेका तर्फबाट क्षमा पूजा गर्दथे । चोहो समान पद नेपालका अन्य आदिवासी जनजातिहरुमा पनि पाइएका छन् । विश्वका आदिवासीहरुमा पनि यसको सगोत्रीय भन्न मिल्ने व्यवस्था पाइएका छन् ।

चोहोले न्यायप्रशासनको अतिरिक्त सांस्कृतिक, संस्कारगत, खेतीबाली, तथा खोरिया प्रणालीसमेत हेथ्र्थो । सांस्कृतिक रुपमा अनेक चाडपर्वहरु हुन्थे । ती चाडपर्वका नियम बनाउनेदेखि सम्पूर्ण व्यवस्था चोहोले नै मिलाउनु पर्दथ्यो । गाउँमा आयोजित जन्मदेखि मृत्युसम्मका संस्कारगत पक्षमा पनि चोहोको उपस्थिति हुन्थ्यो । त्यसक्रममा चोहोलाई निम्तो दिएका हुन्थे । खेतीबाली लगाउने, चरीचरन क्षेत्र तोक्ने, बन्द गर्ने र खोल्ने समेत चोहोले गर्दथे ।

कति स्थानमा चाहिँ खेतीबाली हेर्ने, खेतमा पानी लगाउने जस्ता कार्यका लागि निश्चित सङ्ख्यामा व्यक्ति नियुक्त गरेका देखिन्छन् । खोरिया फाँड्ने कार्यका लागि चोहोले गुहार बोलाउँथे । त्यस कार्यमा सहयोग गर्न गराउन ‘कठोल्बा÷कटौके’ नियुक्त गरेका हुन्थे । विशेषतः ‘गौराइ’ पनि हुन्थ्यो । अचेल ‘गौराइ’लाई नै ‘सचिव’ पनि भन्ने गरेका पाइन्छन् ।

तामाङ समाज पनि चोहोद्वारा सञ्चालित थिए । प्रत्येक गाउँमा कम्तिमा एकजना चोहो हुन्थे । सामाजिक, सांस्कृतिक लगायतका सम्पूर्ण व्यवस्था तथा विधि विधानका रेखदेख चोहोले गर्दै आएका थिए । समाज सही ढङ्गले सञ्चालित थियो । यस्तैमा चोहोलाई तामाङले एक परम्पराकै रुपमा स्थापित गरायो । पछिल्लो समयमा शाहवंशको उदय सँगै चोहोमाथि अनेक प्रहारहरु भए । राणाकालमा आइपुगेपछि ठालु, बुढा, अमाली र कारिन्दा बनाए । तिनैद्वारामुखियाको अवधारणा बनाए । तिनीहरुलाई राज्यले आ तामाङ चोहो विस्थापित हुन थाले । बिस्तारै चोहोलाई राज्यले नै मुखियामा परिणत गरे । त्यसपछि चोहोहरुलाई ‘मुखिया, जिम्मावाल तथा मुइया र मुक्स्या’हरुमा परिणत भए ।
आज पर्यन्त तामाङ गाउँमा विवाद समाधान स्थानीयद्वारा नै गर्दछन् । त्यो चोहोको अवशेष हो । सांस्कृतिक तथा संस्कारगत हकमा पनि चोहोको अभ्यास प्रचलित छ । कति स्थानमा खेतीबाली लगाउने क्रममा व्यवस्था मिलाउने काम चोहोले गर्दै आएका बताउँछन् । रसुवाको गाउँमा ‘ह्युल छोक्पा’ प्रत्येक तीन तीन महिनामा हुँदै आएका छन् । मुस्ताङका थकालीसँग ‘घम्बा’ अर्थात् तेह्र मुखिया प्रणाली कायम रहेका देखिन्छन् । तामाङ गाउँतिर पुग्दा चोहो भएकाहरु भेट्टाइन्छन् ।

न्याससम्पादनको क्रममा झगडियाका वmुरा सुन्थे । आवश्यक परेमा प्रमाण हेर्थे । त्यसक्रममा गाउँका बोम्बो, तम्बा, लामा, गन्बा, मुइमू तथा ह्युल्बाहरु जम्मा हुन्थे । तिनीहरु तामाङ मूल्य, मान्यता, दृष्टिकोणलाई आधार मान्दथे । सोही अनुसार न्यायसम्पादन गर्दथे । कसैले सामाजिक, सांस्वृmतिक मूल्य, मान्यता तथा नियमको उल्लङ्घन गरेमा अनेक विपत्ति आइपर्छ भन्दथे । गल्ती गर्नेलाई सगुन राखेर क्षमा माग्न लगाउँथे । क्षति हेरेर दण्ड, जरिवाना समेत गराउन सक्थे ।

चरीचरन क्षेत्रको नियम तोडेमा, गाउँघरमा झगडा गरेमा, कुनै बिजाईँ गरेमा स्थानीयले नो नियम अनुसार आवश्यक निर्णय गर्दथे । निर्णय दिने क्रममा बोम्बो, तम्बा, लामाआ साथै स्थानीयले राखेका मान्यतालाई आधार मानेका हुन्थे । हरेक विवादहरु एकै बसाईमा समाधान गर्दथे । जस्तै ठूला विवाद पनि छिटै समाधान हुन्थे । सरल, छिटो र छरितो नै भाषामा सुनुवाई तथा जिरह हुन्थे । सम्बन्धित पक्षका कु रा सुनेपछि गाउँलेले निर्णय गर्दथे । चोहोको काम चाहिँ गाउँले निर्णय सुनाउने हुन्थ्यो ।

हरेक निर्णयपछि सगुन गराउँथे । गल्ती गर्नेले क्षमा माग्थे । सानो नाताको मान्छेले गल्ती गरेको अवस्थामा ढोगेरै माफी माग्दथे । त्यसपछि दैनिक जीवन सदाझै सरल र सहज रुपमा चल्थे । तामाङका गाउँहरुमा उल्लेख गरिएअनुसारको न्यायप्रणाली कायम थिए । यसको मुख्य व्यक्ति वा पद्वी चाहिँ ‘चोहो’ थियो । यसैलाई तामाङले परम्पराको रुपमा विकास साथै अभ्यास पनि गरेका थिए ।

 

नोटः यसको पुनःस्थापना आजको आवश्यकता हो । यसका लागि व्यापक बहस तथा अध्ययन अनुसन्धान आवश्यक छ । यही तथ्यलाई मनन् गर्दै एस.सि.आर.सि.ले ‘तामाङ राष्ट्र तामाङ न्यायप्रणाली’ नामक अभियान समेत सञ्चालन गरेको छ । यस सम्बन्धमा आफूसँग भएका सूचना तथा दस्तावेजहरु उपलब्ध गराएर समाज निर्माणको क्रममा अतुलनीय सहयोग गर्ने अवसर बनेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution