हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

नेतालाई विदेशमा उपचार गर्न राज्यले खर्च नदिने

२८ भदौ, काठमाडौं । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा उपचार खर्च राज्यले नव्यहोर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो ।

परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । यसअघि सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान दिएन ।

तर, संसदीय समितिमा भएको छलफलमा कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखे । नेकपाका सांसद खगराज अधिकारीले भने मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।

समितिले एक कदम अगाडि बढेर ‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’ भनेर सर्वसम्मत रुपमा दफा २९ थप गरिएको छ ।

विधेयक पास भएपछि कानुनतः विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन । ‘यो विधेयक पास भएपछि नेपाल बाहिर उपचार गर्ने हो भने अब व्यक्ति आफैंले खर्च गर्नुपर्छ’ पूर्वस्वास्थ्यमन्त्री थापाले भने ।

नेपालका अस्पताल सुधारको मौका

राष्ट्रपति, प्रधानमन्त्री मात्र होइन, नेताहरुले पहुँचको भरमा राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गर्दै आएका छन् । उक्त कानून कार्यान्वयनपछि स्वास्थ्य उपचारको नाउँमा भएको राज्यकोषको दोहन रोकिनेछ ।

जनस्वास्थ्य विधेयकको नयाँ व्यवस्थाले राज्यकोषको रकम बचाउने मात्र होइन, नेपालका अस्पतालहरुको सेवा सुधारमा पनि टेवा पुग्ने अपेक्षा गरिएको अनलाइनखबरमा छ ।

राज्यकोषबाट लाखौं रकम लिएर विदेश उपचार गर्न जान पाउने भएपछि नेपालको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेतृत्वले कहिल्यै ध्यान दिएको थिएन । ‘नेताहरुलाई राज्यले उपचार खर्च नदिने व्यवस्थाले स्वास्थ्य उपचार नेपालभित्रै पाउनुपर्छ भन्ने लडाईँलाई ठूलो मदत पुग्छ’ कांग्रेस सांसद थापाले भने ।

२८ भदौ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution