हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

ब्राजिलका आदिवासी–जनजातिको जर्जर कथा

-सिता थापा

दौरादोस नगरपालिकामा अवस्थित क.लिदिया र क.पलाभियाको घर हाम्रो गन्तव्यको पहिलो थकाई मार्ने स्थल बन्यो । क.लिदिया यस राहुका सबैजसो क्षेत्रमा ग्वारानी जातिको बारेमा आफ्नो संस्था ‘सिमी’मार्फत कास गर्नेको बारेमा धेरै जानकारी राख्ने व्यक्ति/महिला हुन् । ग्वारानी जातीको उत्पति, विकास, संघर्षका नालीबेली मात्र हैन यसले आफूले भोगचलन गरिहेको जमिनको स्वामित्व कायम गराउन निरन्तर क्रियाशील रहेको हामीले थाहा पायौं ।

केही समयको आराम÷खानापश्चात हामी छलफल र जानकारी लिने काममा लाग्यांै । यसले हाम्रो भोलिको कार्यक्रमलाई सहज बनाउने सक्थ्यो । क.लिदियाका अनुसार ल्याटिन अमेरिका ब्राजिलको पूर्वी क्षेत्रमा रहेको यस स्थानमा ग्वारानी (आदिवासीको एक जाति) को संख्या धेरै छ । सयौ वर्षेदेखि बसोबास गर्दै आएको अति विपन्न र चरम गरिबीको शिकार बनेका यस जातिको संघर्ष कहालीलाग्दो छ ।

यहाँका ४०१ (परिवार संख्या÷व्यक्ति)ले आफ्नो पुस्तौदेखि भोग चलन गर्दै आएको जनिम फिर्ता पाएका छन् भने ५०९ अझै आफ्नो जमिनमा आफ्नो पहिचान कायम गर्न पाएका सकेका छैनन् । आफ्नो जमिनको क्षेत्र निर्धारण गर्न असफल भएकै कारण पटक–पटक ठूला किसानहरुबाट पीडित र प्रताडित बन्नु परेको छ । आफ्नो बसोबासबाट पटक–पटक लखेटिनुपर्ने, भोग्नुपर्ने वा विस्थापित हुनुपर्ने बाध्यता यहाँको आदिवासीको रहेको छ । यसकारण १७००० जनसंख्याले जम्मा ३०००० हेक्टर जमिनमा जिवनयापन गर्नुपरेको छ ।

यस्तो छ ब्राजिलका आदिवासीहरुको स्थिति

१. आदिवासीहरु शान्त स्वभावका हुन्छन् तर आफ्नो पुस्तौदेखिको प्राकृतिक स्रोत साधनमा बढ्दोे अतिक्रमण र मनोमानीबाट विक्षिप्त बनेका छन् । वातावरणीय प्रदूषण, वनविनास, बालीनालीमा अतिविषादीको प्रयोगका कारण आदिवासीको मानवीय जिवनमा प्रत्यक्ष प्रभाव परेको छ । परिणाम स्वरुप हत्या, हिंसा, आत्महत्या र मानसिक सन्तुलन गुमाउने खालका समस्याहरु बढ्दो क्रममा छन् । वार्षिक ८–२५ जना सम्मले आत्महत्या गरेको रेकर्ड छ ।

२. सन् १९८८ अक्टोबर ५ मा बनेको संविधानले आदिवासीहरुको क्षेत्र निर्धारण गर्दै अधिकार सुनिश्चित गरेको हो । तर समय क्रमसगै ठूला किसानहरुले आदिवासी समुदायको क्षेत्र हडप्दै त्यसलाई विभिन्न बहानामा औपचारिकता दिने गरेका छन् । सन् २०१० मा आदिवासीहरुको पहिचान गरी अवस्था, इतिहास, धर्म, संस्कार, भाषा आदिको आधारमा ३०५ वटा आदिवासी रहेको दस्तावेज छ भने अझै ५०० वटा आदिवासी समुदायको पहिचान राज्यले दिएको छैन ।

३. ७ वटा प्रदेशमा ग्वारानी क्वाइवाको बसोबास छ । ग्वारानी आदिवासी मध्ये ७७%ले आफ्नो जमिनको स्वामित्व हासिल गरेका छैनन भने अन्य ३३% आदिवासीको पनि विस्थापित र पुर्नस्थापनाको क्रम चलिरहन्छ । ‘गर वा मर’को अवस्थामा रहेका यहाँको ग्वारानी जाति ‘बरु आफू मर्न तयार छौ तर आफ्नो जमिनको पहिचान गरी स्वामित्व लिएरै छाड्ने’ दाबी गर्छन् ।

४. यहाँ मानिसहरु बिना कारण कुटिन्छन् लखेटिन्छन्, कति ठूला किसानबाट मारिन्छन् तर न कसैलाई कारवाही हुन्छ न त घटनाको बारेमा अनुसन्धान नै हुन्छ । कति त मृृत शरीर गायब पारिन्छ । संविधानले नागरिकको स्तर दिएर के गर्नु ? आफ्नो र आफ्नो सामुदायको यो अवस्थाबाट दिक्क भएर युवाहरु कि हत्या गर्न पुग्छन् कि त आफै आत्महत्या गर्दछन् ।

अध्ययन गरिरहेको विद्यार्थी छन् । उनको घर ब्राजिलको साव पाउलो नजिकै छ । अध्ययनको लागि उनी त्यहाँ भाडामा बस्दै आएकी रहेछिन् । आत्मीय सत्कार, मैत्रीपूर्ण वातावरणमा क मरियानासंग बस्ने हामीलाई निकै सजिलो भयो । मरियाना आफ्नो प्रोफेशर गाभीबाट प्रभावित भएर माक्र्सवादमा झुकाव बढ्न गएको बताउथिन् । ‘विश्वका धेरै देशहरु मध्ये पुग्ने पर्ने र अत्यन्त सुन्दर देश नेपाल हो’ नेपाल भ्रमण गरेका आफन्तले भनेका रे । नेपाल जाने र हिमालको नजिक जाने उनको धोको छ । मैले नेपाल भ्रमणमा चाडै आउन भनेको छु । हामी बिहान ८ बजे पुग्यौं । यो ब्राजिलभरमा आदिबासीको बारेमा अध्ययन अध्यापनको अनुमति पाएको एकमात्र विश्वविद्यालय हो । यहाँ यसको साथै समाजशास्त्र स्वास्थ्य, लैङ्गिक अध्ययन र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा पढाई हुने रहेछ ।

६. सामाजिक, शैक्षिक र साँस्कृतिक अवस्था विद्यालयको शिक्षा पार गरिसकेपछि आफ्नो सामुदायकै विषयमा केन्द्रित भएर विद्यार्थीले अध्ययन गर्न र प्रयोगात्मक प्रयोग सहित व्यवहारिक शिक्षा लिन यहाँ आउने गर्दछन् । मुख्यतः ग्वारानी जातका आदिवासीको संघर्षलाई जीवन्त राख्न, नयाँ पुस्तालाई जानकारी दिन चाहान्छन् । आदिवासी आन्दोलनको सकारात्मक उपलब्धीको रुपमा यस विश्वविद्यालयलाई लिन सकिन्छ । आदिवासी विद्यार्थी यसलाई राज्यले आफ्नो सामुदायलाई गरेको सम्बोधन भन्ने मान्दछन् । युवा र महिलाहरुले आफ्ना माग र आवश्यकतालाई छुट्टा छुट्टै माग राख्ने र एकअर्का संग सहकार्य गर्दै जाने गरेका छन् ।

हामीले यहाँका विद्यार्थीलाई कक्षा कोठामा भेटेर परिचय गर्ने अनुभव आदानप्रदान गर्ने र अध्ययन अध्यापन विधि बारेमा छलफल ग¥यो । उमेरका हिसाब भन्दा पनि अनुभव र भोगाइको हिसाब गर्ने अवस्था त्यहाँ थियो । बुवा–छोरी एउटै कक्षामा अध्ययन गर्ने गरेको देख्दा खुशी लाग्यो ।यहाँको अर्को सकारात्मक पक्ष भनेको यहाँ आफ्नो बच्चा आमा सगै कक्षा कोठामा बस्न पाउने व्यवस्था रहेछ । ल्याटिन अमेरिकाका अन्य विश्वविद्यालयमा पनि यो व्यवस्था रहेछ । किनभने बच्चा ५ वर्ष नपुगुन्जेल आमा सगै वा एकाघरकै परिवारका सदस्यसंग बस्न पाउने बालअधिकारको व्यवस्था यहाँ रहेछ ।

हामीले अवलोकनको क्रममा विद्यार्थीले निर्माण गरेका आदिवासीको जिवनशैली झल्काउने सामाग्रीहरु हे¥यौ । मान्द्रो, कुचो, गुलेली, थुन्चे, ढकी, भाला आदि सामाग्रीहरु थिए । खर वा घास पातहरुबाट बनाएको प्राथना घर थियो । काठको बिचमा प्वाल पारेर बनाइएका भाडा वर्तन पनि राखिएको थियो ।

नजिकै एनिमल साइन्सकी विद्यार्थीले खरायो पालन व्यवसाय सुरुवात गरेकी रहिछिन । हामी त्यहाँ गयौ र हे¥यौ । उनले भनिन हाम्रो प्रयोगात्मक कक्षाको लागि पनि यो आवश्यक छ साथै यो सानो व्यवसाय पनि हो । यहाँ, सानो लगानीबाट पनि काम सुरु गर्न गराउन सकिन्छ , जुन नेपालमा पनि सजिलै सम्भव छ भन्ने लाग्यो । क दमियाना (४९ंवर्ष) को कथा खाना सजिलै पश्चात हामी आदिबासी समुदाय ग्वारानीको एक साना बस्तीमा पुग्यौ बस्ती भन्दा पनि सडक नजिकैको एक घरमा पुग्यौ , जहाँ एक जना वृद्ध एकल महिला (५० वर्ष) संग भेट भयो । क.दमियान क.लिदिया पहिले पहिले पनि त्यहाँ पुग्ने, दुख सुख सुनिदिने गर्ने भएकोले चिनजान रहेछ । वृद्ध महिलाले सबैसंग दरो संग हात मिलाउन र अंकमाल गरिन ।यो यहाँको चलन नै रहेछ सबैतिर ।

मेरो घर उता सडक पारी हो । हाम्रो पुस्ता मैले जानेदेखि त्यही बसेको थियो ।तर अहिले त्यहाँ सुगरमिल छ । हामीलाई कुनै मुआब्जा बिना जबरजस्ती त्यहाबाट हटायो । मेरो खेतबारी गरि खाने ठाउँ त्यही थियो । अहिले जाने अनुमति छैन । सरकारले सुरक्षा दिन भनेर सेना । पुलिस खटाएको छ । त्यो ठाउँबाट विस्थापित हुने बेलामा गोली चलायो । हाम्रो जमिनको स्वामित्व खोसियो । सरकार र ठुला किसान हाम्रा दुश्मन बनेर आए । यहि आन्दोलनको क्रममा हामीले ५ जना गुमायौ आन्दोलन गर्दा गर्दै मेरो श्रीमानको मृत्यु भयो उनले भक्कानिदै भनिन् । मेरो १०वर्षको नातीलाई सडकमा ट्रकले नियतवस किचेर मा¥यो । त्यो ड्राइभर आदिबासी विरोधी हो त्यही भएर उसलाई कुनै कारवाही भएन् ।

हामी उनको घरमा पुगेपछि उनले आफ्नो पोशाकमा केही आदिबासीको पहिचान थपेर निस्किइन् । टाउकोमा फुल बुट्टा देखिने रुमाल र घाटीमा अन्नबाट बनाइएको माला लगाएर आइन् । उनले विरक्त लाग्दा भाषामा एउटा वासको मोटो डण्डी समाइन र भुइमा ठोक्दै भाकामा गाउन थालिन । हामी सबैले साथ दियौं । छिटो–छिटो गाउन थालिन । हामी गोलो भएर अगाडि पछाडि गर्दै गायौ । हामीलाई लाग्यो कि आफ्नो कोही नहुदा कोही अपरिचित मानिस पनि आफ्नो लागेर होला मनको भावना पोखेको हुन सक्छ । तर यो आम आदिवासीको संस्कृति रहेछ । पाहुना आउदा स्वागत गर्ने, बिदाई गर्ने, खाना खानु अघि सोही गित गाउने चलन रहेछ ।

सयौं बर्षदेखि त्यस ठाउमा बस्दै आएको ठाउँ छोड्न किन बाध्य पारियो ? यति धेरै पिडा र समस्याको बिचमा पनि किन क.दमियाना पुन आफ्नो जमिन पाउने विश्वास सहित संघर्ष गरिरहेकी छन् ?

सन् १८८९ मा ब्राजिलमा दासप्रथा कायमै थियो । १९४५ ताका ल्याटिन अमेरिका, अमेरिकाको उपनिवेशमा दोस्रो विश्वयुद्ध थियो । यस समयमा (१९३०–१९४९) ल्याटिन अमेरिकामा औधोगिक क्रान्तिको समय अवधि हो । यस समयमा संयुक्त राष्ट्रसंघले विश्वमा नै आफ्नो साम्राज्य जमाउदै थिये । यद्यपी स्वय अमेरिका व्रिटेनको उपनिवेशबाट मुक्त भैसकेको थिएन । यो बेला ब्राजिलको पुर्वी भागमा पने ‘मातो ग्रासो दो सोउल” प्रदेशको आसपासमा प्रशस्त उब्जाउ जमिन माथि अमेरिकी उद्योगपतिहरुको आखा लाग्यो । ठुला कृषि उत्पादन खास गरी चिनि उद्योग अभियानको लागि स्थानिय सेना प्रहरीको वटालियननै थिए । तर कालान्तरमा ल्याटिन अमेरिका (ब्राजिल)को सरकार र सरकार संचालकहरुले त्यहाँका (जनजाती) आदिबासीहरुलाई कुनै उद्योगपति र ठुला किसानकै सपोर्ट गर्न थाले ।

५०० वर्ष पुरानो इतिहास रहेको ग्वारानी कवाइवा जाति १०० वर्ष देखि निरन्तर त्यही ठाउँमा बस्दै आएको छ । ब्राजिल भरी ६००० भन्दा बढी ग्वारानी क्वाइवा छन भने ८०% ग्वारानी जाति यस प्रदेशमा बसोबास गर्छन । ब्राजिलमा मात्र हैन ब्राजिलको सिमाना पर्ने बोलिभिया, पारागोया, अर्जेटिना लगायतको देशमा पनि यो आदिवासी सामुदाय ठुलो संख्यामा बसोबास गर्दछन । ग्वारानी क्वाइवा जाति पारागोय नदीको आसपास र सिमानालाई आफ्नो उदगम स्थलको रुपमा दावा गर्दै आएका छन् ।यस क्षेत्रका प्राकृतिक स्रोतसाधन, खोलानदी र उब्जाउ जमिन देखेर नै अमेरिकी उपनिवेशले आफ्नो साम्राज्य जमाएका थिए । अहिले त्यसैको प्रभावस्वरुप पुजीपतिहरु आफ्नो पुजी लगानी गर्ने,उद्योग खोल्ने, बढी भन्दा बढी नाफा कमाउने र त्यहाका आदिवासीहरुलाई विस्थापित गर्ने गरिरहेका छन् । कसरी मधुरो स्वर बन्यो त ? ग्वारानी क्वाइवाका आदिबासीहरुको ? अमेरिकी साम्राज्यको समयमा यस क्षेत्रका ९५% मानिस जमिनको लागी लडाई लड्दा लड्दै मारिएका थिए ।

दोस्रो विश्वयुद्ध पश्चात अर्थात १९ औ शताब्दीको अन्ततिर र २० औ शताब्दीको सुरुवातका दिनहरुमा विश्वमा अन्तराष्ट्रिय स्तरका संघ संगठन खुल्न थाले । जसले साम्राज्यवादी व्यवस्थालाई समयको आवश्यकताको रुपमा लिने गर्यौ । पुजीवादी बुर्जुवा वर्गको पक्ष पोषण गरी उपनिवेशलाई मलजल गर्ने काम भयो । विश्व बैंक, विश्व व्यापार संघ, संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय संगठनहरुले आवरणमा गरिब, सिमान्तकृत वर्गको पक्षमा काम गर्ने भने पनि खास भित्रि उद्देश्य पँुजीपति र वुर्जुवलाई प्रोत्साहन गर्ने नै थियो । यसले गर्दा ल्याटिन अमेरिकाको ग्वारानी समुदाय प्रत्यक्ष प्रभावित भए । विस्थापित हुनुप¥यो । आफ्नै जमिनको लागी सधै लड्नुप¥यो ।

जमिन प्राप्तीको संघर्ष

सन् १९४९ मा ग्वारानी क्वाइवा समुदायले आफ्नो एक मिलियन हेक्टर जमिन गुमाउनु प¥यो । आफ्नो समुदायको बस्तीनै सखाप र ध्वस्त बनायो । एकाधिकार र साम्राज्यको सिकार बन्नुप¥यो । सेना प्रहरीको बटालियनको केही सिप चलेन् ।

दौराडोज नगरपालिका मातो दोसो दो सोउलको १२ नगरपालिका मध्ये एक हो । यहाँ २००५ देखि २०१५ सम्ममा ३ पटक आफ्नो बसोबास गर्दै गरेको जमिन छोडदै पुनः बस्नु परेको छ । एक स्थानियका अनुसार ‘हामीले २०१२ मा सरकारका १०० भन्दा बढी प्रहरी भ्यान र सयौको संख्यामा आएका सेना प्रहरी संग ३ दिन, ३ रात लड्नु प¥यो । अन्त्यमा सरकार र हाम्रो बिचमा सम्झौता गरेर यहाँ बस्न थालेका छौं ।’ उनले भने, ‘त्यसो त आफ्नो आधिकारिक बसाई र जमिनलाई पहिचानलाई स्थापित गर्ने चाहना नभएको होइन तर ब्राजिलको संविधान कानुन अनुसार जमिनको हिस्साको पहिचानको लागि धेरै कागजपत्र मिलाउनु पर्ने हुन्छ जुन हामीसँग छैन । तर पुँजिपति, उद्योगीहरुले विभिन्न बाटो प्रयोग गरी कागजपत्र मिलाउछन्’ ।

‘मेरो बुवा, हजुरबुवा, जिजुबाजे, यहि जमिनमा बसे, अहिले हामी छौं । म कल्पना गर्न सक्दिनँ, हाम्रो पुरानो पुस्ताले यो पीडा र समस्या भोग्नु नपरोस् भनेर हामी स्थानीय सरकारलेसंग समन्वय र सहकार्य गर्दै छांै । अहिले स्थानिय सरकारले हामीलाई गर्ने व्यवहारमा सकारात्मक सुधार आएको छ । हामी आशावादी छौ ।’

ग्वारानी क्वाडवा जातिको केन्द्र कारायो नगरपालिका

करायो नगरपालिका ग्वारानी क्वाइवाको जातिको उलेख्य संख्या रहेको छ । सन १९१४ देखि यस ठाउँमा बस्दै आएका ग्वारानी जातिको जमिन प्राप्तीका संघर्ष उस्तै छ । कानुनी बाधा र व्यवधान कायम नै छ । एक स्थानिय अनुसार २००८ मा प्रहरीको जत्या सबै घरहरु जलाइदियो । हाम्रा घरका सम्पुर्ण सामानहरु खाडल खनेर पुरीदियो । त्यस समयमा एक स्थानियको मृत्यु भयो ६ जना अहिले सम्म गोलीको छर्रा शरिरमा बोकेर हिडिरहेका छन् । सयौ घाइते भए र पिडादायी जिवन भोगि रहेका छन ।

यस नगरपालिकामा शिक्षक तथा प्रोफेशरको स्थायी बसोबास गर्दा, हाम्रो साझा उद्देश्य यहाँका ग्वारानी क्वाइवा जातिको जमिन प्राप्त गर्ने सघर्षमा सहयोग गर्ने हो सहभागी हुने हो । यहाँ अहिले ३५९५हेक्टर जमिन आदिवासी परिवारको नाममा पहिचान थियो ।जुन हाम्रो साझा उद्देश्यले पुरा भएको हो । जनसख्याको वृद्धि संगै जमिनको आवश्यकता बढ्यो । यसलाई बढाएर हामीले ५६००० हेक्टर बनाऔ । यहाँ ग्वारानी क्वाइवाको बसोबासका साथै अध्ययन जुन दिल्मा सरकारको समयमा भएको हो अनुसन्धानके लागी पनि हो । आदिवासीके जिवन, इतिहास, सघर्ष र आगामी शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभुत अधिकारको बारेमा शसक्तिकरण जागरण ल्याउनु पनि हो । (स्रोतः एक प्रोफेसर)

अर्का प्रोफेसरका अनुसार यो जमिन आदिबासीको पहिचान यसै भएको छैन । यहाँ आसपासका ठुला किसानको ज्यादती बयान गरेर साध्य छैन । आदिवासी समुदायको पक्षमा रहेकै कारण हाम्रो २ जना प्रोफेसर मारिए । १ जनाको त लास पनि भेट्टाउन सकेनौ । यहाँका युवा सधै ठुला किसानका निसानामा पर्छन । आदिवासीलाई जागरण गरायो भनेर १६ वर्षे युवालाई मारेर खोलामा फाले ।

यहाँको ‘न्यायिक व्यवस्थानै फरक छ । कानुन आदीवासीलाई फरक छ । ठुला किसानलाई राज्यले सहयोग गर्छ, सहजीकरण गर्छ तर आदिवासीलाई लखेटछ् । यो सबै पुजीवादी समाज र वुर्जुवाहरुको अत्याचार हो ।’ एक युवाले भने ।

ल्याटिन अमेरिकाको जनसख्यामध्ये ९१% ठूला शहर र शहरका आसपासमा बस्छन् । शहरदेखि पर बस्ने भनेको ग्वारानी क्वाइवा जस्तै अन्य जनजाति सामुदाय हो । आदिवासी समुदायको नजिक बस्ने अन्यलाई उनिहरुको जिवन र सघर्षको बारेमा जानकारी नभएको पनि हैन तर उनिहरुलाई कुनै चासो छैन र केही बोल्दैनन् । बरु उल्टै सरकार र ठुला किसानको पक्षमा बोलिदिन्छन् ।

विद्यालयमा जान आउन यातायातको समस्या मुख्य समस्या हो । मुल सडकबाट केही भित्र (५–२५–३०) किलोमिटरमा आदिवासी बस्ती छ । जहाँ यातायातको साधन जाने अनुमति छैन । बस चढेर विद्यालय जान नै निकै समय हिडनुपर्ने हुदा बालबालिका स्कुल समयमा पुग्दैनन् बाटोबाटै फर्कन्छन् । ठुला किसानका छोराछोरीले पिट्छन् ।

सामाज्यवाद र उपनिवेशले ल्याटिन अमेरिकी आदीवासीको जिवनमा प्रत्यक्ष प्रभाव परेको छ । पुँजीवादी र बुर्जुवा वर्ग नाफा कमाउन चाहन्छ । लगानी गर्न चाहन्छ । सरकार त्यसलाई सहयोग गर्छ । किनभने पँुजीवादीहरुको धर्म नाफा कमाउनु हो । तर नाफा कमाउने काममा जनजाति ÷आदिवासीहरुलाई संलग्न गराइँदैन । मात्र कामदारको रुपमा प्रयोग गरिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution