हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

बलात्कार : समाधान मृत्यूदन्ड की वेश्यावृत्तिलाई कानूनी मान्यता

दिनेश घिमिरे

दिनप्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । बलात्कारका घटना बढेसँगै सँगै अभिभावकलाई आफ्नो छोरीहरुलाई कसरी जोगाउने र युवती तथा महिलाहरुलाई कसरी जोगीने भन्ने चिन्ता बढेको बढिरहेको छ । पछिल्लो ५ बर्षको तथ्यांकलाई हेर्ने हो भने पाँचबर्षमा ५ हजार ३ सय १९ बलात्कार भएको डरलाग्दो तथ्यांक छ । अझ उजुरीमा नआएका घटनाहरुको अवस्था कति होला ? र हाम्रो देशमा बलात्कारको भयाभह अवस्थाले समाज कतातिर जाँदैछ सोच्नै कहालिलाग्दै न र ? मुलुकमा भएका बलात्कारका घटनाहरुलाई हेर्ने हो भने पछिल्ला पाँचबर्षको तथ्यांकलाई एक पटक हेरौं ।

यस्ता छन् बलात्कारका तथ्यांक

आर्थिक बर्ष २०६९।७० मा ६ सय ७७ वटा बलात्कारको घटना, २ सय ४५ वटा बलात्कार प्रयास
आर्थिक बर्ष २०७०।७१ मा ९ सय १२ वटा बलात्कारको घटना ,४ सय १४ वटा बलात्कार प्रयास
आर्थिक बर्ष २०७१।७२ मा ९ सय ८१ बलात्कार ५ सय ६२ बलात्कार प्रयास
२०७२।७३ मा १ हजार ८९ बलात्कार घटना ४ सय ५१ बलात्कार प्रयास
२०७३।७४ मा १ हजार १ सय ३१ बलात्कार ५ सय ३६ बलात्कार प्रयास
२०७४।७५ को फागुन मसान्तसम्म ५ सय २९ वटा बलात्कारका घटना

पछिल्लो ३ बर्षको तथ्याङ्क

आर्थिक बर्ष २०७०।७१ को ९ सय १२ घटना मध्ये ५ सय ६४ जना बालिका र ३ सय ७० जना महिला बलात्कारको सिकार भएका थिए त्यसैगरी २०७१।७२ मा ६ सय ६६ बालिका र ३ सय १५ महिला बलात्कारमा परेका थिए । त्यसैगरी २०७२।७३ मा २ सय १३ जना १० बर्ष भन्दा मुनिका बालिकाहरु बलात्कारको सिकार भएको तथ्यांक छ । यही बर्ष ४ सय ६८ जना १६ देखि १८ बर्ष उमेरसमूहका किशोरीहरु बलात्कारको सिकार भएको देखिन्छ भने ४ सय ८ जना १९ देखि माथि उमेर समुहका महिलाहरु बलात्कारको सिकार भएका छन् । तथ्यांकले के देखाउँछ भने प्रत्येक बर्ष बलात्कारका घटनाहरु बढिरहेका छन् ।

कञ्चनपुरमा एउटी बालिकाको बलात्कारपछि भएको हत्याको सात हप्ता हुन लाग्दा पनि अझै दोषीको पहिचान हुन सकेको छैन । तर सो घटनापछि बलात्कारका घटना अझ वृद्धि भएको नेपाल प्रहरीले समेत स्वीकारेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा मुख्य अभियुक्त भनी पक्राउ गरिएका एक जनालाई सोमवार डीएनए नमिलेको भन्दै छोडिएको छ ।

सो घटनाको छानबिन गर्न गठित सरकारी समितिका संयोजक हरिप्रसाद मैनालीले अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको बताएका छन् ।

तर उक्त घटनाको टुङ्गो लाग्न नपाउँदै त्यसयता देशका विभिन्न स्थानमा बलात्कारका घटनाहरू भएका विवरणहरू प्राप्त भएका छन् ।

कतिपयले यस्ता घटना दोहोरिरहनुलाई सामाजिक सोच र संवेदनशील विषयमा समेत अनुसन्धानका क्रममा देखिएको कमजोरीलाई जिम्मेवार ठानिरहेका छन् ।
त्यसोत बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेको पाइएकाले अनुसन्धान गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस सुरू हुन्छ । उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्नेजस्ता कुराहरू उठ्न थाल्छन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू ११ देखि १७ वर्ष बीचका बालिकाहरू धेरै रहेको पाइएको छ । गत वर्ष मात्र देशभरिबाट प्रहरीमा १,४८० बलात्कारका उजुरी दर्ता भएका थिए जसमध्ये १,१६६ अभियुक्तलाई अदालतमा उभ्याइएको प्रहरीको भनाइ छ । तथ्यांकलाई हेर्ने हो भने प्रत्येक बर्ष बलात्कारका घटनाहरु बढिरहेका छन् ।

तर पनि घटनाहरू कम हुनुको साटो बढ्नुको कारण पत्ता लाग्न सकेको छैन । कतिपयले भने यसअघिका न्यायसम्पादन र कानुनी कारवाहीमा पीडितलाई निरुत्साहीत गर्ने प्रवृत्ति देखिएकाले कडा कानुन हुँदा हुँदै बलात्कारका घटनामा कमी नआएको बताउँछन् ।
बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडितहरूले प्रहरी कार्यालय तथा अदालतमा बारम्बार झेल्ने तनाव र दुव्र्यवहारले उल्टै पीडकलाई प्रोत्साहन गरिरहेको अधिकारकर्मीहरूको तर्क छ ।

कैयौँ अवस्थामा बलात्कारसम्बन्धी अपराधलाई समेत सामाजिक मेलमिलापको विषय बनाइँदा यो अक्षम्य अपराध भएको कुरा समाजले लिन नसकेको बताइन्छ ।

पीडितको सुरक्षा, प्रमाणको संरक्षणदेखि लिएर समाजमा पुर्नस्थापनाको काममा समेत स्पष्ट सरकारी नीतिको अभावले कानुनी कारवाही प्रभावकारी नभएको कानुनविदहरू बताउँछन् ।

कतिपय जानकारहरू भने बलात्कारका घटनाहरु अकस्मात बढेको स्वीकार्दैनन् । उनीहरूको भनाइमा पहिले लुकाइने गरिने त्यस्ता घटनाहरू अहिले बाहिर आउने गरेकोले सङ्ख्या बढेको जस्तो देखिएको हो ।

समाजमा दिनप्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । बलात्कारीलाई यो वा त्यो सजाय दिनुपर्छ भन्ने आवाज त उठेको छ तर बलात्कार न्यूनीकरणका उपाय के हुन् खासै बहसमा समेत आउन सकिरहेको छैन ।

समस्याको चुरो पहिल्याइएन भने हाँगा छिमलेरमात्रै के गर्नु हो केही घटना बाहेक अपराधी पक्राउ त परेको छ तर पनि किन घटना न्यूनिकरण भइरहेको छैनत ?

कतिपय जानकारहरु हाम्रो समाजमा यौन कुण्ठा व्याप्त रहेको बताउँछन् । उनीहरुका अनुशार यौनलाई यति गोप्य बनाइएको छ कि प्रायःको दिमागमा कौतूहलताको भुंग्रो छ ।

यौनका कुरा गरेमात्रै पनि ‘लाज पचेको’ ‘नैतिकहीन’ ‘पतन’ आदि विभिन्न आक्षेप लग्ने गर्दछन् । यही आक्षेपका कारण मानिसले मनमा अतीशय कुण्ठा पालेको बताइन्छ । । यौन कुन्ठाले निकाश नपाउँदा बलात्कार, यौनजन्य हिंसा आदि विभिन्न रूपमा विकास भइरहेको कतिपयको तर्कछ ।

उनीहरुका अनुशार यौनमा जति बन्धन खडा ग¥यो, त्यति नै यो पासो बन्दैजान्छ । अतः हामी यौनका विषयमा खुल्ला, उदार बन्नैपर्छ । यौन शिक्षा, यौन सचेतना, एउटा उपाय हुन सक्छ । वेश्यावृत्तिलाई कानुनी मान्यता दिने अर्को उपाय हुन सक्छ । आवश्यक व्यक्तिले सुरक्षित तरिकाले उपभोग गर्न दिन हामीले किन कञ्जुस्याइँ गर्ने ? उनीहरुको तर्कछ ।

यौनलाई जति हाउगुजी बनायौँ, जति गुप्त राख्दै गयौँ, त्यति नै यसले अपराधको रूप धारणा गर्दै जाने खतरा टार्ने उपाय भनेकै वेश्यावृत्तिलाई कानुनी मान्यता दिने अर्को उपाय हुने उनीहरुको तर्क छ । लेख चक्रपथबाट साभार |

त्यसोत कतिपय अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजायको माग गरिरहेका छन् । बलात्कारीलाई फाँसी दिंदा एउटा बलात्कारीको त अन्त्य हुन्छ तर समस्याको जड कुरालाई बाँकि राखिरहँदा अन्य बलात्कारीहरु उब्जिरहने खतरा छ । त्यसैले कडा भन्दा कडा कानून सँग सँगै बेश्यावृद्घिलाई कानुनी मान्यता दिने बहश सुरु गर्न ढिला भइसक्यो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution