हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

मुटुको सुरक्षामा ध्यान दिनुपर्ने कुराहरु

-डा. सुशील देवकोटा

शारीरिक रुपमा हाम्रो शरीर संचालनको निम्ति अत्यावश्यक अंग तथा भावनात्मक रुपमा मायासंग सम्बन्ध गासिएको मुटु स्वयंले भने आफूलाई चाहिने जति माया र स्याहार नपाएको तथ्य उपलब्ध तथ्यांकहरुले उजागर गरेका छन् र हृदयघात तथा मुटु सम्बन्धी अन्य रोगहरुको उपलब्ध तथ्यांक केलाउंदा यो तथ्य बाहिर आएको हो र मुटु सम्बन्धी रोगहरु विकसित देशहरुमा एक किसिमको महामारीकै रुपमा फैलिएको कारण यसको विरुद्धमा लड्न सशक्त कदमको आवश्यक्ता महसुस गरी सन् २००१ देखि विश्व मुटु संगठनले सेप्टेम्बर महिनाको अन्तिम आइतवारलाई विश्व मुटु दिवसको रुपमा घोषणा गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ र तर सन् १९९९ भन्दा अघि विकसित देश तथा उच्च जीवनशैली व्यतित गर्नेहरुको रोग भनेर चिनिने मुटुरोगले अहिले भने अति कम विकसित तथा विकासोन्मुख देशका मानिसहरुलाई आफ्नो शिकार बनाउदै लगेको देखिन्छ र विश्व स्वास्थ्य संगठनको एक आंकडा अनुसार बर्षेनी विश्वमा मुटुरोगको कारण मात्रै करिब दुई करोड मानिसको ज्यान जाने गरेको छ, जसमध्ये करिब ८५ लाख मानिस विकासोन्मुख देशका नागरिक रहने गरेका छन् र नेपाल पनि मुटुरोगको जोखिममा देखिन्छ र विर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, गंगालाल राष्टि्रय हृदय केन्द्र, नर्भिक लगायतका अस्पतालमा उपलब्ध तथ्यांक तथा विरामीको चापले यही कुरालाई संकेत गरिरहेको छ कि यो रोग विगतमा भनिए जस्तै धनीहरुको मात्र रोग नभै सामान्य मानिसहरुको पनि टाउको दुखाईको विषय बन्दै गएको छ र यदि अहिलेकै अवस्था जारी रहने हो भने सन् २०२० सम्ममा नेपालमा मुटुरोग सबैभन्दा ठूलो मृत्युजन्य रोग बनेर देखा पर्ने नेपालमा मुटु रोगको बारेमा कार्य गरिरहेको र कतिपय विरामीलाई सहयोग समेत प्रदान गरिरहेको नेपाल मुटु संगठनका कार्यक्रम निर्देशक सुमन अधिकारीले बताउनु भएको छ र अहिलेको अवस्थामा विकसित देशका मानिसलाई भन्दा विकासोन्मुख देशका नागरिकलाई यो रोगले आफ्नो शिकार बनाउनुको प्रमुख कारणको रुपमा जन चेतनाको कमीलाई लिइएको छ र स्वस्थ जीवनशैली, यस रोगका जोखिमपूर्ण तत्वहरु जानकारी तथा नियमित स्वास्थ्य परिक्षणको अभावमा विकासोन्मुख देशका जनताहरु दिनानुदिन आफ्नो मुटुलाई रोगी बनाउन बाध्य छन् र अस्वस्थकर खाना तथा फास्टफूडको बढ्दो प्रभाव, मादक पदार्थको सेवन, मोटोपन तथा शारीरिक कृयाशिलताको कमीको साथमा मानसिक तनावयुक्त जीवन, अहिलेको अवस्थामा स्वस्थ मुटुको शत्रुको रुपमा देखिएका छन् र नेपालमा मुटुरोग सम्बन्धी काम गर्ने १९ विभिन्न संस्था भएता पनि तीनको कार्यहरु सन्तोषजनक छैनन् र यसैकारण हरेक व्यक्ति तथा समुदायले आफ्नै पहलमा आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदान गरेर स्वस्थ जीवनशैली जिउनुको महत्वको बारेमा जनचेतना फैलाउन सकेको खन्डमा मुटु रोग मात्र नभै अन्य विभिन्न रोगबाट समेत मुक्ति पाउन सकिनेमा कुनै द्धिविधा छैन र यसको निम्ति निम्न केही उपायहरु अवलम्वन गर्न सकिएको खन्डमा मुटुरोगबाट बच्न सकिन्छ:

१) धूमपान त्यागौं: करिब ५० प्रतिशत मुटु रोगी अत्यधिक धूमपानको कारण रोगी बनेका हुन्छन् र यसैकारण धूमपान मात्र त्याग्न सकियो भने पनि हामीले मुटुरोगको जोखिमलाई ५० प्रतिशतले घटाउन सक्छौं र

२) तीस बर्षको उमेर पछि हरेक वर्ष नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्छ, जसको कारण मधुमेह तथा उच्च रक्तचाप जस्तो रोगहरुको समयमै निदान हुन सक्दछ र यी रोगहरुलाई समयमै नियन्त्रण गरियो भने पनि मुटुरोगको जोखिमबाट बच्न सकिन्छ र

३) नियमित रुपमा शारीरिक व्यायाम गर्ने र वजन घटाउने कोशिश गर्ने तथा अत्यधिक गुलियो, चिल्लो, तारेको एवं फास्टफूडको सेवन नगर्ने र विशेषत पेटमा जम्मा भएको बोसो मुटुको निम्ति हानीकारक हुन सक्छ, यसैकारण पेट तथा शरीरमा रहेको अनावश्यक बोसो घटाउन शारीरिक कृयाशीलतामा ध्यान दिने र

४) खानेबानीमा सुधार ल्याउने र हामी विशेषतः माछा, मासु आदि खानुपर्दा रातको समयमा खाने गर्दछौं र भरपेट खाएको केही समयमा नै सुत्न जान्छौं र यो मुटु तथा समग्र स्वास्थ्यको निम्ति हानीकारक छ र माछा, मासु आदि खानु छ भने विहानी भोजनमा खाने, रात्रीकालीन भोजन सकेसम्म हल्का गर्ने तथा भोजन गरेको दुई घन्टा पछि मात्र सुत्न जाने बानी बसाल्नु पर्दछ र

५) मानसिक शान्ती र जतिसुकै व्यस्त जीवनशैली भए पनि आफ्नो परिवार तथा साथीभाइसंग विताउनको निम्ति केही समय निकाल्नुपर्छ र सो समयमा सम्पूर्ण तनाव भूलेर मनलाई आनन्दित बनाउने कोसिस गर्नु पर्दछ र सधैं मुस्कुराउने तथा जीवनको हरेक क्षणलाई स्वभाविक रुपमा लिई रमाउने कोसिस गर्नुपर्छकस् र

६) दिनमा कम्तीमा पनि ३० मिनेट र हप्तामा कम्तीमा पनि पांच दिन पसिना आउने किसिमको शारीरिक व्यायाम गर्ने र मौका मिलेसम्म शारीरिक कृयाशीलता हुने किसिमका कार्यहरु गर्ने र टेबलमा बसेर गरिरहनु पर्ने काम छ भने पनि केही समयको अन्तरालमा टहल्न निसक्ने, एकै ठाऊंमा विहान देखि बेलुका सम्म बसि नरहने र

७) बेलैमा ध्यान दिइएको खन्डमा भविष्यमा हुने रोगको उपचारको क्रममा हुने तनाव, खर्च लगायत धेरै कुराबाट बच्न सकिन्छ र सानो सानो कुरामा ध्यान दिइयो भने ठूला समस्याबाट मुक्ति पाउन सकिन्छ र यसैकारण स्वस्थ शरीरलाई रोगी बनाउनु वा सामान्य रोगलाई जटिल बनाउनु भन्दा समयमै आफ्नो जीवनशैलीमा सामान्य सुधार गरी बुद्धिमता अपनाउनु राम्रो हुन्छ र

सामान्य लक्षण र तीनका संभावित मुटुरोगः

१) ज्वरो सहितको घांटी दुखाई (जस्तो कि टन्सिलाइटिस वा फ्यारेन्जाइटिस), यस पछिको ज्वरो सहितको जोर्नीको दुखाइ र सूजन अनि यस पछिको देब्रे छातीको दुखाइ, सास फेर्न समस्या, मुटुको तीव्र धडकन: बाथ मुटुको रोग र

२) तपाईंलाई अफिस जानको निम्ति ढिला भइसकेको छ, बसस्टपमा पुग्न लाग्दा तपार्इंले आफ्नो रुटको बस देख्नुभयो जुन गुड्न सुरु गरिसकेको छ, तपाईं अलि छिटो दौडन कोसिस गर्नुहुन्छ, त्यत्तिनै खेर तपाईंको देब्रे छातीमा पिडा महसुस हुन्छ: एन्जाइना पेक्टोरिस र सामान्य लक्षण देखिंदा नै स्वास्थ्य परिक्षण गराउनु भयो भने तपाईंको स्वास्थ्य मात्र होइन ठूलो रोग देखिए पछि उपचारमा लाग्ने पैसा र मानसिक पिडा पनि कम हुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution