हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

आदिवासीवाद : तामाङ राष्ट्रमाथि एस.सी.आर.सी.डिस्कोर्स सम्पन्न

पेमा तामाङ मोक्तान , याम्बु – एस.सी.आर.सी.डिस्कोर्सको एघारौं शृङ्खलामा “आदिवासीवाद : तामाङ राष्ट्र” शीर्षकमाथि विज्ञ नबिनकुमार मोक्तान तामाङले प्रस्तुत गरेका छन् । मोक्तानका अनुसार आधुनिक राज्यहरूका निमार्णपूर्व आदिवासीका आफ्नै समाज व्यवस्थापन पध्दति थिए । आधुनिक राज्यको निमार्णसँगै तिनका भूमि खोसेर औपनिवेसिकता थोपरे । स्रोत कब्जा गर्दै सांस्कृतिक अतिक्रमण गरे । त्यसप्रकार संसारभर एकै मानव भन्दै औपनिवेसिकता लादे तर ती औपनिवेसिकतावादीहरूआज नैतिकता र वैधानिकताको सङ्कटमा फसेका छन् ।


आधुनिक राज्यका स्थापना र त्यसले खडा गरेको राष्ट्रराज्य र राष्ट्रियताहरू आदिवासीहरूलाई दमन गर्ने नयाँ साधनको रूपमा विकास भए । तिनीहरूले आदिवासीहरूलाई कसरी समाहित गर्दै लैजाने भन्ने सम्बन्धमा विश्वव्यापी बहस गरेका पाउँदछौं तर त्यो बाटोबाट आदिवासीले साँच्चैको मुक्ति प्राप्त गर्न सक्ने छैनन् ।

त्यसकारण आदिवासीले औपनिवेसिकतामा आधारित सम्बन्धहरूबाट पूर्ण रूपमा मुक्त हुन जरूरी छ । त्यसपछि मात्रै आदिवासीहरूका भविष्य सुनिश्चित हुनेछ । अन्यथा औपनिवेसिकतामा आधारित यही समाजका साधनहरूबाट आदिवासी मुक्ति किमार्थ सम्भव छैन ।
आदिवासीहरूमाथिआन्तरिकर बाह्य गरि दुई तहको औपनिवेसिकता कायम रहेका छन् । आन्तरिक रूपमा राष्ट्रराज्य आफैँमा आदिवासीहरूका लागि औपनिवेसिक छ; जसले तिनका संस्कार, संस्कृति, भाषा र विश्वास परम्परा मास्दै प्रभुत्व जमाइरहेका छन् । त्यस्तैगरी बाह्य रूपमा बहुराष्ट्रिय कम्पनी लगायत विश्वव्यापीकरणको अर्को तहको औपनिवेसिकता कायम रहेको छ ।

यस्तै औपनिवेसिकताबाट मुक्त हुन राज्य लगायत औपनिवेसिक सम्बन्धहरूका अन्त्य जरुरी छ । त्यस्तैगरी आदिवासीहरूका खोसिएका जमीन तथा भूक्षेत्रहरूका स्वायतता अपरिहार्य छ । आदिवासी जीवनसँग जोडिएका आदिवासी समाज व्यवस्थापन विधिहरू थिए । तिनका पुनःस्थापना गर्दै नयाँ आयाम दिनु आदिवासीका लक्ष्य हुनुपर्दछ ।

कार्यक्रममा गन्बाको रूपमा लेखक तथा अनुसन्धानकर्ता मोहन योञ्जन तामाङले गरेका थिए । कार्यक्रम नेपाल तामाङ घेदुङको सभाहलमा सम्पन्न भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution