हेडलाईन

श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी         केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ         हामी जुटौं हाम्रै लागि : इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ भव्यताको साथ सम्पन्न        

युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल

फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ ।

यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न सकिनेछ । यसबाहेक न्यूज फिडमा सेभ गरिएका क्लिप पनि हेर्न सकिन्छ ।

दर्शकले जुन भिडियो धेरै हेर्छन्, त्यसले विज्ञापन पाउन थाल्छ । अहिलेसम्म निकै कम पब्लिसरले मात्र यो फाइदा पाइरहेका थिए ।

सुरुवातमा ब्रिटेन, अमेरिका, आयरल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डमा मात्र यस्तो सेवा उपलब्ध हुनेछ ।

भिडियोबाट हुने फाइदा निर्माता र फेसबुकलाई बाँडिनेछ । निर्माताले ५५ प्रतिशत र फेसबुकले ४५ प्रतिशत फाइदा पाउनेछ ।

फेसबुकले बुधबार सर्भिस सुरु हुने मिति बताउने तयारीमा थियो तर जानकारी लिक भएका कारण घोषणा कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । यसका कारण केही प्रयोगकताएले यसको पेज हेर्न सकिरहेका छैनन् ।

फेसबुकको वाच सर्भिसलाई युट्युबको प्रतिद्वन्द्वी मानिएको छ । तर यो युट्युबको मात्र नभई पारम्परिक टेलिभिजन च्यानल र अनलाइन आउटलेट जस्तै नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर र फेसबुकको आफ्नो इन्स्टाग्राम टिभीलाई पनि टक्कर दिनेछ ।

गत हप्ता एक अनुसन्धानले अमेरिकीले सुरुवाती वर्षमा मात्र यसमा रुची देखाएको बतायो ।

डिफ्युजन समूहले एक हजार ६ सय ३२ वयस्क फेसबुक प्रयोगकर्तालाई यसबारे प्रश्न सोध्यो । जसमध्ये ५० प्रतिशतले वाचबारे कहिले पनि सुनेका थिएनन् जबकी २४ प्रतिशतले आफूलाई अन–डिमान्ड सर्भिसबारे थाहा भएको तर कहिले पनि प्रयोग नगरेको बताए ।

१४ प्रतिशतले मात्र हप्तामा एक पटक यो सर्भिस प्रयोग गर्ने बताए ।

यद्यपी, केही अन्य रिपोर्ट अनुसार वाचका केही कार्यक्रमलाई लाखौंले हेरेका छन् । केही प्रयोगकर्ता एउटै कार्यक्रम पटक–पटक हेर्न चाहेको बताएका छन् ।

फेसबुकको दाबी अनुसार उनीहरुको यो सर्भिसले मानिसहरुबीच कुराकानी गराउन मद्दत गर्दछ ।

फेसबुकमा भिडियोका सह–संस्थापक फुड्जी सिमो भन्छिन्, ‘विषयबारे तपाईं साथी, अन्य प्रशंसक र निर्मातासँग कुराकानी गर्न सक्नुहुन्छ ।’
सिमोले वाच पार्टी फिचरबारे जानकारी दिएकी छिन् । उनका अनुसार यो विशेषताको मद्दतले दुईजनाले एकैपटक कार्यक्रम हेर्न सक्छन् ।

यदि कोही निर्माता फेसबुकको वाच सर्भिसका लागि कन्टेन्ट तयार गर्न चाहन्छन् भने उनीहरुसँग निम्न योग्यता हुन आवश्यक छः

– निर्माताले तीन मिनेटभन्दा लामो भिडियो बनाएको हुनुपर्छ ।

– दुई महिनाभित्र उनको कन्टेन्टलाई तीस हजार जनाले कम्तिमा एक मिनेट हेरेको हुनुपर्छ ।

– उनीहरुका १० हजार बढी फलोआर्स हुनुपर्छ ।

– उनीहरुको अफिस ‘एड ब्रेक’ सुविधा भएको कुनै देशमा हुनुपर्छ ।

एक इन्डष्ट्रि वाचरको मान्यता अनुसार यी शर्त स्वतन्त्र भिडियो निर्माताहरुका लागि फाइदाजनक हुनेछ ।बीबीसीबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution