प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग
राजेश रुम्बा तामाङ,भदौँ १३ । आदिवासी समुदायले ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरेको छ । प्रदेश ३ मा बस्ने स्थानिय समुदायको बाहुल्यताको आधारमा नेवा ताम्सालीङ राख्न माग गरेका हुन ।
नेवा ताम्सालिङ समन्वय समिति चितवनले वुधवार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउदै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
संघीय एकाई निर्माण गर्दा दलहरुविचमा भएको मुख्य आधार पनि जातीय÷समुदायगत भाषिक, सांस्कृतिक, भौगोलीक, क्षेत्रगत तथा ऐतिहासिक निरन्तरता हुन, ज्ञापन पत्रमा भनिएको छ प्रदेश ३ को नामाकरण गर्दा सम्बन्धित प्रदेशको मुख्य समुदाय र सो समुदायको ऐतिहासिक सभ्यता, साँस्कृतिक, भुगोल र एंवम उनिहरुको निन्तरतालाई विशेष ध्यान दिईयोस ।
नेवा तामसालीङ नामाकरण गर्दा स्थानिय बाहुल्य समुदायको पहिचानको संबोधन हुनका साथै पिछाडी परेका समुदायलाई अगाडि बढाउन सजिलो हुने विश्वास पनि गरीएको छ । यसले द्धन्द्ध पनि मेटिने, पहिचान पनि भेटिने तथा बहुपहिचानको नाराले पनि मुर्त रुप पाउने भएकाले विशेष ध्यान दिन अन्य सरोकारवाला पक्षलाई पनि अपिल गरेको छ ।
विज्ञाप्तिमा विगत लामो समयबाट हक अधिकारसँग पहिचानको मुद्धा केन्द्रत आन्दोलन हुदै आएकाले अब पनि माग सम्बोधन नभए मुलुकमा शान्ति कायम हुन नसक्ने र सरकारको विकास तथा समृद्धिको योजनाहरु सफल नहुने दावी गरीएको छ ।