हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

सङ्घर्ष गरी नथाक्ने एक नारी : हिरामाया घिसिङ तामाङ

– एस एन तामाङ

ललितपुर जिल्ला , बाग्मती गाउपालिका ५ ईकुडोलस्थित भकारीडाँडामा मध्यमबर्गको तामाङ परिवारमा बि स २०४८ मङसिर २७ गतेका दिन आपा सुनबहादुर घिसिङ तामाङ र आमा शुभकन्या थिङ तामाङको माईली सुपुत्रीको रुपमा हिरामाया घिसिङ तामाङ जन्मेकी हुन् । एक दिदी बाटुलि,दुई बहिनी सिता, रिता र एक भाई बुद्धिमान घिसिङ तामाङ गरी हिरामाया सहित ४ दिदिबहिनी र १ भाइ रहेको छ ।

सानैदेखी साहित्यमा रुची राख्नुहुने हिरामायाले सपनीमा यसरी भाबयुक्त कोशेली कोरेकी छिन् ।

सपनिमा आमाबाबुलाई,धेरै बोलाए रे ।

बिपनिमा ईकुडोल , सम्झी टोलाए रे । ।

शरिर छ अन्त कतै , मन आफ्नै गाउ ।

सधै लाग्छ सुनी रहु , उहि गाउको नाउ ।|

१ । रित्तो भयो घर मेरो , सम्झी टोलाउदो हो ।

रमितेडाडाबाट कोईली , बोलाउदो हो । ।

बर्षातले धारापानी , स्कुलबाटो बन्द हुँदै छ रे ।

आङगनमा नानिझार मौलाएको छ रे ||

बास्तबमा लेखन सरल , शब्दमा मौलिकपन छ । सादा जिबन , शिलस्वभाबले धनी हिरामाया आधा दर्जन भन्दा बढी सङ्घसस्था जस्तो तामाङ डाजाङ केन्द्रीय सदस्य , नेपाल तामाङ घेदुङ , बाग्मती गाउपालिका कमिटी सचिब , सिबिस बाल सम्रक्षण समिती , नागरिक आवाजको शान्ती स्वयमसेवक , उज्यालो किरण साना सहकारी सस्थाको सदस्य रहनुका साथै बिगत ५ बर्षदेखी ईकुडोलमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयमा शिक्षण पेशामा आबद्ध छिन् ।

तामाङ तथा नेपाली साहित्यको क्षेत्रमा १० बर्षदेखी चेतना, जागरण,सन्देशमुलक कबिता लेखन ,बाचन गर्दै तामाङ र गैर तामाङ जातिको साहित्यको क्षेत्रमा योगदान गर्दै आउनु भएको छ । आफुले कोरेका कबिताहरुको सङ्गालोलाई एकिकृत गर्दै, कृतिको प्रकाशन गर्ने लक्ष्यकासाथ कलम चलाउदै छिन् ।

तामाङ साहित्यमा कुसुमको अर्थ त्रीरत्न , त्रीकाल भन्ने बुझिन्छ भने साहित्यिक नाम ‘कुसुम’ले हिरामाया घिसिङ तामाङ परिचित छ । समाजमा साहित्य , शिक्षण , सामाजिक क्षेत्रमा काम गर्दा खुट्टा तान्ने प्रथा भने नभोगेको पक्कै होईन , जे जस्तो भएपनि  ईमान्दारितालाई नभुलेकी हिरामायाले दक्षिण ललितपुर र नेपालमा बिशेष त तामाङ समाजमा चर्चा बटुलेकी छिन् भने अन्य समुदायमा पनि कबियत्री , उदघोषिका ,शिक्षिकाको पहिचान बनाउदै साहित्य लेखन , शिक्षण , सामाजिक यात्राको क्रममा अवसरको लागि नेत्रीत्वको बचन र गर्ने ब्यवहार फरकपनको अनुभबको तितो यथार्थ भोगेकी छिन् । बलिप्रथाको बिरुद्धमा लागी परेकी हिरामायाले बलिप्रथाको सन्दर्भमा आफ्नो रचना यसरी कोरेका छन् ।

देबिको नाममा आफ्नो पेटलाई जनावरको चिहान नबनौ ।
खादैनन बली आमाबाबाले सन्तानको बली नचढौ । ।

बलिको अन्त्य गर्नुहोस , आत्माले शान्ती पाउने छ ।
सदैब रक्षा गर्नुहोस , तपाईको आयु बढने छ । ।

पशुपन्छिको आत्माले भन्दाछ सन्तान सम्झ नु ।
मनुष्य भ ई जन्मेर पशुको ब्यव हार नगर्नु ||

देबी देबतालाई  पशुपन्छिको बली दिने प्रथाको बिरोध गरेर स्वयम आफैपनि  माछा , मासु , मदिरा सेवनबाट टाढा छिन् , त्यागेकी छिन् , आफै उदाहरण पनि बनेकी छिन । घरायसी काम , घर ब्यवहा र , स्कुल बिभिन्न सङ्घसस्थाको जिम्मेवारिले आफ्नो व्यक्तिगत जिन्दगीलाई जुवाको खालमा जुवाडेले च्याखे थापेको जसरी आफ्नो जिबनको प्रबाह नगरी बैशाख , जेठको चर्को घाम , असार श्रावणको बर्खे भेल , पुष माघको ठण्डा यामको बाबजुदपनि  साहित्य , सामाजिक , शिक्षण क्षेत्रमा लगातार लागी परेको यि नारी अवसर पायो भने आफ्नो क्षमता अझ शशक्त तरिकाले प्रस्तुत गर्ने धोको हिरामायाको मुहारमा देखिन्छ ।

रोकिदैन बग्ने खोला बाध परेनी ।

फेरी फुल्छन फुलहरु पहेली झा रेनी । ।

खाली आयौ , खाली जाने लानु के छ र ?

को ढल्छ कहिले , कस्लाईइ थाहा छ र ?

बाचुन्जेली न रिसाउनु , मिठा बात गर ,

को ढल्छ कहिले कस्लाई थाहा छ र ?

उनले आफ्नो भाब पोखेकी छिन् । तर यहाँ क्षमतालाई माथी उमो लाग्न दिदैनन्, जे जस्तो भएपनि  खानपानमा पनि फुक्का एक प्याकेट वाईवाई चाउचाउको भरमा ब्यस्तताका कारण खाना नै चाउचाउलाई खाएर कयौ दिन बिताएका बिभिन्न क्षेत्रमा समयमा पुगेर नेतृत्व गर्दा पनि मुसुक्क हासेर बढो उत्साहकासाथ दुई हात जोडेर ल्हास्सो , नमस्कार गरेर शिर झुक्ने हिरामायाको बानी छ ।

उमेरले २७ बर्षको यात्रामा लागेपनी जती पिर , व्यथा , बेदना , दुख परेपनि  आफ्नो साथिभाइ, घरपरिवारलाई हत्तपत्त त्यस्ता कुराहरु पोख्दैनन् , उल्टो मुसुक्क हासेर टार्ने शैली छ । कोही कसैलाई नमिठो बचन गरी चित्त दुखाउन नचाहने हिरामायाको सोझो, सरल र ईमान्दारितालाई केहि नेतृत्वले फाईदा उठाउदा पनि त्यही नेतृत्वसङ्ग सङ्गत गर्ने बानी छ | नाम सार्बजनिक नगर्ने शर्तमा हिरामायाको एक साथी बताउछन् ।

औपचारिक शिक्षामा प्रारम्भिक शिक्षा श्री ज्ञानोदय आधारभुत बिद्यालयबाट प्रारम्भ गर्नु भएर २०६६ सालमा श्री मगरगाउ उच्च माबिबाट एस एल सि , सोही उ मा बि बाट प्लस टु उतिर्ण पस्चात हाल श्री महाङकाल क्याम्पस गोटिखेल , ललितपुरमा शिक्षा सङ्कायतर्फ स्नातक तहमा अध्यायनरत हिरामायाले बिभिन्न सङ्घसस्थाबाट कदर , प्रमाण पत्र प्राप्त गर्नु भ ई २०७२ मा सिकाई तर्फ छैटौ शैक्षिक बहस तथा शिक्षक सम्मानमा भट्टेडाडा श्रोत केन्द्रबाट उत्कृष्ट सिकाईको पुरस्कार प्राप्त गर्नु भएको छ ।

भित्री रुपमा कबिता लेखन , गायन , उदघोषण प्रती बढी झुकाब छ । अवसरबाट बन्चित यि सङ्घर्षशिल क्षमताका एक यात्री , एक नारी ,हिरामायाले पनि समयअनुकुल आफुलाई परिमार्जित गर्दै कुनै एक कार्यलाई बढी मात्रामा समय दिएर आफ्नो क्षमता अनुरुपकार्य गर्न सकेमा हिरामाया घिसिङ तामाङको सङ्घर्षले बाटो पहिल्याउन सकिन्छ नै ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution