हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संयुक्त राष्ट्रसंघको भूपू महासचिव स्व. कोफी अन्नानको नेपाल साइनो

काठमाडौं- तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दै संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा कोफी अन्नानले अन्तिम वर्ष पुरा गर्दै थिए। उनले ति अन्तिम वर्षमा नेपालको शान्ति प्रक्रियाको लागि सहयोगी भूमिका खेलेका थिए।

नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री महेश आचार्य, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्य, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालमा माओवादी द्वन्द अन्त्यको लागि अन्ननले खेलेको भूमिकाबारे सम्झन्छन्।
‘संयुक्त राष्ट्रसंघमा अन्नान नेतृत्वमा रहँदा नेपालमा चलेको माओवादी द्वन्दबारे गम्भिर चासो थियो र शान्ति प्रक्रियाको लागि सकारात्मक भूमिका रहेको थियो’, कांग्रेस नेता महेश आचार्यले भने।

अन्नानले मार्च २००१ मा नेपालको भ्रमण गरेका थिए। उनी नेपाल भ्रमणमा रहेको समय माओवादी विद्रोह बढीरहेको थियो। नेपाल भ्रमणको समय उनले राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, परराष्ट्रमन्त्री चक्रप्रासद वास्तोला लगायतलाई भेटेको आचार्य बताउँछन्। भ्रमणको क्रममा द्वन्दको शान्तिपूर्ण निकास र प्रजातन्त्रको सवलिकरणमा उनले जोड दिएको आचार्यले सम्झना गरे। आचार्यले नै अन्नानलाई विमानस्थलमा स्वागत गरेका थिए।

उनले द्वन्दग्रस्त देशहरुमा नेपाली सेनाले खेलेको भूमिकाको समेत त्यतिबेला प्रसंशा गरेका थिए। उनले त्यतिबेला अन्य द्वन्दग्रस्त देशमा समेत नेपाली सेनालाई शान्ति स्थापनाको लागि पठाउनेबारे कुरा गरेको आचार्य सम्झन्छन्।

अन्नानको नेपाल भ्रमण पछि यहाँ चलेको द्वन्दबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण भएको थियो। पूर्व मुख्य निर्वाचन आयुक्त भोजराज पोखरेलले कोफी अन्नान फाउन्डेसनमा काम गर्दा अन्नान द्वन्दको विश्वव्यापी संकटबारे चिन्तित रहने गरेको आफुले पाएको बताए।

‘बैठकको समयमा उनले नेपालमा बन्न लागेको संविधान र शान्ति प्रक्रियाबारे चासो राख्थे। सुन्दर र स्रोत साधानले भरिपूर्ण नेपालमा समस्या आउनु हुँदैन’, अन्नानको भनाई पोखरेलले सम्झिए।

अन्नान विनम्र र अद्भुत व्यक्तिको रुपमा आफुले पाएको पोखरेलले बताए। नेपालको द्वन्द व्यवस्थापनमा अन्नानको महत्वपूर्ण भूमिका भएको बताउँछन् संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्य।

आफुले गरेका मानवीय कार्यहरुको लागि नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नाको शनिबार स्विजरल्याण्डको वर्नको एक अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको छ। घानामा जन्मिएका अन्नानले सन् १०९७ देखि २००६ सम्म संयुक्त राष्ट्रसंघको महासचिव बनेका थिए। विश्व कटनीतिक जगतमा उच्च ओहदामा पुने एक मात्र अफ्रिकी अश्वेत हुन्।
अशाेक दाहाल /नागरिक दैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution