हेडलाईन

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)         प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा         कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी         प्रधानमन्त्री ओलीलाई धेरै ट्याँट्याँ नगर्न प्रकाण्डले आग्रह         कुलमान घिसिङ कालीगण्डकी जलविद्युत केन्द्र पुगेर मर्मत छिटो सकाउन निर्देशन         विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा         चतराबाट सप्तकोसी हुँदै ‘मिनी पानीजहाज’ सुरु         निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेश         प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन :खानकी पूर्व पत्नी रेहम         निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी         ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी         तामाङ समाज ओमानद्वारा गुम्बा निर्माणको लागि आर्थिक सहयोग प्रदान         मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?         अमेरिकाको ग्रीनकार्ड लिने मानिसले सरकारी सुविधा त्याग्नुपर्ने         नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण        

चितवनमा तामाङ प्रसारण दिवस मनाइयो, २ जनालाई सम्मान ।

राजेश रुम्बा तामाङ, भाद्र १, भण्डारा । २४ औ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ चितवनले अन्तक्रियासंगै शुभकामना आदान प्रदान गरेको छ ।

राप्ति नगरपालिकाका उपप्रमुख इमानसिहं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले तामाङ पत्रकारहरुले तामाङ समुदायकै भाषा संस्कृति र पहिचानको मुद्धामा कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख लामाले तामाङ समुदाय दक्ष र सक्षम हुन जरुरी रहेको बताउदै त्यसका लागि शिक्षामा जोड दिनुपर्ने बताए । उनले शक्तिले नै सत्ता प्राप्त हुने बताउदै शक्तिका लागि समुदाय एकजुट हुनुपर्ने धाराणा राखे । यसका लागि तामाङ पत्रकारको भुमिका महत्वपुर्ण हुने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्ने राप्ति नगरपालिकाका वडा अध्यक्षहरुले समाज परिवर्तनमा पत्रकारको भुमिका नै अहम हुने बताउदै तामाङ समुदायमा जागरुकता ल्याउनका लागि कलम चलाउनुपर्नेमा जोड दिए ।

उनीहरुले तामाङ समुदायको नेतृत्व पक्ष वा जनप्रनिधिले गलत गरेमा पत्रकारले कलममार्फत सजग गराउन सक्ने बताउदै सधै तामाङ पहिचानको मुद्धा र संघर्षका बिषयलाई प्रथामिकतामा राखेर समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

कार्यक्रममा राप्ती ४ का वडाअध्यक्ष शमशेर लामा, वडा नं. ९ का अध्यक्ष देबेन्द्र लामा र वडा नं. १० का अध्यक्ष अमर बहादुर लामाले मन्तब्य राखेका थिए । त्यस्तै नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य गोमनसिहं रुम्बा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका उपाध्यक्ष तथा घेदुङ चितवनका अध्यक्ष गोपिराज घलान, बौद्ध बिहार संघ चितवनका अध्यक्ष सिहं बहादुर लामा, रत्ननगर नगरपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य सरस्वति लामा, आदिवासी जनजाति महासंघ राप्ति नगरअध्यक्ष सिताराम तामाङ, मौरिपालन महासंघ प्रदेश ३ का अध्यक्ष धर्मराज मोक्तानलगायतले बोलेका थिए ।

तामाङ पत्रकार संघका केन्द्रिय सदस्य उर्गेन तामाङले तामाङ पत्रकारको अवस्था र चुनौतिका बिषयमा प्रकाश पारेको कार्यक्रममा गायक डिबी लोप्चन, गायिकाद्धय बालिका तामाङ र बिनु लामा लगायतले साँगितिक प्रस्तुति दिएका थिए । संघका उपाध्यष बबिलाल तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजेश रुम्बाले सञ्चालन गरेका थिए । कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । 

दुई जनालाई सम्मान

तामाङ पत्रकार संघ चितवनले २४ औ तामाङ प्रसारण दिवसको अवसरमा चितवनका क्रियाशिल पत्रकार उर्गेन तामाङ र रत्ननगर नगरपालिकी प्रवक्ता सरस्वति लामालाई प्रशंसा पत्र सहित खादा ओढाएर सम्मान गरेको छ । भण्डारामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राप्ति नगरपालिकाका उपप्रमुख इमानसिह लामाले पत्रकारद्धयलाई सम्मान गरेको हो ।

हाल तामाङ पत्रकार संघका केन्द्रिय सदस्य रहेका उर्गेन तामाङ संघका संस्थापक अध्यक्ष हुन् उनी भरतपुर स्थित ड्रिम्स एफएममा समाचार प्रमुखको रुपमा कार्यरत छन । त्यस्तै संघका संस्थापक उपाध्यक्ष रहेकि पत्रकार सरस्वति लामा हाल निर्वाचित जनप्रतिनिधि हुन । रत्ननगर ९ को वडा सदस्यमा निर्वाचित उनी हाल रत्ननगर नगरपालिकाकी प्रवक्ता तथा कार्यपालिका सदस्य समेत हुन ।

जिल्लामा तामाङ पत्रकार संघको स्थापना र तामाङ पहिचानका मुद्धामा महत्वपुर्ण भुमिका खेलेका कारण उनीहरुलाई सम्मान गरिएको संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

नेपाल सेमिफाइनलमा प्रवेश,बंगलादेशमाथि शानदार जित

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको... बाँकी यता

tamang online / September 8, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution