हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

धार्मिक पर्यटक भित्र्याउन बुद्धपार्क निर्माण

सोलुखुम्बु । सगरमाथालगायत आधा दर्जन बढी हिमश्रृङ्खलाको दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा थप पर्यटकको आकर्षण बढाउन बुद्धपार्कको निर्माण कार्य अघि बढेको छ । सोलुदूधकुण्ड नगरपालिका–८ को केरुङमा पर्ने तल्लो सोलुको आकर्षक पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्मसम्बन्धी अन्य संरचना निर्माण गरी धार्मिक पर्यटकसमेत  भित्र्याउने  लक्ष्यका साथ निर्माण सुरु भएको योजनाका लागि करिब सात करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल गौरीटाप डाँडा, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा रहेकाले पछिल्लो समय पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । समय तथा खर्चका कारण खुम्बु क्षेत्र पुग्न नसक्नेका लागि सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल अवलोकनको आनन्द यही स्थानबाट लिन सकिने पत्तालेका स्थानीय युवा प्रकाश मगरले बताउनुभयो |

काठमाडौँबाट २४० किमीको दूरीमा रहेको पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ । दुई रोपनी क्षेत्रफलको सरकारी जग्गामा भगवान् गौतम बुद्धको २८ फिट उचाइको प्रतिमा निर्माण धमाधम भइरहेको बुद्धपार्क निर्माण समितिका सचिव राजकुमार मगरले जानकारी दिनुभयो । उहाँले धार्मिक हिसाबले महìवपूर्ण तथा परम्परागतरूपमा बुद्धको प्रतिमा निर्माण गर्न जुङ, पेमा बनाउनुपर्ने हुँदा समय लागेको बताउनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिल्ला विकास समितिबाट ११ लाख रुपियाँको काम भएको र आर्थिक वर्ष २०७४÷७५ मा सोलुदूधकुण्ड नगरपालिकाबाट २५ लाख रुपियाँ गरी करिब ३६ लाख रुपियाँको काम सम्पन्न भइसकेको सचिव मगरले जानकारी बताउनुभयो ।

प्रतिमाको डिजाइन विशेष मुर्तीकारबाट भइरहेको निर्माण समितिले जनाएको छ । क्रमागतरूपमा निर्माण कार्य हुने हँुदा अझै केही वर्ष लाग्ने निर्माण समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि प्रतिमासहितको पार्क बनाउन लागेकाले आवश्यक बजेटको व्यवस्थापन भए चाँडै निर्माण सम्पन्न हुने सचिव मगरले बताउनुभयो । समयमा निर्माण सम्पन्न गर्नसके घुम्न आउने पर्यटकसमेत बढ्ने स्थानीय बताउँछन् ।

दर्जनौँ हिमश्रृङ्खलाको मनोरम दृष्यावलोकनका लागि पत्तालेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने विशेष योजना बनाउन पत्तालेका स्थानीय तह तथा पर्यटन व्यवसायीहरूले पहल गर्नुपर्ने स्थानीयको जोड छ । पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्नसके प्रभावकारी हुने पर्यटन व्यवसायी तथा हिमालयन म्याजिक ट्रेक्सका प्रबन्ध निर्देशक नविन कार्कीले बताएको गोरखापत्रमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution