हेडलाईन

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने         गौतमबुद्ध विमानस्थलको युद्धस्तरमा काम : आगामी जेठभित्र उडानयोग्य         दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद         हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ         इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने         ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो         बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा         आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै         यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन         तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न         शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?         राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?         पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा         राष्ट्रपतिज्यू, गणतन्त्रलाई यति विलासी नबनाइदिनुस्         केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने        

डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो

अमेरिकी डलरको मूल्य ११२ रुपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य ११२ रुपैयाँ २० पैसा तथा खरिददर मूल्य १११ रुपैयाँ ६० पैसा तोकेको छ। एकै दिन डलरको मूल्य १ रुपैयाँ ७७ पैसाले बढेको हो। यसअघि सोमबार बिक्रीदर मूल्य ११० रुपैयाँ ४३ पैसा थियो।

आफ्नो व्यापार घाटा कम गर्ने उद्देश्यले अमेरिकाले विभिन्न देशबाट आयात हुने बस्तुमा कडाई गरेसँगै डलर महँगिएको हो। यसअघि चीनबाट आयातित हुने बस्तुमा कडाई गरेको उसले हालै टर्कीबाट हुने आयातमा कडाई गरेको छ।

अमेरिकाले टर्कीबाट हुने आयातमा कडाई गर्नु र इरानसँग तेलको व्यापार गरेका अन्य मुलुकलाई समेत चेतावनी दिएसँगै मंगलबार डलर मजबुत बनेको भारतीय संचारमाध्यमले जनाएका छन्।

टर्कीबाट हुने धातुको आयातमा अमेरिकाले दुई गुणा आयात शुल्क लगाएको छ। जसले गर्दा टर्कीको मुद्रा लिरा’मा उच्च गिरावट आएको छ। सोमबार मात्रै सो मुद्रा अमेरिकी डलरसँगको बिनिमयदरमा ९ प्रतिशतले घटेको छ।

त्यस्तै इरानबाट तेल खरिद गर्दै आएका मुलुकहरुलाई समेत अमेरिकाले नकिन्न चेतावनी दिँदै आएको छ। इरानको व्यापारमा प्रतिवन्ध लगाउने रणनीतिअनुरुप उसले त्यहाँबाट तेल खरिद गर्ने राष्ट्रलाई चेतावनी दिएपछि डलरको माग बढेको संचारमाध्यमले जनाएका छन्।

भारु कमजोर बनेसँगै स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा स्वतः हालसम्मकै सबैभन्दा कमजोर बनेको छ।

नेपाली मुद्रा कमजोर हुँदा आयातित बस्तुमा बढी रकम खर्चिनुपर्दछ। नेपालमा सबैभन्दा बढी रकमको आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थ, अटोमोबाइल्स तथा पार्टपूर्जा, फलाम लगायतको मूल्य बढी पर्न जान्छ। यसले गर्दा ब्यापार घाटा थपिन जानेछ।

उपभोग्य बस्तुहरुको मूल्य समेत बढ्ने भएकाले यसबाट मूल्यबृद्धिमा चाप पर्न जान्छ। सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको सीमाभित्र मूल्यबृद्धि सीमित राख्ने योजना बनाएको छ। डलरको मूल्यबृद्धिले सो लक्ष्य विफल पार्न सक्नेछ।

आयातित उत्पादनमा निर्भर रहेका कारण सबैजसो सामानको मूल्य चुलिन जान्छ।

निर्माणाधिन विकासका पूर्वाधारमा लागत महँगो पर्न जान्छ। यसको एउटा उदाहरण निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना हो। आयोजनाको विस्तृत डिजाइनपछि डलर महँगिदै जाँदा अर्थात मुद्रा अवमूल्यनकै कारण निर्माण सम्पन्न नहुँदै ७ अर्ब लागत बढी पर्न गएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा... बाँकी यता

tamang online / October 30, 2018

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको... बाँकी यता

tamang online / October 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution