इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग
जेरुसेलम । गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन् । ,
इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गरेका हुन् ।
इजरायल र हमास समूहबीच दीर्घ–कालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो ।
जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन् ।
‘हामी गाजामा आतङ्कवादविरोधी अभियानको मध्यतिर छौँ,’ नेतन्याहुले मन्त्रीपरिषद्को बैठकको सुरुमा भने । ‘यो एउटा सशक्त कारबाहीविना अन्त्य हुनेछैन ।’
उनले भने, ‘हाम्रो माग प्रष्ट छ । पूर्ण युद्धविराम । त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ ।’