दुम्सी मार्न खोज्दा ४५ वर्षिया सरिता तामाङको मृत्य, छोराछोरी बेहोस
खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा आगो लगाई दुम्सी मार्न खोज्दा स्थानीय ४५ वर्षिया सरिता तामाङको मृत्य भएको छ।
सरितासँगै दुम्सी समात्न गएका उनका छोरा ११ वर्षीय नवल र ८ वर्षकी छोरी पुजना पनि गएका थिए। डिउखोलाको ओढारभित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा सो घटना भएको हो। गुम्सिएर सरिताका छोराछोरी पनि बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी चौकी सिम्पानीले जनाएको छ।
तीनै जना अबेरसम्म बाहिर ननिस्केपछि घरका अन्य सदस्य र गाउँलेहरुले खोजी गर्दै जाँदा ओढारभित्र आगोले डढेको चप्पल र कपडा भेटेपछि प्रहरी चौकी सिम्पानीमा खबर गरेका थिए। प्रहरीले सरितालाई मृत अवस्थामा तथा अन्यलाई बेहोस अवस्थामा फेला पारेको थियो।
घटनाको इलाका प्रहरी कार्यालय खोटाङबजारले अनुसन्धान गरिरहेको अमाचार नेपाललाइभमा छ |