हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको अध्यक्षमा सरोज मोहन लामा निर्वाचित

साउन २६ , याम्बु – ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको प्रथम साधारण सभा “आर्थिक, शैक्षिक, सांस्कृतिक, सामाजिक र राजनीतिक समृद्धि ह्याङ्ला पहिचान ! प्रगतिशील समाबेशी समाज सेवा ह्याङ्ला अभियान” भन्ने मुल नाराका साथ काठमाडौंको बसुन्धारा स्थिति द हिमशृखला होटेलमा सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि माननीय तथा पुर्ब कानुन, न्याय तथा सांसदीय ब्यबस्था मन्त्री शेर बहादुर तामाङ हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता समाजको संयोजक सरोज मोहन लामाले गर्नुभएको थियो ।

कार्यक्रम संचालन समाजको महासचिब छेवाङ तेन्जिङ लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजको सचीव सुरेश कुमार पख्रीनले दिनुभएको थियो । त्यस्तै धन्यवाद मन्तव्य समाजका सदस्य टीका जिम्बाले दिनुभएको थियो भने बधाई तथा शुभकामना मन्तव्य समाजको वरिष्ठ उपाध्यक्ष रामकृष्ण लो तामाङले दिनुभएको थियो ।

त्यस्तै कार्यक्रमको बिशेष अतिथिहरु समाजका सल्लाहकार तथा अधिबक्ता बिस्णु कुमार थोकर, रमेश कुमार तामाङ पाख्रीन, गोप्पीलाल गोले, कुयाङ लामाका साथै अतिथिहरुमा नेपाली कांग्रेस दोलखा जिल्ला कमिटीका सदस्य भक्त थोकर लगायत विभिन्न संग सस्थाको राजनीतिक दलको दोलखा जिल्ला प्रमुख / प्रतिनिधिहरू हुनुहुन्थ्यो ।

कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि शेर बहादुर तामाङले राख्नु भएको थियो । उहाँले “तामाङ सुदायले राज्यको जुनसुकै निकायमा यदि नेतृत्व गर्ने मौका पाएको खण्डमा मुलुक छिटै समृद्धि हुनेछ” भन्नुभयो । “राजनीतिमा स्व. भीमबहादुर तामाङको नाम होस या जीत वीर लामाको, प्रशासनीक क्षेत्रमा कुलमान घिसिङको नाम होस या अरु थुप्रै तामाङ समुदायको मान्छेको नाम होस उनीहरूले देश जनता र मुलुकै ईज्जत् राखिएको छ ” उहाँले भन्नुभयो “मैले पनि ३/४ महिना मन्त्री हुँदा सबैको ईज्जत् राख्ने कामनै गरेको छु गर्व गर्न लायकै काम गरेको छु कम्तीमा राजनीतिक मूल्य र मान्यताको थालनी गरेर आएको छु, पदमा जसरीनी टाँसेर बस्नुपर्छ भन्ने मान्यतामा एउटा नयाँ नजिर स्थापित गरेको महसुस भईरहेको छ अरुले र तपाईंहरुले के भन्नुहुन्छ मलाई थाहा छैन अबको मेरो र तपाईं हाम्रो अभियान भ्रष्टाचार विरुद्धको अभियान हुनेछ हुनुपर्ने छ” उहाँले भन्नुभयो ।

विशेष अतिथी बिष्णु कुमार थोकर, अतिथिहरु भक्त थोकर, कुमारी मोक्तान, पुर्णिामा मोक्तान, अनिल लामाले सबैले कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रथम साधारण सभाबाट ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सरोज मोहन लामाकै नेतृत्वमा हाललाई २९ सदस्यीय नयाँ कार्यसमिति (पछि मनोनीत/थप गर्नेगरी जम्मा ३५ जना हुनेगरी) चयन गरिएको छ ।

जसअनुसार अध्यक्ष : सरोज मोहन लामा,ब. उपाध्यक्ष : राम कृष्ण लो तामाङ,उपाध्यक्ष : ईन्द्र बहादुर तामाङ,उपाध्यक्ष (महिला) :कुमारी मोक्तान ,महासचिव : छेवाङ तेन्जिङ लामा , सचीव : सुरेश कुमार पाख्रीन,सह सचीव : राजिब कुमार लामा,कोषाध्यक्ष : मीन बहादुर तामाङ जिम्बा,सह- कोषाध्यक्ष : राजु लामा,सदस्यहरुमा रमेश कुमार तामाङ पाख्रीन (भीनपा), प्रेम बहादुर तामाङ मोक्तान (बैतेश्वार),प्रेम बहादुर तामाङ पाख्रीन (जिनपा),हेम कुमार तामाङ बिप्लब (भीनपा),भक्त थोकर (मेलुङ) ,माया तामाङ (गौरीशंकर) , निर्मला तामाङ (बैतेश्वार),टीका जिम्बा तामाङ (जिनपा),बरुण तामाङ (तामाकोसी),मोतीलाल मोक्तान (शैलुङ),तेज बहादुर ग्याबग तामाङ (मेलुङ),रामजी तामाङ (बैतेश्वार),सुर्य घिसिङ (शैलुङ) ,देबिका पाख्रीन (तामाकोसी),पासाङ तामाङ मोक्तान (गौरीशंकर),प्रेम तामाङ (भीनपा),पुर्ण लामा (मेलुङ),सिहंबिर तामाङ (बैतेश्वार) र सन्त बहादुर तामाङ (गौरीशंकर)अनिता गोले (मेलुङ) रहेका छन् |

बाँकी केही महिला सदस्यहरु, कालिन्चोक र बिगु गाउँ पालिकाहरुबाट प्रतिनिधित्वको रूपमा केही सदस्यहरु थप मनोनीत गर्न बाँकी रहेको कुरा अध्यक्ष सरोज मोहन लामाले जानकारी गराउनु भयो । सभाबाट बढीमा ३५ सदस्यीय कार्यसमिति चयन गर्नपाउने बिधान संशोधन भएको जानकारी पनि उहाँले गर्नुभएको थियो ।

त्यस्तै दुई वटा नगरपालिका र सात वाट गाउँपालिकाको संयोजक चयन गर्नुपर्नेमा शैलुङ गाउँपालिकाको एउटाको मात्र संयोजक श्री सोनाम घिसिङलाई सभाबाट चयन गरिएको छ । अन्य नपा र गापाको संयोजक चयन गर्न बाँकी रहेको कुरा सचीव सुरेश कुमार पाख्रीनले जानकारी गराउनु भयो । त्यस्तै सात वाट बिभागीय प्रमुख पनि चयन गर्नु पर्नेमा बाँकी रहेको कुरा महासचिव छेवाङ तेन्जिङ लामाले जानकारी गराउनु भयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution