युएईमा २४औं विश्व आदिवासी दिवस भव्यताको साथ मनाईयो
युएर्इ-नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन) युएर्इले २४औं विश्व आदिवासी दिवस सम्पन्न गरेको छ।
युएई स्थित नेपाली कार्यबाहक राजदुत सागरप्रसाद फुयालको प्रमुख आथित्यता र नेपाल आदिवासी जनजाति महासंघ युएई अध्यक्ष पासाङ् शेर्पाको अध्यक्षतामा गत शुक्रबार दुबर्इमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएई अन्तरगतका ११ संगठन नेपाल मगर संघ शाखा युएई, किरात राई यायोक्खा शाखा युएई, नेपाली तामांग समाज युएई, किरात याकथुंग् चुम्लुंग युएई, शेर्पा किदुङ् युएई, सुनुवार सेवा समाज शाखा युएई ,प्रवासी भुजेल समाज सेवा समिति युएई, थारु कल्याणकारणी सभा युएई, नेवास् पुच युएई र तमु समाज युएईको सहभागिता रहेको थियो।
कार्यक्रममा बिभिन्न जातिय संस्थाहरूले आफ्नो पहिचान झल्कने जातिय भेषभुषा लगाएर आ(आफ्नो जातीय झाँकीहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा युएर्इमा रहेर लामो समयदेखि आदिवासी आन्दोलनमा सक्रिय रहेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ युएर्इका निवर्तवान अध्यक्ष एंव संरक्षक डि आर गुरुङलाई ताम्रापत्र सहित बिशेष सम्मान गरिएको थियो । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ युएर्इले फोनिज युएई अध्यक्ष तथा पत्रकार अनिश तामाङ्गलाई पनि सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ युएर्इ अन्तरगत महत्वपूर्ण योगदान गर्ने ब्यक्तित्वहरुलाई हरेक जातीय संस्थाबाट एक एक महिला पुरुषलाई सम्मान र मायाको चिनो प्रदान पनि गरिएको थियो।
बिनोद श्रेष्ठ / रातो पार्टिबाट |
कार्यक्रममा युएर्इमा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, ब्यबसायी, पत्रकार, विभिन्न पार्टीका राजनीतिक प्रतिनिधिहरुहरू साथै नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।