हेडलाईन

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नोर्बु तामाङ र कर्ण बहादुर राईले जिते स्वर्ण पदक         ब्लफ कल गर्नेलाई २ वर्ष कैद         संघीयतालाई समाप्त पार्न षडयन्त्र भइरहेको छ : मन्त्री यादव         मलेसिया:नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ : प्रधानमन्त्री महाथिर         गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान         गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?         डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो         तामाङ जातिको घेवा संस्कार         आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा         कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ         पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन         विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने         अहिंसावादि वाैदधर्मलम्वि टोलीको थाईल्याणड भ्रमण सम्पन्न         कस्तो अवस्थामा सम्बन्ध बिछोड ? पत्नीको कारण सम्बन्ध विच्छेद भए अंश दिनु नपर्ने         तामाङकाे शव हनुमन्ते खोलामा फेला        

तामाङ गाउँमा ह्युल छोक्पा आफ्नै ‘संसद्’

रसुवा – ठूलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा–संस्कृति तथा समग्र जीवनशैली समान छ । सदीयौंदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायनिसाफ गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ।

गत शनिबार ठूलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा (गाउँले भेला) बस्यो । गाउँको ‘संसद्’ भनिने भेलाले कृषि सडक निर्माण, खानेपानी निर्माण, माने नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरेको थियो।

भेलाले आगामी वर्षका लागि चारवटा योजना स्वीकृत गरेको छ । भेलाले गाउँको विकास, धर्म, संस्कृति आदि विषयमा करिब चार घन्टा छलफल गरी चारवटा योजना सर्वसम्मत पारित गरेको अधिवक्ता एवम् तामाङ संस्कृतिसम्बन्धी जानकार फुर्बा तामाङले बताए । तामाङले भने, ‘संसद्मा पेस गरिएको योजना सर्वसम्मत स्वीकृत भयो।’

बैठकमा एउटा पनि मुद्दा नपरेको आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति रसुवाका अध्यक्ष एवम् स्थानीय लाक्पा तामाङले जानकारी दिए । ‘अघिल्लोपटक बैठकमा दुईवटा उजुरी आएको थियो’, उनले भने, ‘लेनदेन र अर्मपर्मसम्बन्धी विवाद मिलाइएको थियो।’
गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोभार्खु र सानोभार्खुमा ‘गाउँले भेला’ सञ्चालन हुन थालेको ३० वर्ष भयो । त्यसअघि घले राजाहरूले यस्तो भेला राख्थे । घले राजाको शासनकाल सकिएपछि स्थानीय आफैंले प्रथाजनित कानुनलाई निरन्तरता दिएका हुन् । प्रतिनिधिसभाको झल्को दिने गरी उनीहरूले अजेन्डा प्रस्तुत गर्ने, छलफल गर्ने र नीति तथा योजना पारित गर्ने गर्दछन् । त्यसैले अहिले यस्तो भेलालाई गाउँलेले ‘संसद्’ नामकरण गरेका हुन्।

मुद्दामामिला मिलाउन, नीति तथा योजना निर्माण गर्न, चरन क्षेत्र तोक्न र संस्कृतिको जगेर्ना गर्नका लागि चौमासिक रूपमा गाउँसभा आयोजना गरिन्छ।

के हो गाउँले भेला ?

गाउँले भेलालाई तामाङ भाषामा ह्युल छोक्पा भनिन्छ । गाउँमा यस्तो भेला वर्षमा तीनपटक आयोजना हुँदै आएको छ । चौमासिक रूपमा सञ्चालन हुने भेला आवश्यकताअनुसार अगाडि पनि बस्न सक्ने अध्यक्ष तामाङले बताए । ‘हामीले यो परम्परादेखि मान्दै आएका हौं’, उनले भने, ‘भेलामा संसद्मा जस्तै गरी विषयवस्तु प्रस्तुत गरिन्छ ।’ गाउँसभाको अघिल्लो दिन कटुवालले गाउँसभा हुने मिति, स्थान र समयको जानकारी दिने चलन छ।

भेला हुनुपूर्व अजेन्डा तय गरिन्छ । ती अजेन्डा भेलामा प्रस्तुत गरिन्छ । सहभागीले विषयवस्तुमाथि पालैपालो धारणा राख्छन् । अजेन्डा सकेसम्म सर्वसम्मत पारित गरिन्छ । सर्वसम्मत नभए बहुमतले पारित गर्ने व्यवस्था छ । चोहो गेम्बा अर्थात् संयोजकले निर्णय पढेर सुनाएपछि बैठक समापन भएको घोषणा हुन्छ।

तामाङ जातिमा पहिलेदेखि आफ्नै नियम तथा कानुन प्रचलित थियो । सुरुसुरुमा तिथि हेरेर भेला डाकिन्थ्यो तर पछिल्लो समय चौमासिक रूपमा १९ गते बैठक बस्ने गरेको छ । बैठकमा निर्धारित समयभित्रै पुग्नुपर्ने नियम छ । दिउँसो १२ बजेभन्दा ढिलो पुग्नेलाई जरिबाना गरिन्छ । २०४६ सालअघि सानोभार्खु र ठूलोभार्खुमा संयुक्त भेला हुने गरेको थियो । पछि सानो भार्खुमा छुट्टै भेला गर्न थालिएको छ । ठूलोभार्खुमा अहिले ८८ घरधुरी छ । ‘भेलामा प्रत्येक घरका एकजना सदस्य उपस्थित हुन्छन्’, तामाङले भनेको नागरिक दैनिकमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा आदिवासी जनजातिको अधिकार विषयक कार्यक्रम सम्पन्न

पेमा तामाङ मोक्तान  याम्बु - नेपाल तामाङ घेदुङ र नेवाः देय दबूकाे सयुक्त अायाेजनामा नेवाः ताम्सालिङ प्रदेश... बाँकी यता

tamang online / August 3, 2018

सुन तस्करी: फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले... बाँकी यता

tamang online / May 31, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Profile Nepal