हेडलाईन

तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट         दशैं राजनीति कि संस्कृति ? – मोहन गोले तामाङ         देखे जस्तो छैन अमेरिका- सुने जस्तो हैन अमेरिका        

नेपालले चीनलाई बेच्यो ११ लाखको यौनवर्द्धक चिप्लेकिरा

काठमाडौं । २०७४ को साउनदेखि असारसम्मको १२ महिनाको अवधिमा नेपालले चीनलाई ११ लाख १५ हजार रुपैयाँको चिप्लेकिरा बेचेको छ । यो अवधिमा, ९ हजार ६ सय १ किलो चिप्लेकिरा चीन निर्यात गर्दा ११ लाख १५ हजार रुपैयाँ आम्दानी भएको भन्सार विभागले जनाको छ । यो हिसाबले, चिप्लेकिरा किलोको १ सय १६ रुपैयाँको दरले बिक्री भएको छ ।

जमिनमा बस्ने चिप्लेकिरा देखि सफा पानीमा बस्ने र समुद्री चिप्लेकिरा चीन सहित स्पेन, फिलिपिन्स, मोरक्को, नाइजेरिया, अल्जेरिया, क्यामरुन, फ्रान्स, इटली, पोर्चुगल, ग्रीस, बुग्लेरिया, बेल्जियम, भियतनाम, लाओस, कम्बोडिया, साइप्रस, घाना, माल्ट र नेपालका तराई क्षेत्रमा समेत खाने गरिएको पाइन्छ । तर, नेपालले भने यसको निर्यात चीनमा मात्रै गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
यौनवर्द्धक खुराक !
विश्वका विभिन्न मुलुकमा चिप्लेकिराको परिकार बनाएर खाइन्छ । यसका अतिरिक्त चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छ । यसका साथै ताकत बढ्छ ।

नेपालका ग्रामिण भेगमा पहिलेदेखि चिप्लेकिरा र यसको फुल औषधीको रुपमा खाने चलन छ । केही ठाउँमा गोरुलाई खुराकका रुपमा चिप्लेकिरा खुवाउने गरिन्छ । चिप्लेकिरा खाएमा यौन शक्ति बढ्ने आयुर्वेदिक चिकित्सकहरुको दाबी छ ।

विश्वका केही मुलुकमा महामारी नियन्त्रणका लागि समेत चिप्लेकिराको प्रयोग भएको पाइन्छ । सन् १८०० को दशकमा स्कटल्याण्डमा प्लेग फैलिएको बेलामा चिप्लेकिरालाई खानाको रुपमा प्रयोग गरेको इतिहास छ ।

चिप्लेकिराको प्रयोग सौन्दर्य सामग्री बनाउन समेत प्रयोग गर्ने गरेको पाइन्छ । अनुहारको चाउरीपना र दाग हटाउनका साथै छालाको सुख्खापन हटाउनका लागि बनाइने सौन्दर्य सामग्रीमा चिप्लेकिरा प्रयोग गरिने हाम्राकुरामा छ  ।

२०७५ साउन २४ गते






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution