हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

लुम्बिनी विकास कोषका सदस्यसचिव ढकाललाई हाजिर नगराउन सर्बोच्चको आदेश

काठमाडौं । सर्बोच्च अदालतले लुम्बिनी विकास कोषका सदस्य सचिव बिष्णुप्रसाद ढकाललाई हाजिर नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विहीवार सरकारका नाममा आदेश दिँदै ढकाललाई कामकाज गर्नबाट रोक लगाएको हो ।

 

पाल्पाका प्रमुख जिल्ला अधिकारीसमेत रहेका ढकाललाई मन्त्रिपरिषदको साउन १० गतेको बैठकलले लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त गरेको थियो । उनको नियुक्ति गैरकानुनी भएको भन्दै अधिवक्ता शिव अर्यालले दायर गरेको रिटमा विहीबार बहस भएको थियो ।
सदस्य सचिवका लागि शेरबहादुर देउवा सरकारकै पालामा गोरखापत्रमा विज्ञापन आह्वान गरिएको थियो । सो विज्ञापनका आधारमा २२ जनाले आवेदन दिएका थिए र आवेदकमध्ये पुरातत्व विभागका प्रमुख भेषनारायण दाहाल र रिट निवेदन अर्याल पनि थिए । तर, सरकारले आवेदकभन्दा बाहिरबाट ढकाललाई नियुक्त गरेपछि मुद्दा परेको थियो ।

लुम्बिनी विकास कोषको ऐनमा पनि सदस्य सचिव विज्ञापनबाट खुल्ला प्रतिस्पर्धा गराएर नियुक्त हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था विपरीत सरकारले ढकाललाई नियुक्त गरेको भन्दै परेको रिटमा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, टीकाराम भट्टराई, सुनिल पोखरेल, शिव अर्याल लगायतले बहस गरेका थिए । ढकालको नियुक्तिलाई लिएर नेकपाभित्रै पनि बिरोध भएको अनलाइनखबरमा छ |

२०७५ साउन २४ गते






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution